Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

प्रधाननगरको भीषण आगलागीमा रेस्टुरेण्ट जलेर खरानी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सिलगढ़ीको प्रधाननगरमा भीषण आगलागीको घटना भएको छ। आगलागीमा एक रेस्टुरेण्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ भने एउटा कपड़ाको पसल पनि क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुमानअनुसार आगो गुरुङ बस्तीस्थित एक बहुतले भवनको भुइँतल्लामा रहेको रेस्टुरेण्टबाट आरम्भ भएको हो।
प्रत्यक्षदर्शीहरूले बताएअनुसार रेस्टुरेण्टभित्र एक्कासि ठूलो आवाज भएर विस्फोट भएको थियो। त्यसपछि केही सेकेण्डमै आगो फैलिन थाल्यो। रेस्टुरेण्टमा दुईवटा कमर्शियल अनि एउटा घरेलु गरेर तीनवटा ग्यास सिलिण्डर राखिएका थिए। जलनशील पदार्थहरू रहेकाले आगो तुरुन्तै भयावह रूपले फैलियो अनि छेउको कपड़ाको पसलमा पनि सल्कियो।
सिलगढ़ी दमकल विभागका दुईवटा दमकल गाड़ीहरू तुरुन्तै घटनास्थलमा पुगे। दमकलकर्मीहरूले लामो समयसम्म प्रयास गरेर आगो नियन्त्रणमा ल्याए। तर त्यतिञ्जेलसम्म रेस्टुरेण्ट पूर्ण रूपले खरानी भइसकेको थियो। यता कपड़ा पसलको ठूलो भाग पनि क्षतिग्रस्त भइसकेको थियो। घटनास्थलमा प्रधाननगर पुलिस अनि सिलगढ़ीका मेयर गौतम देव पनि पुगेका थिए। अहिले दमकल विभाग र पुलिस मिलेर घटनाको जाँच गरिरहेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.