Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

आज उत्तर बङ्गालबाट भाजपा हटाओ अभियान आरम्भ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

यसपल्ट उत्तर बङ्गालमा मौसम परिवर्तन निकै स्पष्ट देखिएको छ। असमयमै समतल क्षेत्रमा लगातार वर्षा भइरहेको छ भने पहाड़को चुचुरो सन्दकफूमा हिउँ परेको छ। भाजपाको गढ़ भनेर चिनिने जलपाइगढ़ी–अलिपुरद्वारको राजनीतिक वातावरण पनि परिवर्तन हुँदै गइरहेको छ। उम्मेद्वारबारे असन्तोषका कारण मैनागुड़ीमा भाजपा पार्टीको जिल्ला कार्यालयमा ताला झुण्डिएको छ। घोषणा गरिएका उम्मेद्वार प्रचारमा निस्किएका छैनन्। दल परिवर्तन गरेर आएका बाहिरी व्यक्तिलाई उम्मेद्वार बनाएको विषटले मालबजारमा पार्टी कार्यालय तोड़फोड़पछि आगजनी गर्ने प्रयाससमेत गरिएको छ। उम्मेद्वार देखिएको छैन नगरकट्टामा कार्यकर्ता–समर्थकहरूको असन्तोष कम्ती हुनुको साटो अझ बढ्दै गइरहेको छ। पार्टीभित्र यस्तो गर्मिएको राजनीतिक वातावरणलाई शान्त पार्न आइतवार सिलगढ़ीमा भाजपा नेता सुनील वंशाल र केन्द्रीय मन्त्री भूपेन्द्र यादवलाई आउनु परेको थियो। नयाँ उत्तर बङ्गाल निर्माणको सपना बाँड्दै असन्तोष कम्ती गर्ने प्रयास आरम्भ गरिएको छ। यस्तै अवस्थाबीच उत्तर बङ्गालको यही भागबाट आज मङ्गलवार तृणमूल सुप्रिमो ममता ब्यानर्जीले भाजपा हटाओ अभियान आरम्भ गरेकी छन्। जनसम्पर्कका लागि तिनले चिया श्रमिक बस्तीको यस्तो स्थान रोजेकी छन् जसलाई डुवर्सको प्रवेशद्वार भनिए पनि चाल्सा! माल ब्लकअन्तर्गत पर्ने यस क्षेत्रको ज्योति आश्रम क्याथोलिक चर्चमा तिनले अलिपुरद्वार, जलपाइगढ़ी र सिलगढ़ी महकुमाका चिया श्रमिक प्रतिनिधिहरूसित छलफल गर्नेछिन्।
मतदान घोषणा भएपछि डुवर्सको यस क्षेत्रमा केन्द्र सरकारले चियाबारी अधिग्रहण गर्ने प्रतिज्ञा चर्चामा रहेको छ। एक दशकभन्दा बढ़ी समय बित्न लागिसक्दा पनि त्यसको कार्यान्वयनबारे प्रचार थामिएको छैन! बरु चिया सुन्दरी आवास, निःशुल्क राशन, निश्चित युनिटसम्म बिजुलीमा छुट र सबैभन्दा महत्त्वपूर्ण रूपमा चिया मजदुरी वृद्धि जस्ता चिया श्रमिक बस्तीमा विकासका कामहरू चर्चामा छन्। यी सबैको नेतृत्व गर्ने नेतृ बस्तीमै आउँदैछिन्। जनताको उत्साह अहिले चरममा पुगेको छ। यी सबै कुरा एकै सासमा भनेका हुन् जोन बारलाले। आदिवासी समाजका यस नेताकै नेतृत्वमा तराई–डुवर्स क्षेत्रमा भाजपाको पकड़ बढ़ाएको थियो। यिनै जोन बारला यसपल्ट निर्वाचन लड़ाईँमा चियाबारी बस्तीमा ममताका सेनापति हुन्।
गत अक्टोबरको प्राकृतिक विपत्तिले नगराकट्टाको भूगोल मात्र होइन इतिहासमै धेरै ज्यानहरू गुमाएको घटना बनेको छ। भूटान पहाड़बाट आएको बाढ़ीले सुलकापाडा गाउँ बगाएको थियो। बामनडाङ्गा र टुण्डापाड़ा चियाबारीका मानिसहरू आज पनि अक्टोबरको सम्झनाले काँप्ने गर्छन्। तर चालक जुवेल लाकड़ाजस्तै यहाँका मानिसहरू एक व्यक्तिलाई सम्झेर ढुक्क हुन्छन् अनि तिनी हुन् ममता ब्यानर्जी। जुवेलअनुसार विपत्तिको समय राहत र उद्धार कार्य त थियो नै, दुईपल्ट आफै पीड़ितहरूबीच आउनु भएको थियो। आफन्त गुमाएकाहरूलाई रोजगारको व्यवस्था पनि गर्नु भएको छ। त्यो कसरी बिर्सन सकिन्छ! उनै मुख्यमन्त्री फेरि यस क्षेत्रमा आउँदैछन्। हामी समूह बनाएर जानेछौँ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.