Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

डाउहिलमा विरल प्रजातिको हिरण

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

वर्षको आरम्भमै राज्य वन विभागका लागि अत्यन्तै खुशीको खबर आएको छ। पहाड़ी जङ्गलहरूमा प्रायः कालो चितुवा देखा पर्दै आएको बेला यसपल्ट दार्जीलिङ पहाड़को जङ्गलमा कालो हरिण देखा परेको छ। राज्यको इतिहासमै पहिलोपल्ट सार्वजनिक रूपमा कालो हरिण देखिएको वन विभागले दाबी गरेको छ। वन विभाग सूत्रअनुसार लगभग दस लाख हरिणमध्ये यस्ता एक–दुईवटा मात्र कालो हरिण जन्मिने गर्छन्। त्यसैले बिहीवार बिहान उक्त हरिण देखिएसितै वन विभाग उत्साहित भएको हो। कारण देशभरि यस्तो कालो हरिण अत्यन्तै सीमित सङ्ख्यामा मात्र छन्। साथै जङ्गलभित्र घुमिरहेको उक्त कालो हरिणको दृश्य खरसाङ वन विभागका डीएफओ देबेश पाण्डे स्वयंले क्यामेरामा कैद गर्न सफल भएका हुन्।
वन विभागअनुसार कालो चितुवालाई मुख्यतः मेलानिस्टिक लेपर्ड भनिन्छ। आनुवंशिक त्रुटिका कारण सामान्य चितुवाको शरीरमा कालो रङको मात्रा बढ्छ। त्यसकारण हरिणको शरीरमा पनि कालो रङको मात्रा बढ़ेर पूर्ण रूपमा कालो हरिणको रूप देखिन्छ। उक्त हरिण मूलतः बार्किङ डियर प्रजातिको हो। तर रङ कालो भएकाले यसलाई मेलानिस्टिक हरिण भनिन्छ। पहाड़का घना जङ्गलहरूमा यस्ता हरिण कहिलेकाहीँ देखिन्छ। यसअघि वन विभागको अनुसन्धानमा कालो हरिणको अस्तित्वबारे जानकारी दिइएको थियो। तर पश्चिम बङ्गालमा यस प्रकारको कालो हरिण पहिलोपल्ट देखा परेको बताइएको छ।
आज बिहान खरसाङ वन विभागअन्तर्गत डाउहिल फरेष्टमा उक्त कालो हरिण देखिएको हो। हरिण देखिएसितै सम्पूर्ण जङ्गलमा निगरानी कठोर बनाइएको छ। यस्ता हरिणमाथि चोरी शिकार गर्नेहरूको नजर पर्ने सम्भावना रहन्छ। हरिण कुनै पनि अवस्थामा शिकार नहोस् भन्ने उद्देश्यमा जङ्गलभरि अतिरिक्त निगरानी बढ़ाइएको छ। गत वर्ष पनि पहाड़ी जङ्गलका डाउहिल, बाघगौड़ा र मिरिक क्षेत्रमा कालो चितुवा अर्थात् मेलानिस्टिक लेपर्ड देखिएको थियो। तर यो पहिलोपल्ट मेलानिस्टिक हरिण देखिएको हो। खरसाङ वन विभागका डीएफओ देबेश पाण्डेले भने, यो हाम्रो लागि अत्यन्तै खुशीको खबर हो। यसअघि कालो चितुवा धेरैपटक देखिएको थियो। अब पहिलोपल्ट मेलानिस्टिक हरिण देखिएको छ। यस प्रकारका हरिण निकै कम्ती जन्मिने गर्छन्। त्यसैले हामीले सम्पूर्ण जङ्गलभरि अतिरिक्त सतर्कता अपनाएका छौँ र निगरानी बढ़ाएका छौँ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.