Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

न्यायालयको शरणमा प्रशान्त बर्मन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

बारम्बार आफू निर्दोष रहेको दाबी गरे पनि अन्ततः सल्टलेकका सुन व्यापारी स्वपन कमिल्या हत्याकाण्डका मुख्य आरोपी तथा राजगञ्जका बिडिओ प्रशान्त बर्मन अग्रिम जमानतका लागि न्यायालयको शरणमा पुगेका छन्। बारासत न्यायालयका जिल्ला न्यायाधीश शान्तनु झाँको इजलासमा प्रशान्त बर्मनले अग्रिम जमानतको आवेदन गरेका छन्। आगामी 26 नोभेम्बरमा उक्त निवेदनको सुनुवाइ हुनेछ। सोही दिन इजलास नम्बर 31 मा प्रशान्त बर्मनको निवेदन सूचीबद्ध छ। अपहरण गरेर हत्या गरिएको घटनामा स्वपनको परिवारले बिधाननगर दक्षिण थानामा दर्ता गरेको उजुरीमा प्रशान्त बर्मनको नाम उल्लेख छ। तर मुख्य आरोपी भागेका छैनन् अनि तिनी नियमित रूपमा कार्यालय जाँदैछन्, सार्वजनिक रूपमा घुमफिर गरिरहेका छन्। जाँच गर्दै पुलिसले आरोपपत्रमा नाम उल्लेख नभएका व्यक्तिहरूलाई समेत पक्राउ गरिसकेको छ।
यता उजुरी परेको 15 दिन बितिसक्दा पनि पुलिसले बिडिओलाई पक्राउ किन गरेको छैन वा किन सोधपुछ गरेको छैन भन्ने विषयबारे बिधाननगर पुलिस कमिश्नरेटका अधिकारीहरूले कुनै टिप्पणी गरेका छैनन्। प्रशान्तलाई जमानतको निवेदन दिन सहज बनाइदिन नै यस्तो स्थिति सिर्जना गरिएको हो? विभिन्न तहमा यस्तो प्रश्न उठिरहेको छ।
बिडिओका वाहन चालक राजु ढाली, तिनका घनिष्ट तुफान थापा अनि प्रभावशाली तृणमूल नेता सजल सरकारलाई पुलिसले अगावै पक्राउ गरिसकेको छ। पक्राउ परेका व्यक्तिहरूको बयानमा न्यू टाउनको फ्ल्याटमा कुटपिटपछि सुन व्यवसायीको मृत्यु भएको र सरकारी वाहनमै शव लुकाइएको जस्ता चकित पार्ने विवरण बाहिर आएको बताइँदैछ। पुलिसले हत्यामा प्रयोग भएको निलो बत्तीको सरकारी वाहन पनि जफत गरिसकेको छ। यस्तो अवस्थापछि प्रशान्त बर्मनले अग्रिम जमानतको निम्ति निवेदन दर्ता गरेका हुन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.