Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बीडीओ प्रशान्तविरुद्ध पक्राउ वारण्ट जारी गर्न पुलिसको आवेदन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

दत्ताबादका एक व्यवसायीलाई अपहरण गरी हत्या गरिएको घटनामा बीडीओ प्रशान्त बर्मनविरुद्ध पक्राउ वारण्ट जारी गर्न विधाननगर पुलिस आयुक्तालयले आवेदन दिएको सूत्रहरूले बताएका छन्। उक्त हत्या घटनामा मुख्य आरोपीका रूपमा बीडीओ प्रशान्त बर्मनविरुद्ध आरोप लागेको छ। यस हत्याकाण्ड मुद्दामा प्रशान्त बर्मनका नजिकका एकभन्दा अधिक व्यक्तिहरूलाई यसअघि नै पुलिसले पक्राउ गरिसकेको छ।
केही दिनअघि राजगञ्जका बीडीओले कलकत्ता उच्च न्यायालयमा अग्रिम जमानतका लागि आवेदन दिएका थिए। तर कलकत्ता उच्च न्यायालयले उक्त आवेदन रद्द गरिदिएको थियो। त्यसपछि प्रशान्त बर्मनले सर्वोच्च न्यायालयको दैलो ढकढकाउने बताएका थिए। तर अहिलेसम्म देशको सर्वोच्च न्यायालयमा उक्त मुद्दा सूचीकृत भएको छैन। यसैबीच प्रशान्त बर्मनविरुद्ध पक्राउ वारण्ट जारी गर्न पुलिसद्वारा आवेदन गरिएको छ।
दत्ताबादका व्यवसायीको हत्या प्रकरणमा बीडीओ प्रशान्त बर्मनले पहिले बारासत न्यायालयबाट अग्रिम जमानत पाएका थिए। पछि उच्च न्यायालयबाट तिनलाई झट्का लाग्यो। सोमवार त्यहाँ तिनको अग्रिम जमानतको आवेदन खारेज गरियो। त्यति मात्र होइन सोही दिन उच्च न्यायालयले प्रशान्त बर्मनलाई 72 घण्टाभित्र आत्मसमर्पण गर्नुपर्ने आदेश दिएको थियो। उक्त आदेशलाई चुनौती दिँदै बुधवार प्रशान्त बर्मन सर्वोच्च न्यायालय पुगे। तर सूत्रहरूअनुसार अहिलेसम्म सर्वोच्चमा मुद्दा सूचीकृत भएको छैन। त्यसअघि नै 72 घण्टाको समयसीमा समाप्त भएपछि विधाननगर पुलिस आयुक्तालयले पक्राउ वारण्ट जारी गर्न आवेदन दिएको हो। गत अक्टोबरको अन्त्यतिर न्यूटाउनको यात्रागाछी क्षेत्रबाट एकजना सुन व्यवसायीको शव उद्धार गरिएको थियो। तिनको परिवारको उजुरीका आधारमा पुलिसले जाँच आरम्भ गरेको थियो। यस घटनामा अहिलेसम्म पाँचजनालाई पक्राउ गरिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.