Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पैह्रो पीड़ित यावाङलाई पेम्बा भुटियाद्वारा सहयोग

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मिरिकका युवा सामाजिक कार्यकर्ता पेम्बा भुटिया सानो सहयोग भए पनि ठूलो मन बोकेर पुगे टुहुरो यावाङ राईको बड़ा बड़ीको घर। चौध वर्षीय यावाङ राईको बाबाको निधन भइसकेको छ भने आमाले पनि तिनलाई छाड़ेर गई। तिनी नौ माइल राणा गाउँमा एकलै बस्दै थिए। यसै क्रममा 4 अक्टोबर बिहानपख आएको विनाशकारी पैह्रोले तिनको घर क्षतिग्रस्त पारिदियो। तिनी भाग्यले बाँचे अनि अहिले आफ्ना बड़ा-बड़ीको घरमा बस्दै आइरहेका छन्।
आमा-बाबाविहीन तिनै किशोरलाई सहयोग गर्न बुधवार मिरिक निवासी पेम्बा भुटिया यावाङका बड़ा-बड़ीको घरमा पुगेका हुन्। भुटियाले खाद्य सामग्री तथा लताकपड़ा प्रदान गरे। यस अवसरमा बोल्दै पेम्बा भुटियाले भने यावाङ राईको वस्तुस्थिति बुझेपछि ठूलो मन लिएर सानो सहयोग लिएर आइपुगेको बताए। यतिखेर यावाङलाई राहत भन्दा पनि बस्ने घरको ठूलो खाँचो रहेको भुटियाले बताएका छन्।
भुटियाले यावाङको वास्तविक स्थितिबारे मिरिक नगरपालिका अध्यक्ष एलबी राईलाई पनि बताइएको जनाए। त्यसपछि आफ्नो हातमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पनि राहत सामग्री पठाएका भुटियाले थप बताए। तिनले यावाङलाई आपदको क्षण सानो भए पनि सहयोग गर्न पाउँदा असल अनुभूति भइरहेको बताए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.