Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एसआईआर घोषणापछि एकपछि अर्को अस्वाभाविक मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) को वातावरणमा फेरि एकै दिन दुईजनाको मृत्युको आरोप उठेको छ। एउटा घटना उत्तर बङ्गालको जलपाइगढ़ीको धूपगुड़ीमा भएको हो भने अर्को मुर्शिदाबादको बहरमपुरमा भएको हो। धूपगुड़ीमा बूथ लेभल अफिसर (बीएलओ) घरमा फारम दिन गएको केही क्षणमै हृदयाघातका कारण एक वृद्धको मृत्यु भयो। अर्कातिर एसआईआर घोषणा भएपछि 4 देखि 6 नोभेम्बरसम्म मुर्शिदाबाद जिल्लामा चारजनाको असामान्य मृत्यु भएको खबर छ।
धूपगुड़ीमा मृत्यु भएको वृद्धको नाम लालुराम बर्मन (71) हो।

तिनी बारोघरिया 1 ग्राम पञ्चायतको दक्षिण डाङ्गापाड़ा क्षेत्रका वासिन्दा थिए। परिवारअनुसार सन् 2002 को मतदाता सूचीमा लालुराम बर्मनको नाम नरहेको कारण केही दिनदेखि तिनी तनाउमा थिए। बिहीवार बेलुकी बीएलओ एसआईआर फारम लिएर तिनीहरूको घरमा आइपुगे। त्यसपछि लालुराम अचानक अस्वस्थ भएर ढले। उपचारको अवसर नपाउँदै केही मिनटमै घरमा नै तिनको मृत्यु भएको परिवारका सदस्यहरूले बताएका छन्। मृत लालुरामकी बुहारी मतिमालाले भनिन्, ससुरको नाम मतदाता सूचीमा थिएन। तिनको मतदाता परिचयपत्र पनि थिएन। त्यसैले तिनी चिन्तित थिए। बीएलओ फारम लिएर घर आउँदा तिनी अत्यन्तै डराए र केही बेरमै अस्वस्थ भई तिनको निधन भयो।

बीएलओ सुमित दासले भने,“म त्यस घरमा फारम दिन गएको थिएँ। पाँच सदस्यमध्ये चारजनालाई फारम दिएर छिमेकी घरतिर गएको थिएँ। लगभग दस मिनटपछि फर्किँदा उक्त वृद्धको मृत्यु भइसकेको सुनेँ। के भयो, किन मृत्यु भयो, मतदाता सूचीमा नाम थियो कि थिएन, म केही भन्न सक्दिनँ।अर्कातर्फ बिहीवार दिउँसो बहरमपुर नगरपालिकाको 21 नम्बर वार्डस्थित गान्धी कोलोनीमा आफ्नै घरमा गम्छा घाँटीमा बेह्रेर झुण्डिएको अवस्थामा एक वृद्धको शव फेला पर्यो । पुलिसले जनाएअनुसार मृत व्यक्तिको नाम तारक साहा (54) हो। परिवारअनुसार सन् 2002 को मतदाता सूचीमा तिनको वा तिनका माता-पिताको नाम थिएन। त्यसैको चिन्ताले तारक साहा मानसिक रूपले तनाउमा थिए। बुधवार रातिसम्म तिनले सम्बन्धित कागजात खोज्ने प्रयास गरेका थिए। बिहीवार बिहान तिनकी श्रीमती कामका लागि घरदेखि बाहिर गइन्। दिउँसो घर फर्किँदा श्रीमान घर पछाड़िको रूखमा गम्छाले झुण्डिएका देखिन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.