Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

चिया मात्र होइन अब कालेबुङदेखि कफीको सुवासमा नयाँ अध्याय

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

कालेबुङ भन्न साथ आँखाअघि के आउँछ? अन्तहीन पहाड़ र हरियालीले भरिएको प्रकृति। अझ एउटा विशेष कुरा छ अनि त्यो हो चिया, दुई पात एक सुइरो। तर अहिले इतिहास नयाँ मोड़तर्फ गइरहेको छ। चियाको कपमा पाइने मगमगाहटलाई पछि पार्दै कालेबुङ अब बिस्तारै कफीको सुवासमा रमाउँदैछ।
कालेबुङमा कफी खेतीको आरम्भ सन् 2018 देखि सानो स्तरबाट भएको थियो। तर अहिले यो व्यापक बन्दै गइरहेको छ। हाल कालेबुङका 400 ऐकर जमीनमा धुमधामले कफी खेती भइरहेको छ। भालुखोप, अलगढ़ा, गीतडाब्लिङ र लोले गाउँमा कफी खेतीका क्लष्टर निर्माण भइसकेका छन्। प्रत्येक वर्ष कालेबुङबाट 27 टनभन्दा अधिक कफी सङ्कलन गरिन्छ। तीमध्ये 12 टन सरकारी जमीनबाट उत्पादन हुन्छ भने बाँकी 15 टन निजी जमीनबाट उत्पादन हुन्छ। भारतको बजारमा कालेबुङको कफी राम्ररी बिक्री भइरहेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात भइरहेको छ। हवाईजहाज र पानीजहाजमार्फत् इङ्ग्ल्याण्ड र अष्ट्रेलिया पठाइँदैछ। छिमेकी देश नेपालमा पनि कालेबुङको कफी पठाइन्छ।
गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशनको सहयोगमा प्रयोगात्मक परियोजनाका रूपमा कफी खेतीको आरम्भ गरिएको थियो। अहिले यो क्रान्तिमा परिणत भइसकेको छ। कालेबुङमा 1200 भन्दा अधिक किसान कफी खेतीमा संलग्न छन्। कालेबुङ कफी र कालेबुङ फिल्टर कफी नाममा ब्राण्ड पनि तयार भइसकेको छ। राज्य सरकारको विश्व बङ्गला स्टोरमा पनि कालेबुङ कफी बिक्रीमा उपलब्ध छ। गुणस्तरमा यसले केन्या वा कोलम्बियाको कफीसित प्रतिस्पर्धा गरिरहेको छ। यस सन्दर्भमा राज्य उद्यान तथा वनस्पति विभागका संयुक्त सचिव स्मार्की महापात्रले भने, हामी कालेबुङ कफीलाई अन्तर्राष्ट्रिय ब्राण्डको रूपमा स्थापित गर्न चाहन्छौँ। केवल चिया होइन कफी पनि पहाड़का मानिसहरूको पहिचान बनोस् भन्ने हाम्रो उद्देश्य हो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.