Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

शनिवारदेखि जलपाइगढ़ीबाट नया रेल सेवा आरम्भ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

अब केही दिनको प्रतीक्षा मात्र। त्यसपछि उत्तर बङ्गालदेखि दक्षिण बङ्गालसम्म नयाँ रेलको सेवा आरम्भ हुनेछ। शनिवारदेखि जलपाइगढ़ी रोड स्टेशनबाट हमसफर एक्सप्रेसले सेवा आरम्भ गर्नेछ। यो रेल शियालदह स्टेशनमा रोकिनेछ। जलपाइगढ़ीका सांसद जयन्तकुमार रायले यस रेल सेवाको उद्घाटन गर्नेछन्। नयाँ रेल सेवा पाउँदा जलपाइगढ़ीका मानिसहरू निकै खुशी छन्। अब जलपाइगढ़ी रोडबाट सोझै कलकत्ता पुग्न सकिनेछ। त्यसे गरी उत्तर बङ्गालका वासिन्दाहरू नदियाका धेरै महत्त्वपूर्ण स्थानहरूमा पनि सहजै पुग्न सक्नेछन्। यो रेल सेवा सञ्चालन भएपछि दार्जीलिङ मेलमा पर्ने चाप कम्ती हुने जलपाइगढ़ीका साधारण नागरिकदेखि व्यापारी वर्गसम्मको विश्वास छ। दार्जीलिङ मेल हल्दीबारी हुँदै जलपाइगढ़ी टाउन स्टेशनबाट सञ्चालन हुन्छ।

हाल हमसफर एक्सप्रेस हप्तामा एकपल्ट मात्र चल्ने भए पनि भविष्यमा दैनिक चल्ने अपेक्षा गरिएको छ। यसको प्रमुख कारण आगामी महीना जलपाइगढ़ीमा कलकत्ता उच्च न्यायालयको स्थायी सर्किट बेञ्च आरम्भ हुन लागिरहेको छ। नयाँ रेलको नाम शियालदह–जलपाइगढ़ी रोड हमसफर एक्सप्रेस राखिएको उत्तर–पूर्व सीमावर्ती रेल्वेले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यो रेल सेवा प्रत्येक शुक्रवार र शनिवार सञ्चालन हुनेछ। शुक्रवार शियालदहबाट छुटेर शनिवार जलपाइगढ़ी रोड आइपुग्नेछ अनि शनिवार नै फर्कनेछ। यो रेल जलपाइगढ़ी रोडबाट छुटेर मुर्शिदाबादको नशिपुर पुल हुँदै बहरमपुर कोर्ट, कृष्णनगर सिटी, रानाघाट जङ्श्ेन भएर यात्रा गर्नेछ। त्यसैले जलपाइगढ़ीसहित जिल्लाका रानाघाट, कृष्णनगर जान चाहने यात्रीहरूका लागि यो रेल सुविधाजनक हुनेछ।

नयाँ रेलको विषयमा यात्रीहरूमा उत्साह देखिन थालेको छ। शहरवासी सञ्जीत राय कर्मकारले भने, “कलकत्ता जाने धेरै रेल छन्। कुनै एनजेपीबाट छुट्छ त कुनै नयाँ अलिपुरद्वारबाट। तर ती रेलमा टिकट पाउन गाह्रो पर्छ। दार्जीलिङ मेलको त कुरा नै नगर्दा हुन्छ। यो नयाँ रेल चलेपछि टिकट पाउन केही सजिलो हुनेछ र सबैभन्दा महत्त्वपूर्ण कुरा रेल जलपाइगढ़ीबाटै छुट्नेछ।” जलपाइगढ़ी जिल्ला चेम्बर अफ कमर्सका कार्यकारी अध्यक्ष विकास दासले भने, “नयाँ रेलले सजिलो हुने विषयमा कुनै द्विविधा छैन। तर यदि यो रेल दैनिक चलेको भए अझै सजिलो हुने थियो। तथापि भविष्यमा यो रेल दैनिक सञ्चालनमा आउने हामी आशा गर्छौँ। जलपाइगढ़ी बार एशोसिएसनका पुस्तकालय प्रमुख शान्तनु भौमिकले भने, “कलकत्ताबाट धेरैजसो कानून व्यवसायीहरू जलपाइगढ़ी सर्किट बेञ्चमा मुद्दा दर्ता गर्न आउँछन्। स्थायी सर्किट बेञ्चको उद्घाटनपछि यो सङ्ख्या अझ बढ्नेछ। प्रायः टिकट नपाएर तिनीहरूलाई आउजाउमा समस्या पर्छ। यो रेल चलेपछि धेरै सहज हुनेछ। यात्राको अनिश्चितता घट्नेछ।”

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.