Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एनबीएसटीसीलाई नयाँ 67 सीएनजी बस

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

उत्तर बङ्गाल राज्य परिवहन निगमलाई अन्ततः केही राहत पुग्ने सङ्केत देखिएको छ। उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) लाई शीघ्रै नयाँ 67 सीएनजी बस प्राप्त हुन लागेको छ। उत्तर बङ्गालका विभिन्न रूटमा यी बसहरू सञ्चालन हुनेछन्। आशाजनक कुरो के छ भने यीमध्ये सिलगढ़ीदेखि दार्जीलिङ पहाड़ी मार्गमा आवागमनका लागि विशेष 18 वटा बस उपलब्ध गराइँदैछ। आगामी तीनदेखि चार महीनाभित्र यी बसहरू सड़कमा उतार्न सकिने निगमले आशा व्यक्त गरेको छ। एनबीएसटीसीका म्यानेजिङ डाइरेक्टर दीपङ्कर पिपलाईले भने, राज्यको वित्त विभागको स्वीकृति आइसकेको छ। प्रशासनिक स्वीकृति मिल्ने बित्तिकै बस निर्माणको आदेश दिइनेछ। यसले केही भए पनि बसको अभाव पूरा गर्न सहयोग हुनेछ।
निगम सूत्रअनुसार 67 बसमध्ये 14 वटा स्ट्याण्डर्ड एसी बस छन्। कोचबिहार–सिलगढ़ी, रायगञ्ज–सिलगढ़ी, रायगञ्ज–मालदा, बालुरघाट–मालदा लगायत धेरै रूटमा यी बसहरू सञ्चालन गरिनेछ। त्यसबाहेक 30 वटा नन–एसी बस पनि छन् जसले स्थानीय रूटमा सेवा दिनेछन्। पाँचवटा एसी रकेट बसलाई लामो दूरीका रूटमा चलाइनेछ। केवल सिलगढ़ीदेखि दार्जीलिङ पहाड़ी मार्गका लागि 32 सिट क्षमताका 18 वटा विशेष बस सूचीमा समावेश छ।
निगम सूत्रको दाबीअनुसार हाल पहाड़ी मार्गमा चलिरहेका 40 सिटका बसहरू पहाड़का लागि उपयुक्त छैनन्। विकल्प नभएकै कारण निगमले बाध्य भएर ती बसहरू सञ्चालन गरिरहेको थियो र दिनहुँ समस्या हुँदै आइरहेको थियो। तर नयाँ बस सञ्चालनमा आएपछि यो समस्या समाप्त हुने निगमको विश्वास छ। निगम सूत्रअनुसार हाल एनबीएसटीसीसित जम्मा 706 वटा बसहरू छन्। तीमध्ये 15 वर्ष पुराना भएकाले थुप्रै बसहरूलाई शीघ्रै अवकाश दिइनेछ। नयाँ बसहरू सञ्चालनमा आएपछि त्यो कमी पनि पूरा हुने निगम अधिकारीहरूको धारणा छ। केन्द्र सरकारले यातायात मन्त्रालयअन्तर्गतको विशेष परियोजनाबाट सीएनजी बस खरीदमा सुविधा उपलब्ध हुने जानकारी पनि प्राप्त भएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.