Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

नक्सलबारीको जङ्गलनजिक क्रसर मसिन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

संरक्षित वन क्षेत्रनजिक सत्तारूढ़ तृणमूल नेताद्वारा राखिएको क्रसर मसिनका कारण वन्यजन्तुहरू सङ्कटमा परेका छन्। नक्सलबारी ब्लकको मणिराम ग्राम पञ्चायतअन्तर्गत पर्ने कलाबारी वन क्षेत्रनजिक फेरि एउटा क्रसर मसिन राखिएको आरोप छ। यस विषयले विवाद चर्किएको छ। क्षेत्रका थुप्रै पर्यावरणप्रेमी सङ्गठनहरूले क्रसर मसिन राखिएको घटनाविरुद्ध आवाज उठाइरहेका छन्। वन विभागले भने जिम्मावारी प्रदूषण नियन्त्रण बोर्डमाथि थोपरेको छ। डीएलएलआरओ रामकुमार तामाङले भने, क्रसर राख्ने अनुमति प्रदूषण नियन्त्रण बोर्डले दिन्छ। तिनीहरूले जङ्गलनजिक अनुमति कसरी दिए भन्ने विषयमा जाँच गरिनेछ।
कलाबारी वन क्षेत्रनजिक रक्मजोत क्षेत्रमा दुई महीनाअघि दुईवटा क्रसर मसिन राखिएका छन्। त्यहाँट ढुङ्गालाई टुक्रा गरी तयार गिटी बिहारतिर पठाइन्छ। माछी नदीनजिक राखिएको क्रसरका लागि दिन-रात नदीको माटो र ढुङ्गा उठाइँदैछ। स्थानीय वासिन्दाहरूको एक समूहले पुलिस, वन विभाग र भूमि अधिकारीहरू सबैलाई यसबारे थाहा हुँदाहुँदै पनि मौन रहेका आरोप छ किनभने नाफाको अंश केही अधिकारीहरूलाई पुग्छ। सिलगढ़ी महकमा परिषदका एक तृणमूल नेता र उक्त क्षेत्रका एक ग्राम पञ्चायत प्रधानको स्वामीत्वमा यो क्रसर मसिन जङ्गलनजिक सञ्चालनमा रहेको छ।
भारत–नेपाल सीमामा पर्ने खरसाङ डिभिजनको पानीघाटा रेञ्जअन्तर्गतको कलाबारी वन क्षेत्र हात्तीको कोरिडोरका रूपमा चिह्नित छ। यो जङ्गल हात्तीसितै घोरल, हरिण र चितुवाहरूको वासस्थान हो। यस्तो संरक्षित क्षेत्रमा क्रसर मसिन राख्ने अनुमति कसले दियो भन्ने विषयमा विवाद उत्पन्न भएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.