Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

खुनिया मोड़देखि जुलुकसम्म राष्ट्रिय राजमार्ग

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

देशको पश्चिमी सीमासित बङ्गलादेशको अस्थिर स्थितिले पूर्वी सीमाप्रति पनि चिन्ता बढ़ारहेको छ। त्यससितै चीनबारे पनि चिन्ता कायम छ। ड्र्यागनलाई रोक्न भारत–चीन सीमातर्फ जाने अर्को एउटा सड़क निर्माणको कार्य भारतले तीव्र गतिमा अघि बढ़ाएको छ। डुवर्सको खुनिया मोड़देखि आरम्भ हुने यो सड़क झोलुङ, बिन्दु हुँदै सिधै पूर्व सिक्किमको जुलुकसम्म जोड़िनेछ। टास्क फोर्स गठन गरी चरणबद्ध रूपमा यो सीमावर्ती सड़क निर्माण भइरहेको छ। सेनालाई राशनृपानी पठाउने कार्यमा निर्माणाधीन यो सड़क राष्ट्रिय राजमार्ग नम्बर 10 को वैकल्पिक मार्गका रूपमा प्रयोग हुनेछ। पश्चिमतर्फ पाकिस्तान र उत्तर–पूर्वतर्फ चीनको कारण सधैँ चिन्ता रहँदै आएको छ। यसमा पूर्वी सीमामा पर्ने बङ्गलादेश पनि अहिले थपिएको छ। वर्तमान अस्थिर स्थितिको फाइदा उठाउँदै उक्त सीमामा आतङ्कवादी गतिविधि बढ्न सक्ने आशङ्का नयाँ दिल्लीलाई छ। यस्तो परिस्थितिमा अन्य सीमाहरूको सुरक्षालाई कठोर बनाउने कार्य भइरहेको छ। यसै उद्देश्यका लागि नयाँ सड़क निर्माण गरिँदैछ।
यस सीमावर्ती सड़कको कार्य खुनिया मोड़देखि बिन्दुसम्म तीव्र गतिमा भइरहेको छ। यस चरणको काम सकिएपछि अर्को चरण आरम्भ गरिनेछ। खुनिया मोड़देखि कुमानीसम्म 12 किलोमिटर अनि कुमानीदेखि गैरीबाससम्म 9 किलोमिटर सड़क निर्माण भएपछि गत 7 दिसम्बर उद्घाटनसमेत भइसकेको छ। अब गैरीबासदेखि प्यारेङसम्म 6 किलोमिटर र प्यारेङदेखि बिन्दुसम्म 8 किलोमिटर सड़क निर्माणका लागि जमीन हस्तान्तरणको प्रक्रिया चलिरहेको छ। यसका लागि वन विभागसित नो अब्जेक्शन मागिएको छ। त्यसपछि बाँकी 14 किलोमिटर सड़कको कार्य आरम्भ हुनेछ।
गैरीबासदेखि बिन्दुसम्म सड़क निर्माण सम्पन्न भएपछि बिन्दुदेखि जुलुकसम्म जोड्ने सड़क निर्माणमा केन्द्र सरकार लाग्नेछ। आइतवार दार्जीलिङका सांसद राजु विष्ट उक्त सड़कको निरीक्षण गर्न पुगेका थिए। तिनीसित बोर्डर रोड अर्गनाइजेशनको प्रोजेक्ट स्वस्तिकका प्रमुख इञ्जिनियर अमित शाकरे पनि थिए। सांसद विष्टले भने, बिन्दुसम्म सड़क तयार भएपछि कालेबुङको यस दुर्गम क्षेत्रमा पर्यटन विकास हुनेछ। स्थानीय वासिन्दाका लागि पनि आवागमन सहज हुनेछ। हाल सिक्किममा भारत–चीन सीमातर्फ सेनाको राशन-पानी राष्ट्रिय राजमार्ग नम्बर 10 हुँदै पठाइन्छ। अत्यधिक वर्षा र पैह्रोका कारण राष्ट्रिय राजमार्ग नम्बर 10 प्रायः जीर्ण अवस्थामा पुग्ने हुँदा केन्द्र सरकारले बाग्राकोटदेखि कालेबुङ हुँदै सिक्किम 717 (ए) राष्ट्रिय राजमार्ग तथा खुनिया मोड़देखि बिन्दु हुँदै जुलुकसम्म दुईवटा सड़क निर्माणको योजना बनाएको हो। बाग्राकोटदेखि सिक्किमसम्म सड़कको कार्य अलगढ़ासम्म सम्पन्न भइसकेको छ। अहिले सिक्किम खण्डको कार्य चलिरहेको छ। यस वर्षको मनसूनमा पनि राष्ट्रिय राजमार्ग नम्बर 10 बिग्रिएपछि सेनाको राशन-पानी ७१७(ए) राष्ट्रिय राजमार्गमार्फत पठाइएको थियो।
अहिले लामो घुमाउरो बाटो हुँदै यस सड़कबाट पूर्व सिक्किममा राशन-पानी पठाउनुपर्छ। खुनिया मोड़–बिन्दु हुँदै गए पूर्व सिक्किममा राशन-पानी छिटो पुग्नेछ। पर्यटकहरूले पनि यो सुविधा पाउनेछन्। तिनीहरूलाई अब राष्ट्रिय राजमार्ग नम्बर 10 हुँदै रानीपुल पुगेर जुलुकतर्फ जानुपर्ने बाध्यता छैन। खुनिया मोड़देखि सिधै पुग्न सकिनेछ। सेना सूत्रअनुसार सेनाका हतियार र अन्य सैन्य सामग्री यसै मार्गबाट सुरक्षित रूपमा ढुवानी गर्न सकियोस् भन्ने उद्देश्यले यो सड़क अत्यन्त सावधानीपूर्वक निर्माण गरिएको हो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.