Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

राष्ट्रिय राजमार्ग 8 जुलाईसम्म बन्द

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

आज साँझ 6 बजीदेखि बङ्गाल-सिक्किमको लाइफलाइन एनएच 10 खोलिने सम्भावनाबारे नेशनल हाइवे इन्फ्रास्ट्रक्चर कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) को बताएको थियो। त्यसैले आज साझसम्म सड़क खोलिने अपेक्षा गरिएको थियो। पैह्रोले क्षति पुर्याेएको राष्ट्रिय राजमार्ग 10 को मरम्मती कार्य जारी छ। पहाड़ काटेर सड़क विस्तार गर्ने कार्य चलिरहेको छ। फेरि अत्यधिक वर्षा नभए सड़क खोलिने सम्भावना बताइए पनि अब आगामी 8 जुलाईको बिहान 9 बजीसम्म राजमार्ग बन्द राखिने समाचार आएको छ। गत 3 दिनदेखि राष्ट्रिय राजमार्ग 10 बन्द छ।
लगातार वर्षाका कारण सेवकदेखि रम्फूसम्म सड़कका विभिन्न ठाउँमा पैह्रो गएको छ। विशेष गरी 10 माइलको तारखोला क्षेत्रमा पहाड़बाट ढुङ्गा र ठूल्ठूला चट्टान सड़कमा झरेको छ। त्यससितै सेती झोड़ामा पैह्रो जाँदा सड़क लगभग चुँड़िएको छ। यसकारण वाहनहरूको चलाचल पूर्ण रूपले ठप्प भएको छ।
त्यसैले माथिबाट झरेका ढुङ्गा-मुड़ा अनि चट्टानहरू हटाउने कार्य लगातार भइरहेको छ। साथै पैह्रोले सड़क भत्किएको ठाउँहरूमा पहाड़ काटेर वाहनहरू आउजाउ गर्न सक्ने सड़क बनाउने प्रयास पनि युद्ध स्तरमा चलिरहेको छ। प्रशासनको तर्फबाट सम्भावित जोखिमका कारण राजमार्गलाई अस्थायी रूपले बन्द राख्ने निर्णय लिइएको हो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.