Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

नाथु ला–छाङ्गुको परमिट अब अनलाइन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

नाथु ला–छाङ्गु लेकमा जाने परमिट अब अनलाइन उपलब्ध हुनेछ। सिक्किम प्रशासनले यस्तै निर्णय गरेको छ। चाँड़ै नै यो प्रणाली कार्यान्वयन हुने बताइएको छ। म्यानुअल परमिट बन्द भएसितै एकातिर जाली कार्य गर्ने समूहलाई रोक्न सकिनेछ भने अर्कातिर पर्यटकहरूलाई पनि धेरै सहज हुने अनुमान गरिएको छ। अहिलेसम्म पूर्व र उत्तर सिक्किमका विभिन्न पर्यटन क्षेत्र घुम्न जान राज्य पर्यटन विभागबाट हस्तलिखित परमिट ल्याउनु पर्थ्यो। अबदेखि भने परमिट अनलाइन जारी गरिनेछ। यसले पर्यटकले सहज अनि शीघ्र परमिट पाउनेछन् भने परमिटको उचित रिपोर्ट पनि रहनेछ। सिक्किम राज्य पर्यटन विभागका अतिरिक्त मुख्य सचिव सी. एस. रावअनुसार यो प्रणाली छिट्टै नै कार्यान्वयन गरिनेछ। यसपछि प्रतिबन्धित क्षेत्र र संरक्षित क्षेत्रका परमिट प्राप्त गर्न लाग्ने समय पनि कम्ती हुनेछ। प्रत्येक अनलाइन परमिटमा क्यूआर कोड दिइनेछ जसले सरकारी अधिकारीहरूलाई परमिट जाँच गर्न पनि सहज बनाउनेछ।
हिमालयन हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेण्ट नेटवर्कले सिक्किम पर्यटन विभागको यस कदमलाई स्वागत गरेको छ। सङ्गठनका महासचिव सम्राट सन्यालले भने, म्यानुअल परमिटमा धेरै समस्या थिए जसले पर्यटकलाई धेरै झञ्झट बेहोर्नु पर्थ्यो। आशा छ नयाँ व्यवस्थाले पर्यटकको उत्तर र पूर्व सिक्किम भ्रमण अनुभव अझ राम्रो बनाउनेछ।
सिक्किमका लोकप्रिय पर्यटन स्थलहरूमध्ये छाङ्गु लेक र नाथु ला पास प्रमुख हुन्। प्रत्येक वर्ष हजारौँ पर्यटकहरू त्यहाँ पुग्ने गर्छन्। नाथु ला सीमावर्ती क्षेत्र भएकाले विशेष परमिट आवश्यक पर्छ। लामो समयदेखि परमिट लिने क्रममा केही ठग समूहहरूको सामना गर्नु परेको पर्यटकहरूले आरोप गर्दै आइरहेका थिए। यो समस्या पनि अब समाधान हुने अपेक्षा गरिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.