Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दम्पत्तीको मृत्युमा रहस्य यथावत

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

डाबग्राम 2 ग्राम पञ्चायतअन्तर्गत थारुघाटी क्षेत्रमा दम्पत्तीको शव फेला परेको घटनामा रहस्य अझ गहिरिँदै गइरहेको छ। मृत अनमा राय र तपन रायको घाँटीमा धारिलो हतियारले आक्रमण गरेको चोटका दाग भेटिएका छन्। तपनले आफ्नी श्रीमतीलाई हत्या गरेर त्यसै हतियारले आफ्नो घाँटीमा चोट पुर्याभएका पुलिसले दाबी गरेको छ। तर आफैलाई आक्रमण गरेपछि तपनले त्यो हतियार कहाँ फाले? त्यो प्रश्न अहिले दम्पत्तीका परिवारसमक्ष उभिएको छ। पुलिसले गरिरहेको आत्महत्याको दाबी हतियार हराएको घटनाको कारण टिक्ने हो कि होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ। घटनास्थलदेखि साहु खोलाको किनारासम्म सोमवार दिनभरि खोजी गर्दा पनि जाँचकर्ताहरूले त्यो हतियार फेला पार्न सकेनन्। यदि तपनले आफ्नो घाँटीमा आफैले चोट गरेको भए फाँसी लगाएर आत्महत्या गर्ने तिनको योजना थिएन। त्यसो भए तपनले डोरी कहाँबाट पाए?
यी सबै प्रश्नहरूको उत्तर अहिले पनि पुलिससित नहुँदा परिवारद्वारा लगाइएको हत्याको आरोपलाई अझ बलियो बनाइरहेको छ। अनिमाका दाइ भवेश मण्डलले भने, तिनीहरूले कहिल्यै पनि यस्तो काम गर्न सक्दैनन्। तिनीहरूलाई हत्या गरिएको हो भनेर हामी पहिलेदेखि नै भन्दै आएका छौँ। पुलिस र परिवारले दम्पत्तीको मृत्युबारे फरक धारणा राखे पनि 24 घण्टापछि पनि घटनाको पछाड़िको रहस्यबारे दुवै पक्ष अन्धकारमै छन्। भवेशले भने, आइतवार दाहसंस्कार सकेर घर फर्किँदा धेरै ढिलो भयो। त्यसपछि सबै बसेर हामीले घटना पछाड़िको रहस्य बुझ्ने प्रयास गऱ्यौँ।
सोमवार दम्पत्तीका परिवारजनलाई आसीघर चौकीमा बोलाइयो। जाँचकर्ताहरूले तिनीहरूलाई केही समय सोधपुछ पनि गरे। सिलगढ़ी पुलिस कमिश्नरेटका डीसीपी (पूर्व) राकेश सिंहले भने, घटनाको कारण हामीलाई अझै प्रस्ट छैन। तर श्रीमतीलाई हत्या गरेर ती व्यक्तिले आत्महत्या गरेका हुन्। उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालको फोरेन्सिक विभागबाट पनि श्रीमतीलाई हत्या गरेपछि पुरुषले आत्महत्या गरेको निष्कर्ष आएको छ। त्यसैबीच दम्पत्ती घर फर्कने क्रममा कुनै आपराधिक समूहको आक्रमणमा त परेको होइन भन्ने आशङ्का पनि परिवारतर्फबाट उठाइएको छ किनकि दम्पत्तीका छोरा पापनले बताएअनुसार तिनकी आमाको शरीरमा रहेको सुनको गहना भेटिएको छैन। साहु खोलाको त्यस स्थानमा फरेष्ट प्रोटेक्शन कमिटीले घेराबन्दी गरेको छ। विशेष गरी जाड़ोको यस समयमा कोही सहजै त्यहाँ पस्न नपाओस् भन्ने उद्देश्यमा यस्तो व्यवस्था गरिएको छ। त्यसो भए पनि उक्त क्षेत्रभित्र यस्तो घटना कसरी भयो?

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.