Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सेना जवानको रहस्यमय मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सिलगढ़ी जङ्क्शन क्षेत्रमा एक सेना जवानको शव फेला परेपछि निकै होहल्ला मच्चिएको छ। मङ्गलवार सखारै बिहान स्थानीय मानिसहरूले सिलगढ़ी जङ्क्शननजिक एक युवक सड़कमा लड़िरहेको अवस्थामा देखे। तिनी सैनिकको पोशाकमा थिए। त्यसपछि पुलिसलाई खबर गरियो। पुलिस आएर शवलाई उद्धार गरी अस्पताल पठायो।
स्थानीय सूत्रअनुसार, बिहान लगभग 4.30 देखि 5 बजीबीच स्थानीय पेट्रोल पम्पको छेउमा सैनिकको पोशाकमा एक व्यक्ति सड़कमा लड़िरहेको अवस्थामा देखिएको थियो। स्थानीय मानिसहरूले पहिले जङ्क्शन ट्राफिक पुलिसलाई जानकारी दिए। त्यसपछि प्रधाननगर थाना पुलिस घटनास्थलमा आइपुग्यो। पुलिसको टोलीले शव उद्धार गरी सिलगढ़ी जिल्ला अस्पताल पठायो।
पुलिस सूत्रअनुसार मृत व्यक्ति सम्भवतः सिक्किमका सैनिक थिए। उमेर लगभग 40 वर्ष बताइएको छ। जङ्क्शनका टोटो चालक शत्रुघ्न प्रसादले भने, बिहानै शव देखेपछि शङ्का लाग्यो। तिनको हात र खुट्टामा ब्याण्डेज थियो। हेर्दा लाग्थ्यो, तिनी बिरामी भएर कुनै अस्पतालमा भर्ना भएका थिए। पुलिसले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरी घटनाको जाँच आरम्भ गरेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.