Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

उत्तरमा अधिक वर्षा, आज पनि दक्षिण बङ्गालमा आँधी–पानीको सम्भावना

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

राज्यभरि चट्याङसहित आँधीको प्रवृत्ति बढ़िरहेको छ। दक्षिण गङ्गीय पश्चिम बङ्गाल तथा छेउछाउको उत्तर उड़िस्सामाथि वायुमण्डलको माथिल्लो तहमा एक घूर्णावर्त बनेको छ जुन समुद्र सतहबाट लगभग 1.5 किलोमिटरसम्म फैलिएको छ। साथै अनुकूल हावाको बहाउ र बङ्गालको खाड़ीबाट प्रशस्त जलवाष्प प्रवेश गरिरहेको कारण राज्यका विभिन्न जिल्लामा चट्याङसहित वर्षाको सम्भावना बढ़ेको छ। अलिपुर मौसम कार्यालयको पूर्वानुमानअनुसार आगामी केही दिनमा धेरै जिल्लामा चट्याङसहित आँधी-बेह्रीको प्रभाव देखिन सक्छ। बिहीवार व्यापक आँधीका कारण मुख्यमन्त्रीको विमान अवतरणमा समस्या उत्पन्न भएको थियो। मौसमविद्हरूअनुसार यो हावा-हुरीको स्थिति आगामी केही दिन बङ्गालको मौसममा जारी रहनेछ। आँधी–वर्षाको प्रभावले बङ्गालभरि मौसम शुष्क भए पनि असह्य गर्मीको अवस्था भने बनेको छैन।
यस महीनाको अन्तिम केही दिन राज्यका विभिन्न जिल्लामा छिटपुट रूपमा आँधी–वर्षा जारी रहनेछ। तर सोमवारदेखि मौसममा सुधार हुने सम्भावना छ। त्यस दिनदेखि तापक्रम पनि बढ्नेछ। अहिले नै कोलकाता र यसको छेउछाउका क्षेत्रमा अधिकतम तापक्रम 33 डिग्री पुगेको छ। बिहीवार दक्षिण बङ्गालको बर्धमानको पानागढ़मा अधिकतम तापक्रम 36 डिग्री सेल्सियस थियो। उत्तर बङ्गालको मालदामा अधिकतम तापक्रम 33.09 डिग्री सेल्सियस थियो।
आज उत्तर बङ्गालका अधिकांश स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ। दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी, कोचबिहार र अलिपुरद्वारमा प्रतिघण्टा 50-60 किलोमिटरको वेगमा हुरी चल्न सक्छ। दार्जीलिङ र कालेबुङका केही स्थानमा असिनासहित वर्षाको सम्भावना पनि छ। साथै दार्जीलिङ, जलपाइगुडी र अलिपुरद्वार जिल्लाका एक–दुई स्थानमा अत्यधिक वर्षा हुन सक्छ। मालदा र दुवै दिनाजपुरमा प्रतिघण्टा 40-50 किलोमिटरको वेगमा हुरी चल्न सक्छ। 28 मार्च शनिवार उत्तर बङ्गालभरि चट्याङसहित वर्षाको सम्भावना छ। साथै प्रतिघण्टा 40-50 किलोमिटरको वेगमा हुरी चल्न सक्छ। 29 मार्च आइतवार उत्तर बङ्गालमा वर्षा कम्ती हुनेछ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
30 मार्च सोमवार दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी, कोचबिहार र अलिपुरद्वारका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ। अन्य जिल्लामा शुष्क मौसम रहनेछ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.