Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बेपत्ता बङ्गलादेशी विद्यार्थीलाई 48 घण्टाभित्र उपस्थित हुने आदेश

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

कानून उल्लङ्घन गर्दै शिक्षक बनेका बङ्गलादेशी छात्र शान भौमिक सम्बन्धी एकपछि अर्को चकित पार्ने तथ्यहरू सार्वजनिक भइरहेका छन्। उत्तर बङ्गाल विश्वविद्यालयका कागजातहरूमा शान र शान्त दुईजना विदेशी छात्रहरूको भेटिएको छ जसले विभिन्न प्रश्नहरू खड़ा गरेको छ। प्रशासनको नजरबाट उम्किएर तिनले भारतीय नागरिकताको कागजात तयार पारे त? भन्ने विषयको पनि अहिले विभिन्न तहबाट छानबिन गर्नुपर्ने माग उठेको छ। शान भौमिक शिवमन्दिर क्षेत्रमा घर भाड़ामा बस्छन्। तर कागजातअनुसार सिलगढ़ीको सुकान्तपल्लीस्थित स्टेट ब्याङ्क अफ इण्डियामा तिनको नाममा खाता छ। मङ्गलवारदेखि नै विश्वविद्यालय प्रशासनले शान सम्बन्धी जाँच आरम्भ गरिसकेको छ। त्यसपछि तिनी गायब भएका छन्। उक्त दिन विश्वविद्यालयका अधिकारीहरूले सम्पर्क गर्ने प्रयास गरे पनि शानसित सम्पर्क हुन सकेन। जोइण्ट रजिस्टारले बताएअनुसार तिनलाई मोबाइलमा फोन र मेसेज पठाइयो तर तिनले कुनै प्रतिक्रिया दिएनन्। तिनी जहाँ भाड़ामा बस्छन् त्यहाँसमेत मान्छे पठाइयो तर पनि तिनी फेला परेनन्। त्यसपछि विश्वविद्यालयका जोइण्ट रजिस्टारले तिनलाई 48 घण्टाभित्र पासपोर्ट र भिसासहित उपस्थित हुन लिखित निर्देशन दिएका छन्। समयमा उपस्थित नभए कानूनी कारवाही गरिने पनि तिनले स्पष्ट पारेका छन्। यसैबीच शान भौमिकको नाम गेष्ट फ्याकल्टीको सूचीबाट हटाइएको छ।

उत्तर बङ्गाल समाचारमा रिपोर्ट आएपछि मङ्गलवार मास कम्युनिकेशन विभागका विभागीय प्रमुख बरुण रायलाई जाँचका लागि बोलाइएको थियो। विगत तीन वर्षमा गेष्ट फ्याकल्टी सम्बन्धी सबै कागजात माग गरियो। वित्त विभागका कागजातहरूसमेत जाँच गरिए। बरुणसित रहेका कागजातहरू कला सङ्कायका डीन महेन्द्रनाथ रायले पनि अध्ययन गरेका छन्। सबै कुरा थाहा हुँदाहुँदै पनि छात्र भिसामा आएका शान भौमिकलाई मास कम्युनिकेशन विभागीय समितिले गेष्ट फ्याकल्टीको मान्यता दिएको थियो भनेर जोइण्ट रजिस्टारले बताएका छन्। त्यति बेला कार्यवाहक रजिस्टार रहेका देवाशीष दत्तले अनुमति दिएका थिए। कागजात जाँचपछि थाहा भएको छ कि शान भौमिक अहिले विमेन स्टडिज विभागका छात्र हुन् जसले प्रशासनको थप लापरवाही उजागर गरेको छ। तर एकपछि अर्को कानून उल्लङ्घन गर्दै विदेशी छात्रलाई शिक्षक बनाइए पनि मास कम्युनिकेशन विभागीय प्रमुखको विरुद्धमा अहिलेसम्म कुनै कारवाही भएको छैन। किन कारवाही भएन भन्ने प्रश्न पनि उठिरहेको छ। जोइण्ट रजिस्टारले भने, कुनै कानूनले पनि विदेशी छात्रलाई गेष्ट फ्याकल्टी बनाउने अनुमति दिँदैन। यो सत्य हो कि शान भौमिकको नाममा वित्त विभागमा बिल प्रस्तुत भएको छ। हामीले जाँच आरम्भ गरिसकेका छौँ। विभागीय प्रमुखलाई चेताउनी दिइएको छ। तिनले लिखित स्पष्टीकरण पनि दिएका छन्। त्यसको मूल्याङ्कन गरेर कारवाही हुनेछ। शान भौमिकले भिसा र पासपोर्ट लिएर हाजिर नभए तिनलाई आगामी परीक्षामा बस्न दिइने छैन र कानूनी कारवाही गरिनेछ।

पूर्व कार्यवाहक रजिस्टार देवाशीष दत्तले तिनीविरुद्ध लागेका आरोपहरू अस्वीकार गरेका छन्। तिनले सबै दोष मास कम्युनिकेशन विभागीय प्रमुखको काँधमाथि थोपेका छन्। देवाशीषले भने, मैले गेष्ट फ्याकल्टीको नियुक्तिका लागि मात्र अनुमति दिएको थिएँ। तर कसलाई नियुक्ति दिने, तिनको योग्यता छ कि छैन वा तिनी भारतीय हुन् कि बङ्गलादेशी ती सबै हेर्ने जिम्मावारी विभागीय प्रमुखकै हो। विभागीय प्रमुखले प्रशासनलाई अन्धकारमा राखेर गैरकानूनी काम गरेका छन्। म अझै रजिस्टारको पदमा भएको भए तिनलाई शो-कज गरेर कारवाही गर्थें। विश्वविद्यालयको यो कार्यशैली सार्वजनिक हुन साथ विभिन्न तहबाट आलोचना आरम्भ भएको छ। मास कम्युनिकेशन विभागको नियुक्ति प्रक्रिया छानबिन गर्न समिति गठनको माग उठेको छ।शानलाई ‘ग्राजुएट टीचिङ्ग असिस्टेण्टको काममा लगाइएको बरुणले मङ्गलवार नयाँ कुरा बताए। तर विश्वविद्यालयमा यस्तो कुनै पद अस्तित्वमा छैन। विश्वविद्यालयका अधिकारीहरू पनि उक्त पदबारे अनभिज्ञ छन्। विश्वविद्यालयको कार्यसमितिले पनि उक्त पदलाई कुनै मान्यता दिएको छैन। त्यसैले कुन उद्देश्यले यस्तो मनगड़न्ते पद सिर्जना गरेर शान भौमिकलाई शिक्षक बनाइएको हो भन्ने कुरा बरुणले प्रस्ट्याउन सकेनन्। महेन्द्रनाथ रायले भने, कुनै पनि अन्यायसित सम्झौता गरिने छैन। हामी आवश्यक सबै कदम चाँड़ै चाल्नेछौं।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.