कामतापुर पीपल्स पार्टी (केपीपी) दार्जीलिङ जिल्ला समितिले सिलगढ़ी महकुमा शासकलाई छ बुँदे मागसहित ज्ञापनपत्र बुझायो। सङ्गठनका सदस्यहरूले उत्तर बङ्गालका आठ जिल्लाहरूका लागि छुट्टै राज्य गठन, कामतापुरी भाषाका लागि एकल एकेडेमी गठन, सिलगढ़ीमा स्कूल सेवा आयोग (एसएससी) उत्तर क्षेत्र कार्यालय स्थापना लगायत छ बुँदे माग राखेको थाहा लागेको छ। यी छ मागमध्ये चार माग राज्य सरकारलाई अनि बाँकी दुईवटा माग महकुमा शासकमार्फत केन्द्रीय गृह राज्यमन्त्रीलाई पठाइएको छ। यदि सरकारले तिनीहरूको माग स्वीकार नगरे भविष्यमा ठूलो आन्दोलनमा उत्रन तिनीहरू बाध्य हुने कामतापुर पीपल्स पार्टीका सदस्यहरूले बताए।



