Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दलालीको आरोपमा मेडिकलका कर्मचारीहरू पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

पैसाको बदलामा शीघ्र अपरेशन गरिदिने वाचा गरेर ठगी गरेको आरोपमा उत्तर बङ्गाल मेडिकल कलेजका दुईजना ग्रुप–डी कर्मचारीहरूलाई पुलिसले पक्राउ गरेको छ। मङ्गलवार अपरेशन थियेटरमा लगिएको दार्जीलिङको चोकबजारका वासिन्दा शाहरुख प्रसादलाई पछि फर्काइयो। मेडिकल कलेजको पूर्वाधारमा शाहरुखको अपरेशन सम्भव नभएको वरिष्ठ चिकित्सकले जाँच गरेर जानकारी दिए। त्यसपछि अस्पतालका केही चौथो श्रेणीका कर्मचारी र दलालसित रोगीको परिवारको भीषण विवाद भयो। अस्पतालका दुई कर्मचारीहरूले पैसाको बदलामा अपरेशन गरिदिने वाचा गरेका त्यसै बेला थाहा लाग्यो। पुलिसले राति नै राज मलिक र विजय मलिक नामका दुई कर्मचारीलाई पक्राउ गर्योत।

पक्राउ परेकाहरूलाई बुधवार सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गर्दा न्यायाधीशले दुवैलाई 14 दिनको न्यायिक हिरासतको आदेश दिए। सिलगढ़ी पुलिस कमिश्नरेटका डीसीपी राकेश सिंहले भने, आरोपको आधारमा पुलिसले दुवैलाई पक्राउ गरेको हो। घटनाको जाँच भइरहेको छ।’किडनीको समस्या लिएर दुई महीनादेखि उत्तर बङ्गाल मेडिकल कलेजको वहिर्विभागमा उपचार गराइरहेका थिए 22 वर्षीय शाहरुखले। यसै क्रममा तिनको परिचय अस्पतालका चौथो श्रेणीका कर्मचारी राज र विजयसित भयो। आरोपअनुसार, राज र विजयले शीघ्र अपरेशन गराइदिने भन्दै 40 हजार रुपियाँ माग गरे। दार्जीलिङ–सिलगढ़ी आवतजावतको समस्या र शारीरिक पीड़ाको कुरा सोचेर रोगीको परिवार पैसा दिन तयार भयो। त्यसअनुसार 28 हजार रुपियाँ दिइयो।
राजले कागजपत्र मिलाएर मितिसमेत तोकेर मङ्गलवार शाहरुखलाई अपरेशन थियेटरमा लगे। त्यहाँ उपस्थित वरिष्ठ चिकित्सकले रिपोर्ट हेरेर बुझे यो अपरेशन उत्तर बङ्गाल मेडिकलमा सम्भव छैन। त्यसैले शाहरुखलाई ओटीबाट फर्काइयो। अस्पताल परिसरमा रहेका राज र विजयलाई रोगीको परिवारले सोधपुछ गर्दा झगड़ा आरम्भ भयो। त्यसपछि रोगीको परिवारले मेडिकल कलेज प्रशासन र पुलिससमक्ष उजुरी गर्यो्। मेडिकल कलेजभित्र दलालराज कसरी चलिरहेको छ? भन्ने अब प्रश्न उठेको छ। रिपोर्ट हेरेपछि पनि आउटडोरमा रहेका चिकित्सकले कसरी प्रेसक्रिप्सनमा अपरेशनको कुरा लेखे? मेडिकल कलेजका अतिरिक्त सुपरिण्टेण्डेण्ट नन्दन बन्दोपाध्यायले भने, आरोपको आधारमा कारवाही गरिएको छ। घटनामा अरू कोही संलग्न छ कि छैन भनेर जाँच गरिनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.