Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मेडिकल कलेजको होस्टेलमा कब्जा राजको आरोप

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सरकारी जमीन कब्जा गरेर पार्टी कार्यालय, नाला मिचेर बनाइएका बहुतल्ले भवन, नाला पुरेर बनाइएका पसल घर आदि सबै ठाउँमा अतिक्रमण चलिरहेको छ। उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालका होस्टेलका भवनहरू पनि अपवाद होइनन्। यहाँ हाउस स्टाफका लागि छुट्टै होस्टेल छ। तर पनि तिनीहरूकै एक हिस्सा विभिन्न होस्टेलका कोठा कब्जा गरेर मज्जाले बसिरहेका आरोप छ। पोस्ट ग्र्याजुएट ट्रेनी, जेनरल ड्युटी मेडिकल अफिसर पदमा कार्यरत अनेक पूर्व विद्यार्थीले अझै होस्टेल छाड़ेका छैनन्। ती सिनियरहरूको हातबाट नयाँ विद्यार्थीहरू प्रायः अपमानित हुनुपर्ने पनि बताइन्छ।
कलेज प्रशासनका ठूलाहरूले यस विषयमा सबै जान्दाजान्दै मौन रहेका आरोप छ। बरु सत्तारूढ़ दलसित नजिक रहेका आरोपीहरूलाई केही व्यक्तिहरूले अझ प्रोत्साहन दिइरहेका छन्। होस्टेलमा बस्नका लागि तिनीहरूलाई सहजै अवसर उपलब्ध गराइन्छ। तर जसविरुद्ध र्याथगिङ र थ्रिएट कल्चरमा संलग्न भएको गम्भीर आरोप छ ती व्यक्तिहरूले यी होस्टेलहरूमा बस्नु नपाउनुपर्ने हो। यस विषयमा मेडिकल कलेजका कार्यवाहक प्राचार्य डा. सञ्जय मलिकले भने, अतीतमा यस्ता कुरा यहाँ हुन्थे। धेरै पुराना विद्यार्थीले जागिर पाए पनि होस्टेल कब्जा गरेर राखेका थिए। हामीले पुलिसको सहयोगमा धेरै कोठाको ताला फोड़ेर विद्यार्थीहरूलाई बस्ने व्यवस्था गरेका हौँ। अहिले कसैले अवैध रूपमा होस्टेल कब्जा गरेर बसेको जानकारी छैन। जाँच गर्नेछौँ। ठोस प्रमाण पाइए कारवाही अवश्य गरिनेछ।
उत्तर बङ्गाल मेडिकल कलेजमा विभिन्न वर्षका मेडिकल विद्यार्थीहरूका लागि छुट्टाछुट्टै होस्टेल छ। यदि कोठा सही रूपमा वितरण गरिए कसैलाई समस्या हुने छैन। तर प्रत्येक वर्ष एमबीबीएसमा भर्ना भएपछि विद्यार्थीहरूलाई भीड़भाड़मा बस्नुपर्ने गुनासो आउँछ। कतिपयले त लामो समयसम्म कोठा पनि नपाउने बताइन्छ। यहाँ हाउस स्टाफका लागि 70 वटा पद छन्। तिनीहरूका लागि आपतकालीन विभागको ठीक विपरीत दिशामा छुट्टै होस्टेल निर्माण गरिएको छ। तर एक दुईजना बाहेक सबै हाउस स्टाफहरूले विद्यार्थीहरूको होस्टेल कब्जा गरेका आरोप छ। एक–दुई महीना होइन वर्षौंसम्म यस्तै अवस्था जारी छ। विद्यार्थीहरू खुलेर बताउन डराउँछन्। सिनियरहरूसितै अहिले सरकारी अस्पतालमा कार्यरत यस कलेजका केही पूर्व विद्यार्थी अझै पनि कोठा कब्जा गरेर बसिरहेका धेरैको भनाइ छ। होस्टेल सुपरदेखि कलेज प्रशासनका लगभग सबैलाई यसबारे थाहा छ, तर कुनै कदम चालिँदैन। ती सिनियरहरू अर्थात् हाउस स्टाफका केही सदस्यहरूले पहिलो र दोस्रो वर्षका मेडिकल विद्यार्थीहरूलाई नियमित धम्की दिन्छन्। होस्टेलका कोठामा वा मल्टिपर्पस हलमा बोलाएर र्या गिङ गर्छन्। आरोपीहरूलाई त्यहाँबाट हटाइए मेडिकल कलेजको बिग्रिएको संस्कृति धेरै सुध्रिनेछ र अध्ययनका लागि स्वस्थ वातावरण पुनः फर्किने विश्वास विद्यार्थीहरूले गरेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.