Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बोर्ड बैठकबाटै मेयर परिषद सदस्य निष्कासित

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सिलगढ़ी नगर निगमको बोर्ड बैठकमा शासक दलभित्रै अभूतपूर्व विवाद देखा परेको छ। आज भवन भत्काउने विषयमा प्रश्न गर्न खोज्दा मेयर परिषदका सदस्य तथा सिलगढ़ी नगर निगमको वार्ड नम्बर 46 का काउन्सिलर दिलीप बर्मनलाई धम्क्याएर बैठकबाट निकालिदिएको आरोप छ। यद्यपि दिलीप बर्मनले पनि त्यसको विरोध गर्दै चेताउनी दिएका छन्।
घटनाको आरम्भ दिलीप बर्मनको वार्डमा एक अवैध भवन भत्काउने विषयबारे भएको हो। हिजो उक्त भवन भत्काउने कार्य आरम्भ भए पनि निगमबाट कुनै काउन्सिलरको फोन गएपछि काम रोकिएको आरोप दिलीप बर्मनले लगाएका छन्। यसै विषयमा आजको बोर्ड बैठकमा प्रश्न गर्न गएका थिए तिनी। तर तिनलाई प्रश्न गर्न नै नदिइएको तिनले आरोप लगाए। अध्यक्ष, मेयर, उपमेयर र तृणमूल काउन्सिलरहरूको एक हिस्साले तिनलाई रोक्दै बैठकबाट बाहिर जान भने। त्यसपछि दिलीप बर्मन बैठकबाट बाहिरिए।
बाहिर आएर पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, यी व्यक्तिहरूले फेरि कसरी चुनाउ जित्छन्, म हेर्छु। तिनले आफ्नो वार्डका स्थानीय वासिन्दाहरूलाई साथमा लिएर नगर निगम घेराउ गर्ने चेताउनी पनि दिए। आफू राजवंशी समुदायको भएकाले यस्तो व्यवहार गरिएको आरोप पनि तिनले लगाए। यद्यपि दिलीप बर्मनको चेताउनीबारे मेयर गौतम देवले कुनै टिप्पणी गर्न चाहेनन्। देवले भने, म यस विषयबारे पार्टीलाई जानकारी दिनेछु। पार्टीले जे निर्णय लिनेछ त्यो हुनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.