Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एम्बुलेन्स–ट्रेलरको ठक्करमा भीषण आगलागी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

ठोक्किएपछि एम्बुलेन्स अनि ट्रेलर हुरुरु जले। 27 नम्बर राष्ट्रिय राजमार्गको मोहितनगर ओभरब्रिजनजिक जलपाइगढ़ीबाट सिलगढ़ी आउँदै गरेको एम्बुलेन्स अनि ट्रेलर मुखामुखी ठोक्किए। त्यसपछि आगलागी हुँदा राष्ट्रिय राजमार्ग स्तब्ध भयो। घटनाको खबर पाएपछि दमकल र पुलिस अधिकारीहरू घटनास्थलमा पुगे। यद्यपि यस घटनामा कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन।
बुधवार अबेर राति एउटा एम्बुलेन्स सर्भिस रोडबाट 27 नम्बर राष्ट्रिय राजमार्गको चार लेन सड़कमा चढ्न लाग्दा ट्रेलरसित मुखामुखी ठोक्कियो। ट्रेलर सिलगढ़ीबाट असमतर्फ जाँदै थियो। अचानक तीव्र गतिमा आइरहेको ट्रकको अगाड़ि एम्बुलेन्स परेकाले ट्रेलरले कुनै पनि स्थितिमा गति नियन्त्रण गर्न सकेन। ठोक्किएपछि एम्बुलेन्स र ट्रेलरमा आगो लाग्यो र केही क्षणमै आगो तीव्र रूपमा फैलियो। खबर पाएपछि जलपाइगढ़ी कोतवाली थानाको पुलिस र दमकलको एउटा इञ्जिन घटनास्थलमा आइपुगे। तर दुवै वाहन दुई दिशातर्फ उछिट्टिएको कारण आगो नियन्त्रणमा ल्याउन दमकलकर्मीहरूलाई निकै कठिनाइ भयो।
पुलिसको अनुमानअनुसार एम्बुलेन्स गलत दिशाबाट आएको कारण दुर्घटना भएको हो। घटनापछि एम्बुलेन्स चालकले सुइँकुच्चा ठोकेका छन्। पुलिस अधिकारी कमल दासले भने, ट्रेलर सिलगढ़ीदेखि आइरहेको थियो। एम्बुलेन्स उल्टो दिशाबाट आएकाले मुखामुखी ठोक्किएको हो। एम्बुलेन्स र ट्रेलरमा आगलागी भएको थियो। कुनै पनि वाहन चालकलाई पक्राउ गर्न सकिएको छैन। हाल स्थिति सामान्य छ। दमकलकर्मीहरूले आगो निभाएका छन्।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.