सुन्दर वन ड्रिम भारत सरकारद्वारा आइतवार मिरिक महकुमाअन्तर्गत मञ्जु चियाबारीको गैरी गाउँ सार्वजनिक भवनमा एक दिवसीय सेमिनार सम्पन्न भएको छ। सुन्दर वन ड्रिम अफ भारत सरकारका कार्यक्रम निर्देशक जी मुस्तफाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सेमिनारमा सुन्दर वन ड्रिम बुङकुलुङ बस्तीका को-अर्डिनेटर एन. बी. लिम्बू, मञ्जु जोनल कमिटीका को-अर्डिनेटर किरण रसाइली, पी. एल. रसाइली र दिलीप खातीको पनि उपस्थिति रहेको थियो। स्थानीय मञ्जु चियाबारी तथा सौरेनी बस्तीका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको सेमिनारमा सुन्दर वन ड्रिम अफ भारत सरकारका कार्यक्रम निर्देशक शजी. मुस्तफाले यस क्षेत्रमा गर्न सकिने उद्योग धन्दाहरू जस्तै बाख्रा पालन लगायत अन्य पशु पालन सम्बन्धी विस्तृत जानकारी प्रदान गरे।



