Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

कोचबिहारमा ममता ब्यानर्जीको प्रशासनिक बैठक

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

दुई दिने भ्रमणअन्तर्गत सोमवार मुख्यमन्त्री ममता ब्यानर्जी कोचबिहार पुगिन्। एबीएन शिल कलेज मैदानमा तिनको हेलिकप्टर अवतरण गऱ्यो। त्यहाँबाट पैदल तिनी रवीन्द्र भवन पुगिन्। प्रशासनिक बैठक आरम्भ भइसकेको छ। मुख्यमन्त्रीले उत्तर बङ्गालका आठ जिल्लाका 261 वटा परियोजनाको उद्घाटन गरिन्। यसका लागि 744 करोड़ रुपियाँ खर्च भएको छ। मञ्चबाट तिनले रूपश्री, स्वास्थ्य साथी लगायतका लाभार्थीहरूलाई सेवाहरू हस्तान्तरण गरिन्। मुख्यमन्त्रीको दुई दिने कोचबिहार भ्रमणलाई केन्द्रित गर्दै कठोर सुरक्षा व्यवस्था गरिएको छ। प्रशासनिक बैठकपछि तिनी आज साँझ सर्किट हाउसमा बास बस्नेछिन्। सूत्रहरूअनुसार राति तिनले पार्टी नेतृत्वसित बैठक गर्न सक्छन्।
मङ्गलवार बिहान ममता ब्यानर्जीले मदनमोहन मन्दिरमा पूजा गर्न सक्छन्। त्यसपछि राति रासमेलामा जनसभा हुनेछ। त्यहाँ तिनले आफ्ना धारणा सार्वजनिक रूपमा प्रस्तुत गर्नेछिन्। तृणमूलका जिल्ला अध्यक्ष अभिजीत डे भौमिकले भने, कोचबिहारका लाखौँ जनता मुख्यमन्त्री ममता ब्यानर्जीको भाषण सुन्न आतुरतापूर्वक प्रतीक्षा गरिरहेका छन्।
2026 मा राज्यमा विधानसभाको चुनाउ हुनेछ। हाल राज्यभरि एसआईआर प्रक्रिया चलिरहेको छ। यस्तो परिस्थितिमा तिनको यो भ्रमण निकै महत्त्वपूर्ण मानिएको छ। यसअघि तिनले बनगाउँ, त्यसपछि मालदा र मुर्शिदाबादमा सभा गरिसकेकी छन्। अब तिनी दुई दिने भ्रमणमा कोचबिहार आएकी छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.