Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सड़क मरम्मती हुने खबरले स्थानीयमा खुशी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मिरिक बस्ती अनि मरमा वासिन्दाहरूले लामो समयदेखि यातायातमा भोग्दै आइरहेका समस्या समधान हुने भएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमार्फत मिरिक बजार बौद्धी गोलाईदेखि मिरिक बस्ती हुँदै मरमासम्म पुगेको सड़कको मरमती हुने भएको छ। बुधवार जीटीए प्रमुख अनित थापाले मरम्मती कार्यको शिलान्यास गरेका छन।

सड़क मरम्मती कार्यको शिलान्यासपछि मिरिक बस्ती अनि मरमाका वासिन्दाहरूले हर्ष प्रकट गर्दै सड़क मरम्मती कार्य शीघ्र समाप्त भए सबैलाई यातायातमा सुविधा हुने बताए। मिरिक महकुमाभरि नै अत्यधिक जैविक सागसब्जी अनि सुन्तला उत्पादन हुने ठाउँ मिरिक बस्ती अनि मरमामा सड़क जीर्ण बनेपछि कृषकहरूलाई धेरै समस्या भइरहेको छ।
उत्पादन गरिएका साग-सब्जीहरू बिक्री गर्न कठिन भइरहेको समय सड़क मरम्मती हुने खबरले कृषकहरूमा पनि खुशी बढ़ेको स्थानीय कृषक देवीराम लिम्बूले बताए। सड़क जीर्ण भएपछि साग-सब्जी बोक्ने वाहनहरू धेरैचोटि दुर्घटनामा परेका तिनले बताए। यता सडक मरम्मती हुने खबरले क्षेत्रका विद्यार्थी अनि अभिभावकहरूले पनि राहत अनुभव गरिरहेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.