# Hamro Projashakti > Latest Updates ## Posts - [प्रार्थी सूची घोषणा अगावै अमलको ब्यानर](https://hamroprajashakti.co.in/amals-banner-before-the-announcement-of-the-candidate-list/): कङ्ग्रेसको प्रार्थी सूची अझै घोषणा भएको छैन। त्यसअघि नै इटाहरका अमल आचार्यले कङ्ग्रेसको प्रार्थीको रूपमा ब्यानर टाँसेका छन्। खबर पाएपछि चुनाउ आयोगले त्यो ब्यानर हटाएको छ। आयोगका सदस्यहरूको दाबीअनुसार प्रार्थी घोषणा हुनअघि नै ब्यानर टाँसिएको भन्ने उजुरी आएपछि त्यो हटाइएको हो। तर यसको पछाड़ि कङ्ग्रेस नेतृत्वले तृणमूललाई जिम्मावार ठहराएका छन्।कङ्ग्रेसको प्रार्थी सूची घोषणा नभए पनि इटाहर विधानसभा क्षेत्रमा कङ्ग्रेसको प्रार्थीको रूपमा अमल आचार्यको नाममा इटाहर शहरका केही घरको छतमा ठूलो ब्यानर टाँसिएको थियो। बिहीवार इटाहर चौरास्ता मोड़नजिक क्षेत्रमा दुईवटा पोष्टर आयोगका सदस्यहरूले हटाए। पार्टीको रूपमा प्रार्थीको नाम घोषणा हुनअघि नै पोस्टर टाँसिएको उजुरी आयोगको पोर्टलमा आएको आयोगका सदस्यहरूको दाबी छ। […] - [मेयरको परिचय नै गौतम देवलाई बाधा!](https://hamroprajashakti.co.in/the-mayors-identity-is-an-obstacle-for-gautam-dev/): तिनी सिलगढ़ी केन्द्रका तृणमूलका उम्मेद्वार हुन्। तर चुनाउ मैदानमा तिनका सबैभन्दा ठूलो शत्रु सायद मेयरको परिचय नै बनेको छ। बिहीवार शहरको 21 नम्बर वार्डमा चुनाउ प्रचारका लागि निस्किएका सिलगढ़ीका तृणमूल उम्मेद्वार गौतम देवलाई सड़कमा सर्वसाधारणसित भेट्नेबित्तिकै सिलगढ़ीको नगरपालिका सम्बन्धी समस्याहरूले पछ्याउन थाल्यो। सो वार्डको दासपाड़ामा तृणमूल उम्मेद्वारलाई देख्दै 60 वर्ष नाघेकी कल्याणी घोषले भनिन्, तपाईँ त सिलगढ़ीका मेयर हुनुहुन्छ। म किन वृद्धभत्ता पाउँदिनँ?’ असहज बनेका मेयरले आश्वासन दिँदै भने, तपाईँले पनि पाउनुहुन्छ।त्यसपछि आफ्ना सहयोगीहरूलाई निर्देशन दिँदै तिनले भने, उहाँको नाम र फोन नम्बर टिप। फेरि तीन वर्षदेखि निरन्तर आवेदन गर्दा पनि आफूले लक्ष्मी भण्डार सुविधा पाएकी छैनन् भनेर अर्की एक […] - [उत्तरमा अधिक वर्षा, आज पनि दक्षिण बङ्गालमा आँधी–पानीको सम्भावना](https://hamroprajashakti.co.in/more-rain-in-the-north-possibility-of-thunderstorms-in-south-bengal-today-too/): राज्यभरि चट्याङसहित आँधीको प्रवृत्ति बढ़िरहेको छ। दक्षिण गङ्गीय पश्चिम बङ्गाल तथा छेउछाउको उत्तर उड़िस्सामाथि वायुमण्डलको माथिल्लो तहमा एक घूर्णावर्त बनेको छ जुन समुद्र सतहबाट लगभग 1.5 किलोमिटरसम्म फैलिएको छ। साथै अनुकूल हावाको बहाउ र बङ्गालको खाड़ीबाट प्रशस्त जलवाष्प प्रवेश गरिरहेको कारण राज्यका विभिन्न जिल्लामा चट्याङसहित वर्षाको सम्भावना बढ़ेको छ। अलिपुर मौसम कार्यालयको पूर्वानुमानअनुसार आगामी केही दिनमा धेरै जिल्लामा चट्याङसहित आँधी-बेह्रीको प्रभाव देखिन सक्छ। बिहीवार व्यापक आँधीका कारण मुख्यमन्त्रीको विमान अवतरणमा समस्या उत्पन्न भएको थियो। मौसमविद्हरूअनुसार यो हावा-हुरीको स्थिति आगामी केही दिन बङ्गालको मौसममा जारी रहनेछ। आँधी–वर्षाको प्रभावले बङ्गालभरि मौसम शुष्क भए पनि असह्य गर्मीको अवस्था भने बनेको छैन।यस महीनाको अन्तिम […] - [लगातार वृष्टिले उत्तर सिक्किममा पैह्रो](https://hamroprajashakti.co.in/continuous-rains-wreak-havoc-in-north-sikkim/): लगातार वर्षाका कारण उत्तर सिक्किममा भयानक पैह्रो गएको छ। यसको परिणाम स्वरूप धेरै पर्यटकहरू अलपत्र परेका छन्। मङ्गलवार साँझतिर चुङथाङदेखि लाचेन जाने सड़कका विभिन्न स्थानमा पैह्रो गएको थियो। यसकारण बाटोमै कम्तीमा दुई सय पर्यटकहरू फँसेका थिए। तिनीहरूलाई उद्धार गरेर स्थानीय एउटा गुरुद्वारा र इण्डो-टिबेटियन बोर्डर पुलिस (आईटीबीपी) को क्याम्पमा ल्याइएको थियो। त्यहाँ तिनीहरूले रात बिताए। बुधवार बिहानदेखि पैह्रो हटाउने काम तीव्र रूपमा आरम्भ गरियो। सिक्किम प्रशासन सूत्रअनुसार सो दिन साँझसम्म केही अलपत्र पर्यटकलाई लाचुङ पठाउन सम्भव भए पनि धेरैलाई गान्तोक फर्काइयो।यता उत्तर सिक्किममा अझै लगातार वर्षा भइरहेको छ। त्यसकारण लाचुङ र लाचेन क्षेत्रमा फेरि नयाँ पैह्रो जाने जोखिम विभिन्न स्थानमा […] - [पुनः पत्र दिने न्यायालयको स्वप्न बर्मनलाई निर्देशन](https://hamroprajashakti.co.in/court-directs-swapan-barman-to-resubmit-letter/): रेलको जागिरबाट औपचारिक रूपमा अवकाश नलिई एशियाडमा स्वर्ण पदक जितेकी स्वप्ना बर्मन राजनीतिक दलमा सहभागी भएकी छन्। तिनलाई राजगञ्ज क्षेत्रमा अल इण्डिया तृणमूल कङ्ग्रेसले उम्मेद्वार बनाएको छ। उम्मेद्वार बनेपछि स्वप्नाले प्रचार पनि आरम्भ गरिसकेकी छन्। तर तिनको चुनाउमा प्रतिस्पर्धा गर्ने विषयमा उत्पन्न भएको जटिलता अहिलेसम्म हटेको छैन। आफ्नै गल्ती स्वीकार गर्दै रेललाई पुनः पत्र दिन स्वप्ना बर्मनलाई न्यायालयले निर्देशन दिएको छ। 2018 मा एशियाडमा स्वर्ण पदक जितेकी स्वप्नाले त्यसपछि 7 जनवरी 2020 मा उत्तर–पूर्व सीमावर्ती रेलको अलिपुरद्वार डिभिजनमा स्टाफ एण्ड वेलफेयर इन्स्पेक्टरको रूपमा जागिर आरम्भ गरेकी थिइन्। गएको महीना तिनी तृणमूल कङ्ग्रेस मा सामेल भइन्। जागिरबाट राजीनामा नदिई तिनी राजनीतिक […] - [जटिलताले सिंह सफारीमा बाधा](https://hamroprajashakti.co.in/complexity-hampers-lion-safari/): बाघ, भालु, गैँड़ा लगायत विभिन्न जनावरहरू हेर्ने रोमाञ्च लिन वर्षभरि पर्यटकहरू बेङ्गल सफारीमा आउँछन्। तर केही महीनादेखि पर्यटकहरूको मुख्य आकर्षण प्रस्तावित सिंह सफारी हो। तर सिंह हेर्ने पर्यटकहरूको त्यो इच्छा अहिले प्रशासनिक जटिलताले पूरा हुन सकेको छैन। यस अवस्थामा बेङ्गल सफारीमा सिंह सफारी कहिले आरम्भ होला भन्ने प्रश्न अहिले पार्कमा आउने पर्यटकहरूको मुखमै झुण्डिएको छ। बेङ्गल सफारीमा सिंह सफारी प्रमुख आकर्षण हुने पर्यटकहरूको रुचिबाटै बुझ्न सकिन्छ। तर सिंहको गर्जन सुन्न नपाएर पर्यटकहरू निराश हुँदै फर्किनु परिरहेको छ।पार्कमा सिंह सफारीका लागि आवश्यक पूर्वाधार तयार भइसके पनि केन्द्रीय चिड़ियाखाना प्राधिकरणबाट अन्तिम स्वीकृति नआउँदा अहिले नै यसलाई आरम्भ गर्न नसकिने जानकारी सम्बन्धित निकायले […] - [भाजपाको बङ्गाल विभाजनको योजना रहेको ममताको आरोप](https://hamroprajashakti.co.in/mamata-alleges-bjp-has-a-plan-to-divide-bengal/): जलपाइगढ़ीको मैनागुड़ीबाट चुनाउ प्रचार सभा आरम्भ गरिन् मुख्यमन्त्री ममता ब्यानर्जीले। बुधवार यस सभाबाट दिल्लीको भाजपा सरकार र चुनाउ आयोगमाथि प्रहार गरिन् मुख्यमन्त्रीले। मध्य रातमा सप्लिमेण्टरी सूची प्रकाशित गरिएको विषयलाई मध्य रातको ताण्डव भनेर व्यङ्ग्य गरिन् ममता ब्यानर्जीले। जसरी मतदान तालिका घोषणा गरिएको रात राज्यका मुख्य सचिव नन्दिनी चक्रवर्ती र गृहसचिव जगदीशप्रसाद मीनालाई हटाइएको विषयमा तिनले पहिले पनि प्रहार गरेकी थिइन्। साथै असमको प्रसङ्ग उठाउँदै तिनले आफ्ना प्रत्येक उम्मेद्वारलाई सचेत गराइन्।ममता ब्यानर्जीले भनिन्, मध्य रातमा स्वतन्त्रता आएको थियो, त्यसमा हामी गर्व गर्छौँ। आज ती सबै बिर्सिएर लोकतन्त्रलाई मानिँदैन, मताधिकार खोसिँदैछ। मध्य रातमा ताण्डव चलाउँछ भाजपाले। भोलि भन्नेछ एनआरसी गर्नेछौँ, डिटेन्सन क्याम्प […] - [उत्तर उत्तर सिक्किममा भीषण पैह्रो](https://hamroprajashakti.co.in/severe-thunderstorms-in-north-sikkim/): पहाड़को काखमा वसन्तको बिदा बिताउन गएका पर्यटकहरू गम्भीर समस्यामा परेका छन्। उत्तर सिक्किममा अत्यधिक वर्षाका कारण विभिन्न स्थानमा भीषण पैह्रो गएको छ। पैह्रोको कारण सड़क अवरुद्ध हुँदा मङ्गलबार रातिदेखि नै चुङथाङ क्षेत्रमा लगभग 200 पर्यटकहरू अलपत्र परे। बुधवार बिहानदेखि प्रशासनले स्थितिको मूल्याङ्कन गर्दै उद्धार कार्य आरम्भ गरेको छ।मङ्गलवार राति अत्यधिक वर्षाका कारण चुङथाङ–लाचेन जोड्ने महत्व् पूर्ण सड़कका विभिन्न स्थानमा पैह्रो गएको मङ्गनका जिल्ला अधिकारी अनन्त जैनले जानकारी दिए। त्यसले गर्दा लाचेनतर्फ जाँदै गरेका पर्यटकका सवारी साधनबीच बाटोमै रोकिएका छन्। पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै तिनीहरूलाई राति चुङथाङस्थित एउटा इण्डो-टिबेटन बोर्डर पुलिस क्याम्प र स्थानीय गुरुद्वारामा बस्ने व्यवस्था गरिएको छ। प्रशासनका तर्फबाट […] - [अलिपुरद्वारका दुर्गम मतदान केन्द्रमा वेब कास्टिङबारे बैठक](https://hamroprajashakti.co.in/meeting-on-webcasting-at-remote-polling-station-in-alipurduar/): यसपल्ट विधानसभाको चुनाउमा प्रत्येक वेब कास्टिङ राज्यका सबै मतदान केन्द्रमा अनिवार्य गरिएको छ। तर अलिपुरद्वार जिल्लाका कुमारग्राम, कालचिनी र मदारीहाट विधानसभा क्षेत्रमा यस्ता धेरै मतदान केन्द्रहरू छन् जहाँ अहिलेसम्म इण्टरनेट त परको कुरा सामान्य मोबाइल नेटवर्कसमेत उपलब्ध छैन। यो विषय ध्यानमा आएपछि अलिपुरद्वार जिल्ला प्रशासन सक्रिय भएको छ।यसअघि नै नेटवर्क नपुगेका क्षेत्रमा रहेका जिल्लाका कम्तीमा 53 वटा दुर्गम मतदान केन्द्र पहिचान गरिएको छ। चुनाउको दिन ती केन्द्रहरूमा मोबाइल र इण्टरनेट सेवा उपलब्ध गराउन अलिपुरद्वार जिल्ला अधिकारी मयुरी भासुले डुवर्सकन्या भवनमा विभिन्न मोबाइल नेटवर्क सेवा प्रदायकहरूसित बैठक गरेकी छन्। बैठकमा सम्बन्धित सेवा प्रदायकहरूलाई आगामी दुई दिनभित्र पूर्ण प्रतिवेदन तयार गरी फेरि […] - [आज उत्तर बङ्गालबाट भाजपा हटाओ अभियान आरम्भ](https://hamroprajashakti.co.in/remove-bjp-campaign-begins-from-north-bengal-today/): यसपल्ट उत्तर बङ्गालमा मौसम परिवर्तन निकै स्पष्ट देखिएको छ। असमयमै समतल क्षेत्रमा लगातार वर्षा भइरहेको छ भने पहाड़को चुचुरो सन्दकफूमा हिउँ परेको छ। भाजपाको गढ़ भनेर चिनिने जलपाइगढ़ी–अलिपुरद्वारको राजनीतिक वातावरण पनि परिवर्तन हुँदै गइरहेको छ। उम्मेद्वारबारे असन्तोषका कारण मैनागुड़ीमा भाजपा पार्टीको जिल्ला कार्यालयमा ताला झुण्डिएको छ। घोषणा गरिएका उम्मेद्वार प्रचारमा निस्किएका छैनन्। दल परिवर्तन गरेर आएका बाहिरी व्यक्तिलाई उम्मेद्वार बनाएको विषटले मालबजारमा पार्टी कार्यालय तोड़फोड़पछि आगजनी गर्ने प्रयाससमेत गरिएको छ। उम्मेद्वार देखिएको छैन नगरकट्टामा कार्यकर्ता–समर्थकहरूको असन्तोष कम्ती हुनुको साटो अझ बढ्दै गइरहेको छ। पार्टीभित्र यस्तो गर्मिएको राजनीतिक वातावरणलाई शान्त पार्न आइतवार सिलगढ़ीमा भाजपा नेता सुनील वंशाल र केन्द्रीय मन्त्री भूपेन्द्र […] - [भाजपा दलिभित्र फाटो](https://hamroprajashakti.co.in/split-within-the-bjp-party/): चुनाउको मुखैमा पार्टीभित्र असन्तोष यसपल्ट सार्वजनिक भएको छ। भाजपाका विक्षुब्ध कार्यकर्ताहरू भारतीय सनातन हिन्दू मञ्चको छातामुनि आएर विधानसभाको चुनाउका लागि उम्मेद्वार घोषणा गरेका छन्। पूर्व जिल्ला सह–सभापति आलोक चक्रवर्तीको नेतृत्वमा सिलगढ़ी, डाबग्राम–फूलबारी र जलपाइगढ़ी सदर यी तीन आसनमा उम्मेद्वारको नाम घोषणा गरिएको छ। आगामी दिन अझ 29 वटा आसनमा पनि उम्मेद्वार घोषणा गरिने विक्षुब्धहरूले बताएका छन्।जलपाइगढ़ी प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै आलोक चक्रवर्तीले भने, हिन्दू समाज र राष्ट्रको हितका लागि हामीले राज्यका 32 आसनमा उम्मेद्वार दिने लक्ष्य लिएका छौँ। अहिलेका लागि उत्तर बङ्गालका तीन क्षेत्रमा उम्मेद्वार घोषणा गरिएको हो। तिनीअनुसार सिलगढ़ीमा तरुण तालापात्र, डाबग्राम–फूलबारीमा आलोक सेन र जलपाइगढ़ी सदरमा उम्मेद्वार […] - [जनसम्पर्क प्रतिस्पर्धामा स्कूटरम्यान बनाम मिटिङम्यान](https://hamroprajashakti.co.in/scooterman-vs-meetingman-in-a-public-relations-competition/): स्कूटरम्यान बनाम मिटिङम्यान! पहिलो व्यक्ति सिलगढ़ीका विधायक तथा भाजपा उम्मेद्वार शङ्कर घोष हुन्। दोस्रो व्यक्ति सिलगढ़ीका मेयर गौतम देव तृणमूल कङ्ग्रेसका उम्मेद्वार। मतदानको लड़ाईँमा कोही कसैलाई एक इञ्ज जमीन छोड्न तयार छैनन्। प्रचारमा दुवैले एकार्कालाई कठोर टक्कर दिइरहेका छन्। यसपल्ट जनताको फसेला तिनीहरूको पक्षमा आउने दुवैको अपेक्षा छ। स्थानीय राजनीतिमा यसै विषयमा चर्चा चलिरहेको छ। राज्यका प्रमुख ध्यानाकर्षण गर्ने विधानसभा क्षेत्रमध्ये एक हो सिलगढ़ी। यहाँका विधायक शङ्कर यसपल्ट पनि भाजपाका उम्मेद्वार हुन्। शहरको 24 नम्बर वार्डमा तिनको घर छ। पाँच वर्षमा तिनले केही उपाधि पाएका छन्। तीमध्ये स्कूटरम्यान प्रमुख हो। तिनी शहरमा विलासी गाड़ी प्रयोग नगरी प्रायः स्कूटरमै घुम्ने गर्छन्। […] - [बारलाको पार्टी त्यागपछि ब्लकमा नयाँ पार्टी कार्यालय खोल्न असफल भाजपा](https://hamroprajashakti.co.in/bjp-fails-to-open-new-party-office-in-block-after-barla-quits-party/): उम्मेद्वार घोषणा भइसके पनि बानरहाट सदरमा अहिलेसम्म पनि भाजपाले चुनाउ कार्यालय खोल्न सकेको छैन। त्यति मात्र होइन बानरहाट ब्लकमा दलको स्थायी पार्टी कार्यालय पनि छैन। राजनीतिक दलहरूका लागि बानरहाट ब्लकको महत्त्व निकै रहेको छ। बानरहाट 2 र चामुर्ची ग्राम पञ्चायत नगराकट्टा विधानसभा क्षेत्रमा पर्छन्। अर्कातिर बिन्नागुड़ी र साकोयाझोड़ा 1 पञ्चायत मदारीहाट विधानसभा क्षेत्रमा पर्दछन्। साथै बानरहाट 1 तथा सालबारी 1 र 2 ग्राम पञ्चायत धूपगुड़ी विधानसभा क्षेत्रअन्तर्गत पर्छन्। त्यसैले तीनवटा विधानसभा क्षेत्रको चुनाउ समीकरणमा बानरहाटलाई महत्त्वपूर्ण सङ्गठनात्मक केन्द्रका रूपमा राजनीतिक दलहरूले हेर्छन्।यस्तो अवस्थामा क्षेत्रमा त्यस अर्थमा भाजपा शिविरको प्रचारसमेत आरम्भ हुन सकेको छैन। यस घटनाबारे राजनीतिक वृत्तमा व्यापक चर्चा आरम्भ […] - [पैह्रो रोक्न रेलको स्पेशल ड्राइभ](https://hamroprajashakti.co.in/special-train-drive-to-stop-pedestrians/): क्यालेण्डरअनुसार मनसून आउन अझै केही महीना बाँकी छ। यद्यपि दार्जीलिङ हिमालयन रेलवे प्राधिकरणले अहिले नै टोय ट्रेनको मार्गमा पैह्रोको सामना गर्न तयारी आरम्भ गरेको छ। यसका लागि रेलतर्फबाट पहिले नै प्री–मनसून स्पेशल ड्राइभ आरम्भ गरिएको छ। पैह्रो प्रवण क्षेत्रसितै सुकनादेखि दार्जीलिङसम्म लामो पहाड़ी रेल मार्गमा निगरानी गर्न 60 जना कर्मचारी खटाइएको छ। सेक्शनअनुसार दुईदेखि तीनजना कर्मचारी स्पेशल ड्राइभमा संलग्न छन्। रेल सूत्रअनुसार विगत वर्षहरूमा भएका धेरै पैह्रो घटनालाई ध्यानमा राखेर यो कदम चालिएको हो। तर पैह्रो नियन्त्रणमा यो ड्राइभ कति प्रभावकारी हुनेछ भन्ने विषय अहिले नै निश्चित रूपमा भन्न सकिँदैन। यद्यपि स्पेशल ड्राइभका क्रममा कर्मचारीबाट प्राप्त रिपोर्टको आधारमा साना–साना पैह्रो […] - [उम्मेद्वारको भान्सामा दिनभरि खाना पकाउने काम](https://hamroprajashakti.co.in/cooking-all-day-in-the-candidates-kitchen/): चुनाउ मैदानमा बिहानदेखि साँझसम्म कार्यकर्ता र समर्थकहरू खटिरहेका छन्। तिनीहरूको खानपानका लागि जलपाइगढ़ीका तृणमूल उम्मेद्वार कृष्ण दासले भान्सा सञ्चालन गरिरहेका छन्। बारोपेटियास्थित आफ्नै घरमा रहेको उक्त भान्सामा बिहानदेखि नै ठूलो कराईमा खाना पकाउन आरम्भ हुन्छ। कुर्सी-टेबल राखेर भोज चलिरहेको छ। हरेक दिन लगभग एक हजार मानिसहरूको खानपानको व्यवस्था गरिएको छ। हप्ताका प्रत्येक दिन फरक मेनु तय गरिएको छ जसमा दुई दिन शाकाहारी हुन्छ। बाँकी दिन माछा, मासु र अण्डा सबै समावेश गरिन्छ। खाना पकाउने ग्यासको अभाव भए पनि के फरक पर्छ र! धेरैवटा काठका चुल्हामा खाना पकाइँदैछ। दुईजना भान्से छन् र तिनीहरूलाई सहयोग गर्न थप चारजना सहयोगी छन्। एउटा समूहले […] - [दुर्घटनामा बालिकाको मृत्यु](https://hamroprajashakti.co.in/girl-dies-in-an-accident/): सड़क दुर्घटनामा लगभग सात वर्षीया एक बालिकाको ज्यान गएको छ। आज शुक्रवार बिहान लगभग 10.30 बजी लाभपुर थानाअन्तर्गत धनडाङ्गा गाउँमा चौहट्टा–साँइथिया सड़कको छेउमा उक्त दुर्घटना भएको हो। स्थानीय वासिन्दाहरूअनुसार आमासित सड़क पार गर्दै थिइन् बालिका। त्यसै बेला तीव्र गतिमा आएको एउटा टेम्पो गाड़ीले बालिकालाई जोड़ले ठक्कर दियो। ठक्कर लाग्ने बित्तिकै बालिका भुइँमा उछिट्इन्। गम्भीर घाइते अवस्थामा तिनलाई स्थानीय अस्पताल लगियो। तर पनि बालिकालाई बचाउन सकिएन। अस्पतालका चिकित्सकहरूले तिनलाई मृत घोषणा गरे।यस घटनाले क्षेत्रमा तीव्र तनाउ फैलिएको छ। आक्रोशित स्थानीय मानिसहरूले उक्त गाड़ीलाई नियन्त्रणमा लिएर टायर बालेर सड़क अवरुद्ध गरे। यसकारण वाहनहरूको आवागमन प्रभावित भयो। तिनीहरूले दोषीलाई कठोर दण्डको माग गरेका […] - [तृणमूल उम्मेद्वारद्वारा चुनाउ मैदानमा उत्रिनअघि मातृ आराधना](https://hamroprajashakti.co.in/trinamool-candidate-worships-mother-before-entering-the-election-fray/): राजनीतिक कठोर प्रतिस्पर्धा, प्रचारको तीव्र ताप सबैभन्दा बाहिर अचानक एउटा फरक तस्वीर देखियो। जलपाइगढ़ी क्षेत्रका तृणमूल उम्मेद्वार कृष्ण दासले चुनाउ युद्धको मैदानमा उत्रिनअघि मातृ आराधनाको बाटो रोजे।शुक्रवार बिहान बारोपेटियास्थित आफ्नै निवासमा तिनले आफ्नी आमाको पूजा गरे। तिनका 87 वर्षीया आमा इरारानी दासलाई छोराले सावधानीपूर्वक अगाड़ि ह्विलचेयरमा बसाए। त्यसपछि नयाँ गम्छा ओछ्याएर, फूल र भोगले सजाइएको आसन तयार पारेर पूजा गरे।आमाको आशीर्वाद लिएर कृष्ण दास जनताको दरबारमा प्रवेश गरे। अहिले राजनीतिक प्रतिस्पर्धा जति नै तीव्र किन नहोस् यस मातृभक्तिको तस्वीरले पहिले नै मानिसहरूको मनमा स्थान बनाइसकेको छ। - [एम्बुलेन्स–ट्रेलरको ठक्करमा भीषण आगलागी](https://hamroprajashakti.co.in/massive-fire-breaks-out-in-ambulance-trailer-collision/): ठोक्किएपछि एम्बुलेन्स अनि ट्रेलर हुरुरु जले। 27 नम्बर राष्ट्रिय राजमार्गको मोहितनगर ओभरब्रिजनजिक जलपाइगढ़ीबाट सिलगढ़ी आउँदै गरेको एम्बुलेन्स अनि ट्रेलर मुखामुखी ठोक्किए। त्यसपछि आगलागी हुँदा राष्ट्रिय राजमार्ग स्तब्ध भयो। घटनाको खबर पाएपछि दमकल र पुलिस अधिकारीहरू घटनास्थलमा पुगे। यद्यपि यस घटनामा कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन।बुधवार अबेर राति एउटा एम्बुलेन्स सर्भिस रोडबाट 27 नम्बर राष्ट्रिय राजमार्गको चार लेन सड़कमा चढ्न लाग्दा ट्रेलरसित मुखामुखी ठोक्कियो। ट्रेलर सिलगढ़ीबाट असमतर्फ जाँदै थियो। अचानक तीव्र गतिमा आइरहेको ट्रकको अगाड़ि एम्बुलेन्स परेकाले ट्रेलरले कुनै पनि स्थितिमा गति नियन्त्रण गर्न सकेन। ठोक्किएपछि एम्बुलेन्स र ट्रेलरमा आगो लाग्यो र केही क्षणमै आगो तीव्र रूपमा फैलियो। खबर […] - [आमाको हत्या घटनाको पुनर्निर्माण](https://hamroprajashakti.co.in/reconstruction-of-the-maternal-murder-incident/): एउटै समयमा श्राद्ध र हत्या घटनाको पुनर्निर्माण। एकातिर घरको आँगनमा सानो छोराले आमाको श्राद्ध कर्म गर्दै थिए। आफन्तहरू पनि उपस्थित थिए। त्यसै समयमा कालो कपड़ाले अनुहार ढाकिएको र हातकड़ी लगाइएको अवस्थामा पुलिसको घेराबन्दीमा आमाको हत्या आरोपमा पक्राउ परेका जेठो छोरा घरभित्र प्रवेश गरे। घटनाको पुनर्निर्माणका लागि आरोपीलाई आफ्नै घरमा ल्याइएको थियो। गएको आइतवार राति मैनागुड़ीको चौथो वार्ड निवासी मीरारानी साहाको हत्या भएको थियो। आमाको हत्या आरोपमा जेठो छोरा सुशान्त साहालाई पुलिसले पक्राउ गरेको थियो।त्यो दिन मृतकको श्राद्धकर्म थियो। सोही समय पुलिसले आरोपी र फोरेन्सिक टोलीलाई लिएर घटनास्थलमा आइपुग्यो। त्यसपछि लगभग चार घण्टासम्म घटनास्थलबाट विभिन्न नमुना सङ्कलन गरियो। पछि टोली आरोपीको […] - [ममता ब्यानर्जीको फोनमै पग्लिए खगेश्वर](https://hamroprajashakti.co.in/khageshwar-melts-after-hearing-mamata-banerjees-call/): दलबाट राजीनामा दिने निर्णय गरेपछि खगेश्वर रायको घरमा तृणमूल कङ्ग्रेसको किसान खेत मजदुर युनियनका जिल्ला अध्यक्ष दुलाल देवनाथ पुगे। प्राप्त जानकारीअनुसार तिनको घरमा तृणमूलकी जिल्ला सभानेत्री महुआ गोप पनि आउनेछन्। साथै निवर्तमान मन्त्री तथा माल विधानसभा क्षेत्रका तृणमूल उम्मेदवार बुलुचिक बराइक पनि आउनेछन्। यसअघि नै राजगञ्जस्थित तिनको घरमा तृणमूलका मैनागुड़ीका उम्मेदवार राममोहन राय र दलका जिल्ला सह-उपाध्यक्ष चन्दन भौमिक पुगिसकेका छन्। सूत्रअनुसार तृणमूल सुप्रिमो ममता ब्यानर्जीसित फोनमा पनि खगेश्वरको कुराकानी भएको छ। त्यसपछि नै स्थिति सामान्य भयो। खगेश्वरले तृणमूलमै पहिले झैँ सक्रिय रहने निर्णय लिएका छन्। तिनले भने, हिजो राति 10.30 बजी ममता ब्यानर्जीले फोन गरेकी थिइन्। त्यसपछि आज बिहीवार […] - [तृणमूल–भाजपा उम्मेद्वारको पूजा विषयमा अलिपुरद्वारको मन्दिरमा तनाउ](https://hamroprajashakti.co.in/tension-at-alipurduar-temple-over-trinamool-bjp-candidates-worship/): विधानसभा निर्वाचनका उम्मेद्वार घोषणा भएपछि अलिपुरद्वारमा राजनीतिक तनाउ क्रमशः बढ्दै गइरहेको छ। सोही तनाउको अभिव्यक्ति शहरमै देखियो जहाँ भाजपा र तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूबीच नारा–प्रतिनाराले क्षेत्र तात्तियो। अलिपुरद्वारका भाजपा उम्मेद्वार परितोष दास शहरको 3 नम्बर वार्डस्थित दक्षिणेश्वर रामकृष्ण सङ्घ आद्यापीठ मन्दिरमा पूजा गर्न पुगेका थिए। पूजा सकेर मन्दिर परिसरबाट जनसम्पर्क गर्दै बाहिर निस्किने क्रममा नै नारा–युद्ध आरम्भ भयो। त्यसै मन्दिरमा पूजा गर्न तृणमूलका उम्मेद्वार सुमन काञ्जीलाल पनि आउने कार्यक्रम थियो। भाजपा उम्मेद्वार मन्दिरबाट बाहिर निस्कँदा सुमन काञ्जीलालको प्रतीक्षामा रहेका कार्यकर्ताहरूले परितोष दासतर्फ लक्षित गर्दै जय बङ्गला नारा लगाउन थाले।यसको प्रतिकारमा उम्मेद्वारसित रहेका भाजपा कार्यकर्ताहरूले पनि जय श्रीराम नारा लगाए। क्षणभरमै नारा–प्रतिनाराले […] - [स्वप्नालाई उम्मेद्वार बनाएपछि तृणमूल विधायकको युद्धघोषणा](https://hamroprajashakti.co.in/trinamool-mla-declares-war-after-making-swapna-a-candidate/): जलपाइगढ़ीको तृणमूल कार्यालयमा नेता-कर्मीहरूसित बसेका थिए राजगञ्जका निवर्तमान विधायक खगेश्वर राय। तिनको नजर नेतृ ममता ब्यानर्जीको उम्मेद्वार सूची घोषणातर्फ थियो। मेखलीगञ्जबाट उम्मेद्वारको नाम घोषणा गरिन् ममता ब्यानर्जीले। खगेश्वर सतर्क भएर बसे। तर क्रमशः तिनको विधानसभा क्षेत्रका उम्मेद्वारको नाम घोषणा हुन साथ तिनको अनुहार फिक्का भयो। त्यसपछि ममता, अभिषेक ब्यानर्जीले अरू कुन-कुन क्षेत्रमा कसलाई उम्मेद्वार बनाए भन्ने तृणमूल विधायकको कानमा नै परेन। तृणमूलको उम्मेद्वार सूची सार्वजनिक भएको केही घण्टा पनि बितेको थिएन। खगेश्वरले दलको पदबाट राजीनामा दिए। त्यति मात्र होइन तिनले राजगञ्जका तृणमूल उम्मेद्वार स्वप्ना बर्मनको हार निश्चित रहेको भविष्यवाणी पनि गरे>2018 को एशियाडमा स्वर्ण पदक जितेकी एथ्लिट स्वप्नाको हातमा गत […] - [घृणित प्रतिशोधको शिकार 10 वर्षीय बालक](https://hamroprajashakti.co.in/10-year-old-boy-victim-of-hateful-revenge/): मेडिकल फाँड़ीको विधानपल्ली क्षेत्रबाट हराएका 10 वर्षीय नाबालकको दुःखद अन्त्य सार्वजनिक भएको छ। हराएको सात दिनपछि आफ्नै सौतेला छोरालाई योजनाबद्ध रूपमा हत्या गरिएको थाहा भयो। हत्याको आरोप सौतेला पिता उत्तम बर्मनविरुद्ध लागेको छ। शीतलकुचीका वासिन्दा उक्त आरोपीलाई मङ्गलवार राति पुलिसले गरेको जाँचपड़तालमा तिनले हत्या गरेको स्वीकार गरेको छ।छोरा हराउनुको पछाड़ि आफ्नै श्रीमानमाथि शङ्का व्यक्त गरेकी थिइन् श्रीमती सावित्री बर्मनले। बितेको बिहीवार चार्जर लिनुपर्ने बहानामा घर फर्किएर उत्तमले तिनको छोरालाई लिएर बाहिर निस्किएको तिनले आरोप लगाएकी थिइन्। त्यसपछि नै छोराको कुनै खबर पाइएन। सावित्रीको उजुरीको आधारमा गत आइतवार पुलिसले उत्तमलाई पक्राउ गरेको थियो। सोमवार सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गर्दा न्यायाधीशले एक […] - [भागोप्रमोद्वारा उम्मेद्वार घोषणा](https://hamroprajashakti.co.in/candidate-announcement-by-bhagopramo/): राज्यमा चुनाउ घोषणा भएपछि अनित थापाको दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले पहाड़का तीन विधानसभा आसनका लागि उम्मेद्वार घोषणा गरेको छ। आइतवार राति दलले उम्मेद्वारहरूको सूची सार्वजनिक गरेको हो।अनित थापाले यसअघि नै दलले पहाड़मा एकलै विधानसभा चुनाउ लड्ने बताएका थिए। कालेबुङ विधानसभा क्षेत्रबाट रुदेन सादा लेप्चालाई उम्मेद्वार बनाइएको छ। तिनले सन् 2021 मा उक्त आसन जितेर विधायक बनेका थिए। दार्जीलिङ विधानसभा आसनका लागि विजय कुमार राईलाई उम्मेद्वार बनाइएको छ भने खरसाङ विधानसभा आसनबाट अमर लामालाई उम्मेद्वार घोषणा गरिएको छ। विजय कुमार राई विद्यालयका शिक्षकका रूपमा कार्यरत छन् र पहाड़का विभिन्न सामाजिक संस्थासित पनि आबद्ध छन्। अर्कातिर अमर लामा भागोप्रमोका […] - [पानीले आलु खेती नष्ट](https://hamroprajashakti.co.in/water-destroys-potato-crops/): राजगञ्ज क्षेत्रमा पानीले खेत डुबाएपछि आलु खेती गर्ने किसानहरूले ठूलो क्षति ब्योहोर्नु परेको छ। लगभग पाँच बिघा क्षेत्रमा लगाइएको आलुको खेती पूर्ण रूपमा नष्ट भएको बताइएको छ। यो घटना राजगञ्ज ब्लकअन्तर्गत शिकारपुर ग्राम पञ्चायतको नर्थ बेङ्गल फार्म क्षेत्रमा भएको हो।प्राप्त जानकारीअनुसार पछिल्ला दुई दिनदेखि परेको वर्षाको पानीसितै सिँचाइ नहरबाट बगेको पानी कृषक बापी दास अनि निरञ्जन दासको आलु खेतमा पसेको थियो। खेतमा घुँड़ासम्म पानी जम्दा आलु कुहिन थाल्यो र बाली पूर्ण रूपमा नष्ट भयो। पीड़ित किसानहरूले बताएअनुसार तिनीहरूले लगभग तीन महीनाअघि ब्याङ्क तथा साहुकारबाट ऋण लिएर आलु खेती गरेका थिए। यो वर्ष उत्पादन राम्रो हुने आशा गरिएको थियो तर डुबाउका […] - [23 अप्रेल पहिलो चरणमै उत्तर बङ्गालमा चुनाउ](https://hamroprajashakti.co.in/elections-in-north-bengal-in-the-first-phase-on-april-23/): सन् 2021 मा तीन चरणमा भए पनि यसपल्ट उत्तर बङ्गालमा एकै चरणमा चुनाउ हुने भएको छ। 23 अप्रेल पहिलो चरणमा राज्यका 16 जिल्लाका 152 वटा आसनमा चुनाउ हुनेछ, जसमा उत्तरका आठ जिल्लाका ५४ वटा केन्द्र समावेश छन्। आइतवार साँझ चुनाउ आयोगले चुनाउको तालिका घोषणा गर्ने बित्तिकै हिलीबाट हल्दीबारीसम्म सबै ठाउँमा दक्षिणपन्थी–वामपन्थी सबै पक्ष कम्मर कसेर मैदानमा उत्रिएका छन्। उम्मेद्वारको सूची घोषणा नभए पनि भित्ते लेखन आरम्भ भइसकेको छ। जुलुस र सभामार्फत सत्तारूढ़ पक्ष र विपक्षीहरूले प्रचारलाई तीव्रता दिएका छन्। एसआईआर प्रक्रियाका कारण उत्तरका प्रत्येक जिल्लामा धेरै मतदाताको नाम अदालती विचाराधीन अवस्थामा रहेको छ। अन्तिम मतदाता सूचीबाट हटाइएका हजारौँ मानिसले फेरि […] - [डीए प्राप्ति उत्सवको तयारीमा तृणमूल सङ्गठन](https://hamroprajashakti.co.in/trinamool-organization-prepares-for-da-award-ceremony/): मुख्यमन्त्री ममता ब्यानर्जीले बाँकी महँगी भत्ता (डीए) घोषणा गरेपछि राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका, शिक्षाकर्मी, पञ्चायत तथा नगरपालिका कर्मचारीहरूबीच उत्साह देखिएको छ। तर यस विषयमाथि भाजपा तथा वाममोर्चाका सरकारी कर्मचारी र शिक्षक सङ्गठनहरूले व्यङ्ग्य गरेका छन्। मुख्यमन्त्रीको घोषणापछि आज सोमवार राज्य सरकारका विभिन्न विभागहरूमा तृणमूल राज्य सरकारी कर्मचारी फेडेरेशनको जिल्ला नेतृत्वले मिठाई बाँड़ेर उत्सव मनाउने तयारी आरम्भ गरेको छ।फेडेरेशनका जिल्ला अध्यक्ष चिरञ्जीव मिश्रले भने, मुख्यमन्त्री राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका तथा पञ्चायत र नगरपालिका कर्मचारीहरूको हितमा रहेकी हामी सधैँ भन्दै आइरहेका छौँ। तर तिनको सदिच्छा भए पनि केन्द्रबाट राज्यप्रति भइरहेको आर्थिक वञ्चनाका कारण महँगी भत्ताको बाँकी रकम भुक्तान गर्न राज्य सरकारका लागि […] - [भारतका यी मन्दिरहरू अवश्य भ्रमण गर्नुपर्छ, जहाँ भक्तहरू विशिष्ट अनुष्ठानहरूमा संलग्न हुन्छन्](https://hamroprajashakti.co.in/these-must-visit-temples-in-india-where-devotees-engage-in-unique-rituals/): भारत आफ्नो विविध संस्कृति र प्रचुर परम्पराका लागि परिचित छ। यहाँ असंख्य मन्दिरहरू छन्, प्रत्येकले भक्ति र आध्यात्मिकताको कथा वर्णन गर्दछ। यद्यपि अधिकांश मन्दिरहरूले परम्परागत अभ्यासहरू पालना गर्छन्, केही चुनिएकाहरूले अपरम्परागत अभ्यासहरू अपनाएर आफ्नो पहिचान बनाएका छन्। भारतको व्यापक आध्यात्मिक क्षेत्रमा, टेम्पल कनेक्टका संस्थापक गिरीश वासुदेव कुलकर्णीले पाँचवटा मन्दिरहरू प्रस्तुत गर्छन् जुन आस्थाको प्रतीकको रूपमा प्रतिष्ठित छन्, साथै एकै साथ जिज्ञासा र विस्मय जगाउँछन्। यी मन्दिरहरूको आध्यात्मिक महत्त्व केवल तिनीहरूको वास्तुकलाको सुन्दरतामा मात्र नभई तिनीहरूले व्यक्त गर्ने उल्लेखनीय कथाहरू, तिनीहरूले अभ्यास गर्ने विशिष्ट अनुष्ठानहरू र टाढा-टाढाबाट भक्तहरूलाई आकर्षित गर्ने दृढ भक्तिमा पनि निहित छ।कुक्के सुब्रह्मण्य मन्दिरकर्नाटकको दक्षिण कन्नड जिल्लामा कुमारधाराको […] - [आदिलाबाद नजिकै तेलंगानाको लुकेको प्राकृतिक रिट्रीट](https://hamroprajashakti.co.in/telanganas-hidden-nature-retreat-near-adilabad/): वन र आदिवासी संस्कृतिको क्षेत्र भनेर चिनिन्छ, प्रकृतिले आफ्नो सबैभन्दा प्रामाणिक अवस्थामा आफूलाई प्रकट गर्छ। हरियालीपूर्ण वनहरू असीमित रूपमा फैलिएका छन्, झरनाहरू उबडखाबड पहाडहरूबाट तल झर्दछन्, उपत्यकाहरूलाई कुहिरोले ढाक्छ, र आदिवासी गाउँहरू उजाडस्थानको छेउमा सामंजस्यपूर्ण रूपमा अवस्थित छन्। चराहरू विशाल आकाशमा उड्छन् जबकि बादलहरू चुचुराहरूसँग ठोक्किन्छन्, एक दृश्य बनाउँछ जुन समय बित्दै जाँदा अक्षुण्ण देखिन्छ। अविभाजित आदिलाबाद जिल्लाका धेरै मनमोहक गन्तव्यहरू मध्ये, खण्डाला प्रकृति प्रेमीहरूको मनपर्नेको रूपमा खडा छ। सप्ताहन्त र बिदाहरूमा, यो शान्त गन्तव्यमा आगन्तुकहरूको निरन्तर प्रवाह देखिन्छ। खण्डालाको आकर्षण यसको अछुतो परिदृश्य र शान्त वातावरणमा निहित छ, जसले गर्दा प्रकृतिको बीचमा शान्ति खोज्नेहरूका लागि यो उत्तम ठाउँ हो। […] - [87 हजारभन्दा बढ़ी विद्यार्थीलाई विभिन्न छात्रवृत्ति](https://hamroprajashakti.co.in/various-scholarships-to-over-87000-students/): आर्थिक रूपमा पछाड़ि परेका परिवारका बालक-बालिकालाई पढ़ाई जारी राख्न सहयोग पुर्यादउने उद्देश्यले जलपाइगढ़ीमा 87 हजारभन्दा बढ़ी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। राज्य सरकारको आदिवासी तथा पछाड़िएको वर्ग कल्याण विभागबाट तिनीहरूले ओएसीस, शिक्षाश्री र मेधाश्री छात्रवृत्ति पाइरहेका छन्। साथै पछाड़ि परेका समुदायका विद्यार्थीहरूले निःशुल्क छात्रावासमा बसेर पढ़ाई गर्न सकून् भन्ने उद्देश्यमा राज्य सरकारले त्यसको पनि व्यवस्था गरेको छ।जलपाइगढ़ी जिल्लामा हाल यस्ता 18 वटा छात्रावास सञ्चालनमा छन्। चाँड़ै नै थप एउटा छात्रावास सञ्चालनमा आउने तयारी भइरहेको छ। छात्रावासमा बस्ने विद्यार्थीहरूको खानपानका लागि राज्य सरकारले प्रत्येक महीना 1800 रुपियाँ उपलब्ध गराइरहेको छ। यसबारे राज्यका आदिवासी तथा पछाड़िएको वर्ग कल्याण मन्त्री बुलुचिक बराइकले भने, […] - [घरकै सिलिण्डरले मिड डे मिल](https://hamroprajashakti.co.in/mid-day-meal-with-homemade-cylinder/): ग्यास नपाएपछि खोरीबारी हाई स्कूलमा स्वयं स्वनिर्भर समूहका महिलाहरूले घरबाट सिलिण्डर ल्याएर मिड डे मिल पकाइरहेका छन्। यस्तै अवस्थाका कारण सिलगढ़ी शहरका विभिन्न विद्यालय, माँ क्याण्टिन, अस्पताल तथा सरकारी कार्यालयका क्याण्टिनहरू पनि यसै गरी सञ्चालन गरिँदैछ। यस्तो परिस्थितिमा आज शुक्रवार सिलगढ़ी नगर निगमले ग्यास एजेन्सीहरूसित बैठक बस्दैछ। अवस्थाको समीक्षा गरेपछि आवश्यक कदम चालिने आश्वासन दिइएको छ।सिलगढ़ी महकुमामा खाना पकाउने ग्यासको तीव्र अभावका कारण खोरीबारी हाई स्कूल प्रभावित भएको छ। विद्यालय सूत्रअनुसार दैनिक पाँचौँदेखि आठौँ कक्षासम्म 625 विद्यार्थीहरूले मिड डे मिल खान्छन्। यसका लागि हप्तामा दुईवटा अर्थात् महीनामा आठवटा सिलिण्डर आवश्यक पर्छ। दुई दिनअघि स्थानीय एजेन्सीसित सम्पर्क गर्दा पनि स्वयं स्वनिर्भर […] - [एलपीजी डिलर–डिष्ट्रिब्युटरसित प्रशासनको बैठक](https://hamroprajashakti.co.in/administration-meets-with-lpg-dealers-and-distributors/): खाना पकाउने ग्यासको अभावका कारण जलपाइगढ़ीमा सङ्कट चरममा पुगेको छ। हतार–हतार ग्यास डिलर, डिष्ट्रिब्युटर र ग्यासको बोटलिङ प्लाण्टका अधिकारीहरूसित जिल्ला पुलिस र प्रशासनले बैठक गरेको छ। कुन डिलरसित कति सिलिण्डर उपलब्ध रहेको छ भन्ने जानकारी मागिएको थियो। डिलरहरूले आफूहरूसित अहिले कुनै पनि स्टक नरहेको बताए। पछिल्ला दुई दिनदेखि ग्यास बोकेको गाड़ी भित्रिएको छैन। व्यावसायिक ग्यास सिलिण्डर नभएकाले उपलब्ध सकिएको छैन।अर्कातिर सर्भर समस्याका कारण ग्यास बुक गर्नै नसकिएको ग्राहकहरूको गुनासो छ। ग्यासको कालोबजारी भइरहेको छ। जलपाइगढ़ीका अतिरिक्त पुलिस अधीक्षक शौभनिक मुखोपाध्यायले भने, पुलिस सतर्क छ। ग्यासको कालोबजारीबारे उजुरी पाए तुरुन्तै कठोर कारवाही गरिनेछ। साथै डिलरहरूलाई प्रशासनसित सम्पर्क राखेर कार्य गर्न भनिएको […] - [वर्षा नहुँदा जल्दापाड़ा मरुभूमि झैँ!](https://hamroprajashakti.co.in/like-a-scorching-desert-without-rain/): चारैतिर जति टाढ़ासम्म आँखा पुग्छ केवल सुक्खा र रुखोपनको छाप देखिन्छ। एक समय हरियालीले ढाकिएको जलदापाड़ा राष्ट्रिय निकुञ्जको विशाल घाँसको मैदान अहिले सुकेर लगभग मरुभूमि जस्तै बनेको छ। एकातिर प्राकृतिक विपत्तिका कारण आएको बाढ़ीले ल्याएको पली माटोले विशाल क्षेत्रका घाँसहरू पुरिएका थिए जसले आजसम्म पनि बिहानको घाम देख्न पाएका छैनन्। त्यसमा घाउमाथि नुन छर्केझैँ लामो खड़ेरीले थप चोट पुर्यामएको छ। जहाँ बाढ़ीको पली पुगेन त्यहाँ पनि पानीको अभावका कारण घाँस काठझैँ सुकिसकेको छ। सामान्यतः अन्य वर्षहरूमा यस समयसम्म कम्तीमा केही चरणमा राहत दिने वर्षा भइसकेको हुन्छ। तर यस वर्षको अवस्था पूर्ण रूपमा फरक छ। गत वर्षको अक्टोबर 5 पछि यस […] - [ग्यास अभावले मिड–डे मिल बन्द](https://hamroprajashakti.co.in/mid-day-mill-closed-due-to-gas-shortage/): पश्चिम एसियामा भइरहेको युद्धको प्रभाव अहिले प्रत्यक्ष रूपमा गौड़ बङ्गका विद्यालयहरूमा देखिन थालेको छ। मिड–डे मिल पकाउन प्रयोग हुने ग्यास तीव्र रूपमा सकिँदै गएको छ। केही विद्यालयहरूमा त ग्यास पहिले नै सकिएको छ। त्यसकारण विद्यार्थीहरूलाई ड्राई फ्रुट्स वितरण गरिँदैछ। परिस्थितिले जुन दिशा लिइरहेको छ त्यसले आपतकालीन रूपमा एलपीजी सिलिण्डर जुटाइए पनि कति दिनसम्म पुग्ने हो भन्ने चिन्ता प्राथमिक तथा उच्च प्राथमिक विद्यालयका शिक्षक–शिक्षिकाहरूमा बढ्दै गइरहेको छ। शिक्षा प्रशासनका अधिकारीहरू पनि सचेत भएका छन्। विद्यालयहरूमा मिड–डे मिलका लागि प्रयोग हुने इन्धन ग्यासको अवस्था कस्तो छ भन्ने विषयमा गौड़ बङ्गका तीनवटै जिल्लामा खोजबिन आरम्भ गरिएको छ। आज दक्षिण दिनाजपुरको बालुरघाट हाई स्कूलमा […] - [एसआईआरले पहाड़वासीहरू समस्यामा, थापाद्वारा आन्दोलनको चेताउनी](https://hamroprajashakti.co.in/sir-puts-pahar-residents-in-trouble-thapa-warns-of-agitation/): विधानसभा चुनाउ घोषणा नभए पनि पहाड़मा राजनीतिक तापक्रम बढ्दै गइरहेको छ। अहिले एसआईआर (स्पेशल इण्टेन्सिभ रिभिजन) मुद्दामा पहाड़ तातिएको छ। पहाड़को मतदाता सूचीबाट ठूलो सङ्ख्यामा गोर्खाहरूको नाम हटाइएको आरोप छ। यस विषयमा सड़कमा उत्रिने जीटीएका प्रमुख कार्यकारी तथा बीजीपीएम अध्यक्ष अनित थापाले चेताउनी दिएका छन्। कालेबुङमा तिनले एउटा सभा गरे। त्यहाँ अनित थापाले भने, एसआईआरमार्फत रोहिङ्ग्या र बङ्गलादेशी अनुप्रवेशकारीहरूको नाम मतदाता सूचीबाट काटिनेछ भनेर भाजपा नेताहरूले भनेका थिए। तर रोहिङ्ग्या वा बङ्गलादेशी त होइन बरु पहाड़का वास्तविक गोर्खाहरूको नाम नै मतदाता सूचीबाट हटाइएको छ। यस मुद्दामा बीजीपीएम सड़कमा उत्रिनेछ। अनित थापाले भने, अन्यायपूर्ण रूपमा गोर्खाहरूको नाम हटाइएको छ। काम गर्नेहरूलाई […] - [एसएफआईद्वारा सिलगढ़ीको एसडीओ कार्यालयअघि विरोध प्रदर्शन](https://hamroprajashakti.co.in/protest-by-sfi-in-front-of-sdo-office-in-siliguri/): स्टुडेण्ट फोरम अफ इण्डिया (एसएफआई) को दार्जीलिङ जिल्ला समितिले बिहीवार सिलगढ़ीस्थित एसडीओ कार्यालयबाहिर विद्यार्थी सम्बन्धी विभिन्न माग उठाउँदै विरोध प्रदर्शन गरेको छ। विद्यार्थीहरूले सामना गरिरहेका विभिन्न समस्यालाई उजागर गर्दै उक्त प्रदर्शन आयोजना गरिएको थियो। प्रदर्शनकारीहरूले सरकारी विद्यालयहरूको पूर्वाधार सुधार गर्नुपर्ने माग गरे अनि अतिरिक्त शुल्क असुली अन्त्य गर्नुपर्ने पनि माग राखेका छन्।प्रदर्शनका क्रममा तिनीहरूले चियाबारी क्षेत्रका विद्यार्थीहरूका लागि विशेष सरकारी छात्रवृत्ति र भत्ताको व्यवस्था गर्नुपर्ने पनि माग गरेका थिए। संस्थाका सदस्यहरूले सार्वजनिक यातायातमा विद्यार्थीहरूका लागि विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारे। तिनीहरूले यात्राको बढ्दो खर्चका कारण धेरै विद्यार्थीहरूलाई नियमित रूपमा विद्यालय जान कठिन भइरहेको मुद्दा पनि उठाए।सूत्रअनुसार प्रदर्शनकारीहरूले […] - [आदिवासी तथा अनुसूचित समुदायका ज्येष्ठ नागरिकहरूलाई पेन्सन](https://hamroprajashakti.co.in/pension-for-senior-citizens-from-tribal-and-scheduled-communities/): राज्य सरकार आदिवासी तथा अनुसूचित समुदायको साथमा उभिएको छ। जलपाइगढ़ी जिल्लामा यी दुई समुदायका 70 हजारभन्दा अधिक ज्येष्ठ नागरिकहरूलाई प्रत्येक महीना पेन्सन दिइरहेको छ। यसका लागि राज्य सरकारले प्रत्येक महीना लगभग सात करोड़ रुपियाँ खर्च गरिरहेको छ। हाल जिल्लामा तपशिलि बन्धु योजनाअन्तर्गत पेन्सन पाउनेको सङ्ख्या 59 हजार 313 जना रहेको छ। अर्कातिर 11 हजार 467 जनाले जय जोहार योजनाअन्तर्गत पेन्सन पाइरहेका छन्। जिल्लाभित्र धूपगुड़ी ब्लकमा अनुसूचित समुदायका सबैभन्दा अधिक 15 हजार 215 जना ज्येष्ठ नागरिकहरूले पेन्सन पाइरहेका छन्। तपशिलि बन्धु पेन्सन पाउने आधारमा जिल्लामा दोस्रो स्थानमा मैनागुड़ी ब्लक रहेको छ जहाँ 13 हजार 916 जना लाभार्थी छन्। तेस्रो स्थानमा राजगञ्ज […] - [एलपीजीको जताततै अभाव](https://hamroprajashakti.co.in/lpg-shortage-everywhere/): व्यावसायिक ग्यास सिलिण्डरको बिक्री बन्द भएको छ। यसकारण उत्तर बङ्गालका होटल व्यवसायीहरू अन्योलमा परेका छन्। दार्जीलिङ पहाड़देखि सिलगढ़ी, कोचबिहारदेखि अलिपुरद्वारसम्म होटल व्यवसायीहरूले भान्साको ढोकामा ताला लगाउने सोच बनाउन थालेका छन्। यता खाना पकाउने ग्यास सिलिण्डरको कालोबजारी आरम्भ भएको आरोप लागेको छ। सिलगढ़ी र जलपाइगढ़ीका केही स्थानमा कटिङ ग्यास अत्यधिक महँगो मूल्यमा बिक्री भइरहेको पनि आरोप छ। यसै आरोपमा मङ्गलवार जलपाइगढ़ीमा एउटा डिलरको कार्यालयमा ग्राहकहरूले विरोध प्रदर्शन गरे। सिलगढ़ीमा विभिन्न डिस्ट्रिब्युटरहरूको कार्यालयमा पनि भीड़ देखियो। उत्तर बङ्गाल मात्र होइन राज्यका ठूला शहरहरूमध्ये एक हो सिलगढ़ी। शहरको पूर्व, पश्चिम, उत्तर र दक्षिण सबै क्षेत्रमा असङ्ख्य होटलहरू छन्। यसबाहेक धेरै रेस्टुरेण्टहरू पनि छन्। […] - [भाजपाको परिवर्तन यात्राअघि सिलगढ़ीमा अशान्ति](https://hamroprajashakti.co.in/unrest-in-siliguri-ahead-of-bjps-parivartan-yatra/): भाजपाको परिवर्तन यात्रा र सभाको अघिल्लो राति तयारीलाई केन्द्रित गर्दै सिलगढ़ी महकुमा परिषदका तृणमूल कङ्ग्रेसका सभाधिपति र मतिगढ़ा–नक्सलबारीका भाजपा विधायकबीच तीव्र विवाद भएको छ। तयारीको विषयबाट आरम्भ भएको उक्त विवाद एसआईआर र क्षेत्रको विकासको विषयसम्म पुग्यो। पछि पुलिसले स्थिति नियन्त्रणमा ल्यायो। तर त्यसपछि पनि क्षेत्रमा केही तनाउ कायम रहेकाले केन्द्रीय बलले रूट मार्च गरेको छ। फेरि नयाँ अशान्ति नहोस् भनेर पुलिस पिकेट पनि बसाइएको छ। मङ्गलवारदेखि सिलगढ़ीमा भाजपाको परिवर्तन यात्रा आरम्भ हुँदैछ। उक्त यात्रा सिलगढ़ी मतिगढ़ा हुँदै बेलुकीसम्म नक्सलबारी पुग्नेछ। यात्रामा भाजपाको महिला मोर्चाकी नेतृ रूपा गङ्गोपाध्याय, दार्जीलिङका सांसद राजु विष्ट, जलपाइगढ़ीका सांसद जयन्त राय, विधायक शिखा च्याटर्जी, शङ्कर घोष, […] - [डिपो कार्यालय पुनः सञ्चालनको माग](https://hamroprajashakti.co.in/demand-for-re-operation-of-depot-office/): वन्यजन्तुको आक्रमणबाट राहत पाउन नगराकट्टा ब्लकको बामनडाङ्गा चियाबारीमा एक समय नाथुआ रेञ्जको डिपो कार्यालय सञ्चालन गरिएको थियो। तर त्यो वन विभागको डिपो कार्यालय धेरै वर्षदेखि बन्द अवस्थामा छ। अहिले पुनः सञ्चालन गर्नुपर्ने माग उठेको छ। 15 वर्षदेखि बन्द रहेकाले डिपो कार्यालय अहिले जीर्ण अवस्थामा पुगिसकेको छ। पछिल्ला दिनहरूमा वन्यजन्तुहरू बारम्बार बस्ती क्षेत्रमा प्रवेश गर्न थालेपछि यो माग अझ बढ़ेको हो।स्थानीय वासिन्दाहरूका अनुसार महीनाको अधिकांश दिन यस क्षेत्रमा वन्यजन्तुको आक्रमण हुने गर्दछ। विशेष गरी यो चियाबारी जलपाइगढ़ी जिल्लाभित्र हात्तीको आवतजावत बढ़ी हुने क्षेत्रका रूपमा परिचित छ। गोरुमारा जङ्गलनजिकै रहेको यस चियाबारीमा हात्तीबाहेक गैँड़ा, बाइसन र चितुवाको समेत आक्रमण हुने गर्दछ। कुनै […] - [विचाराधीन सूचीमा 36 हजारको नाम](https://hamroprajashakti.co.in/36000-names-on-pending-list/): तिनको आफ्नै क्षेत्र दिनाहट्टामा 36 हजार मानिसहरूको नाम विचाराधीन सूचीमा राखिएको छ। आउँदो विधानसभा चुनाउमा यो सङ्ख्या निर्णायक बन्न सक्ने सम्भावना छ। यस्तै अनुमान गर्दै उत्तर बङ्गाल विकास मन्त्री उदयन गुह अनशनमा बसेका छन्। यदि चुनाउ आयोगले मतदाता सूचीको विशेष सघन संशोधन अर्थात् एसआईआर गरेर योजनाबद्ध रूपमा कुनै एउटा राजनीतिक दलका मतदाताको नाम हटाउने प्रयास गर्छ अनि अर्को राजनीतिक दललाई सत्तामा ल्याउने प्रयास गर्छ भने त्यस राजनीतिक दलका कार्यकर्ताहरू चुप लागेर बस्ने छैनन्। तिनीहरूले पनि एसआईआर गरेर अर्को राजनीतिक दलका कार्यकर्ताहरूको नाम हटाउने प्रयास गर्नेछन्। कसरी गर्ने भन्ने तिनीहरूको विषय हो। सोमवार दिनाहट्टाको अनशन मञ्चबाट उदयन गुहले यस्तै चेताउनी दिएका […] - [वंशीबदन बर्मनको दिल्ली भ्रमणबारे चर्चा](https://hamroprajashakti.co.in/discussion-on-vanshibadan-burmans-visit-to-delhi/): ग्रेटर कूचबिहार पिपुल्स एसोसिएशनका नेता वंशीबदन बर्मन दिल्ली पुगेका छन्। यस्तो खबर कूचबिहारमा फैलिरहेको छ। भाजपा उच्च नेतृत्वसित तिनको बैठक हुन सक्न खबर पनि फैलिएको छ। सामाजिक सञ्जालमा नाम नलिए पनि धेरैले यस्तो उल्लेख गरेका छन्। तर वंशीबदनले स्वयं यस विषयमा स्पष्ट पारेका छैनन्। ग्रेटर नेताको यो आकस्मिक दिल्ली यात्रा विधानसभाको चुनाउअघि नयाँ राजनीतिक समीकरणको सङ्केतका रूपमा हेरिएको छ। विशेष गरी राजवंशी मतदाताको नयाँ समीकरण बन्न सक्ने राजनीतिक विश्लेषकहरूले ठानेका छन्।हालै राज्यसभाका भाजपा सांसद अनन्त महाराज तथा अर्को ग्रेटर कूचबिहार पीपल्स एसोसिएशनका नेता नगेन्द्रनाथ राय (अनन्त महाराज) लाई राज्य सरकारले बङ्ग विभूषण पुरस्कार प्रदान गरेको छ। यो पुरस्कार पाएपछि तिनले […] - [मिड–डे मिलमा विसङ्गति](https://hamroprajashakti.co.in/anomaly-in-mid-day-meal/): बालकबालिकाको पोषणलाई ध्यानमा राख्दै मिड–डे मिलमा सामान्य खानासितै हप्तामा अतिरिक्त एउटा अण्डा वा मौसमी फल दिने राज्य शिक्षा विभागले निर्देशन दिएको थियो। निर्देशनअनुसार मिड–डे मिलअन्तर्गत प्रत्येक विद्यार्थीलाई 12 वटा अण्डा वा मौसमी फल दिन भनिएको थियो। यसका लागि प्रति विद्यार्थी थप 8 रुपियाँ छुट्याइएको थियो। अर्थात् 12 वटा अण्डा वा फलका लागि प्रति विद्यार्थी 96 रुपियाँ छुट्याइएको थियो। सबै मिलाएर 31 मार्चभित्र बालक-बालिकालाई यो अतिरिक्त खाना वितरण पूरा गर्न भनिएको थियो। त्यसअनुसार राज्यमा मिड–डे मिलअन्तर्गत रहेका 81 लाख 19 हजार 415 जना विद्यार्थीहरूका लागि मोठ 77 करोड़ 94 लाख 64 हजार रुपियाँ छुट्याइएको थियो। 9 फरवरी जारी गरिएको उक्त निर्देशनको […] - [एलपीजी ग्यासले ग्राहकहरू चिन्तित](https://hamroprajashakti.co.in/lpg-gas-worries-customers/): खाना पकाउने ग्यासको मूल्य एकैचोटि 60 रुपियाँ बढ़ेको छ। यसकारण सामान्य मानिसहरूको खर्च बढ़ेको छ। त्यससितै चिन्ता पनि बढ़ेको छ। यसपछि पनि निर्धारित समयमा इन्धन ग्यास पाइन्छ कि पाइँदैन भन्ने विषयमा धेरै गृहस्थीहरू चिन्तित छन्। चिन्तित उपभोक्ताहरूले एलपीजी वितरकहरूलाई फोन गरिरहेका छन्। यससितै मूल्य बढ्नअघि सिलिण्डर बुक गरेका उपभोक्ताहरूले पनि अतिरिक्त मूल्य तिर्नु परेको छ। यस विषयमा पनि असन्तोष देखिएको छ। 21 दिनअघि सिलिण्डर बुक गर्न नपाइने भन्ने निर्देशनलाई बढ़ाएर अहिले 25 दिन गरिएको छ। यसले एलपीजी ग्यास प्रयोगकर्ताहरूको चिन्ता बढ़ाएको छ।इङ्ग्लिश बजारको तालतला क्षेत्रकी वासिन्दा पूजाश्री बोसले भनिन्, मैले 20 दिनअघि सिलिण्डर बुक गरेकी थिएँ। घरमा आफन्तहरू आउँदा ग्यास […] - [गोरु तस्करी विषयमा बीएसएफ अनि ग्रामवासीबीच विवाद](https://hamroprajashakti.co.in/dispute-between-bsf-and-villagers-over-cattle-smuggling/): गोरु तस्करीलाई केन्द्र गरेर बीएसएफ अनि ग्रामवासीबीच विवादका कारण भारत–बङ्गलादेश सीमा क्षेत्रमा तनाउ फैलिएको छ। आइतवार रायगञ्ज ब्लकको महिपुर ग्राम पञ्चायतअन्तर्गत शनगा क्षेत्रमा यो घटना भएको हो। उक्त क्षेत्रमा गोरु तस्करी भइरहेको कारण काँड़ेतारनजिक जमीनमा लगाइएका बालीहरू नष्ट भइरहेका ग्रामवासीहरूको आरोप छ। यस घटनाको विरोध गर्न जाँदा बीएसएफसित विवाद भएको बताइएको छ। गोरु तस्करी रोक्दा तस्करहरूको आफन्तहरू आएर झगड़ा आरम्भ गरेका बीएसएफले आरोप लगाएको छ। घटनाको खबर पाएपछि रायगञ्ज थानाअन्तर्गत भाटोल फाँड़ीको पुलिस घटनास्थल पुगेको थियो।त्यस क्षेत्रका वासिन्दा मिजानुर रहमानले आरोप लगाउँदै भने, सीमाको काँड़ेतारनजिक मेरो जमीन छ। मेरो मकैको खेत नष्ट भएको आज बिहान थाहा पाएँ। म त्यहाँ गएर […] - [ममता ब्यानर्जीको समर्थनमा अनशनमा मन्त्री उदयन गुहा](https://hamroprajashakti.co.in/minister-udayan-guha-on-hunger-strike-in-support-of-mamata-banerjee/): चुनाउको तयारीका लागि चुनाउ आयोगको पूर्ण बेञ्च राज्यमा पुगेको छ। अर्कातिर एसआईआर मुद्दाबारे कोलकातामा तृणमूल नेतृ तथा मुख्यमन्त्री ब्यानर्जीको धर्ना सोमवार चौथो दिनमा पुगेको छ। पार्टी नेतृको आन्दोलनलाई समर्थन साथै आयोगमाथि प्रहार गर्दै उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहा 24 घण्टे अनशनमा बसेका छन्। सोमवार पश्चिम बङ्गालको उत्तरी सीमावर्ती कोचबिहार जिल्लाको दिनहाटा महकुमा शासकको कार्यालयअघि उदयन गुहाको नेतृत्वमा आयोजित सामूहिक अनशनमा लगभग 200 नेता–कार्यकर्ताहरू सहभागी भए। दिनहाटाका विधायक उदयनले भने, विचाराधीन भन्दै राज्यका 60 लाख मतदाताहरूलाई चुनाउ प्रक्रियाबाट टाढ़ा राख्ने प्रयास आयोगले गरिरहेको छ। यसबाट भाजपालाई फाइदा पुर्या उने प्रयास भइरहेको तिनको आरोप छ। तिनले भने, केवल मेरो विधानसभा क्षेत्रमै […] - [खुल्ला आकाशमुनि थन्किएका भोल्भो बसहरू](https://hamroprajashakti.co.in/volvo-buses-parked-under-the-open-sky/): आरामदायी बसमा ढुक्कले सुत्दै यात्रा गर्न सकिने अपेक्षा गरिन्छ। तर बसको चक्का नै नचलेपछि यात्रा कसरी आरम्भ हुन्छ! यात्री सेवा आरम्भ हुने प्रतीक्षामा महँगो भोल्भो बसहरू अहिले पनि कोचबिहार सेण्ट्रल बस टर्मिनसमा थन्किएका छन्। गत 16 जनवरीमा सिलगढ़ीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर बङ्गाल राज्य परिवहन निगमका लागि छवटा अत्याधुनिक स्लीपर भोल्भो बसहरूको उद्घाटन गरेकी थिइन्। तर उद्घाटनपछि लगभग दुई महीना बित्न लाग्दा पनि ती बसहरू अझै यात्री सेवामा प्रयोग हुन सकेका छैनन्। बसहरू कोचबिहार सेण्ट्रल बस टर्मिनसमा खुल्ला आकाशमुनि नै थन्किएका छन्। लामो समयसम्म घाममा राखिएको र धुलोमाटोले ढाकिएको कारण ती बसहरूको चमक हराइसकेको छ। करोड़ौँ रुपियाँ […] - [तृणमूलमा स्वप्नाले चिन्तित भाजपा खेमा](https://hamroprajashakti.co.in/swapna-in-trinamool-worries-bjp-camp/): तृणमूल कङ्ग्रेसमा प्रवेश गरेको 24 घण्टाभित्रै स्वप्ना बर्मन डाबग्राम–फूलबारीमा पुगेपछि भाजपामाथि दबाउ बढ़ेको छ। चुनाउको माहोल बने पनि कुनै पनि दलले अहिलेसम्म उम्मेदवार घोषणा गरेको छैन। शुक्रवार कोलकाताबाट फर्किने बित्तिकै स्वप्ना बर्मनलाई एनजेपी स्टेशनबाट सिधै डाबग्राम–फूलबारी ब्लक तृणमूल पार्टी कार्यालयमा लगेर सम्मान गर्दै दलका नेता–कार्यकर्तासित परिचय गराइएको थियो। यसले तृणमूलले डाबग्राम–फूलबारीमा स्वप्नालाई उम्मेदवार बनाउन सक्ने राजनीतिक विश्लेषकहरूको एक हिस्सासितै भाजपाभित्र पनि यस्तो धारणा बनेको छ। यस्तो सम्भावित समीकरणले भाजपा खेमामा चिन्ता बढ़ाएको छ। डाबग्राम–फूलबारी विधानसभा क्षेत्रमा राजवंशी मतदाताको सङ्ख्या धेरै छ। यहाँ विभिन्न दलहरूले पटक–पटक राजवंशी अनुहारलाई उम्मेदवार बनाउने माग उठाउँदै आइरहेका छन्। यदि तृणमूलबाट स्वप्ना बर्मन उम्मेदवार बनेमा राजवंशी […] - [चुनाउ आयोगको शङ्का सूचीमा क्रिकेटर ऋचा](https://hamroprajashakti.co.in/cricketer-richa-on-election-commissions-suspect-list/): विचाराधीन मतदाता विश्वविजेता महिला क्रिकेटर ऋचा घोष! चुनाउ आयोगको सौजन्यमा पहिलो चरणको अन्तिम मतदाता सूचीबाट यस्तो चकित पार्ने तथ्य बाहिर आएको छ। यस विषयबारे भाजपा र चुनाउ आयोगमाथि आक्रमण गरेका छन् सिलगढ़ीका मेयर तथा तृणमूल कङ्ग्रेसको केन्द्रीय कमिटीका नेता गौतम देवले। महिलाप्रति आफ्नो दृष्टिकोण भाजपाले स्पष्ट पारेको तिनको भनाइ छ। यस विषयमा सीपीएम पनि सक्रिय बनेको छ। यद्यपि भाजपाले नरम स्वरमा यस विषय समाधान हुने जनाएको छ। यस मुद्दाले सिलगढ़ीको विधानसभा चुनाउ मैदान गर्मिएको छ।भारतीय महिला क्रिकेट टोलीकी प्रमुख स्टारमध्ये एक हुन् सिलगढ़ीकी ऋचा। तिनले महिला विश्वकप क्रिकेटमा पनि टोलीका लागि सहभागिता जनाएकी छन्। अहिले त्यही विश्वविजेता खेलाड़ी चुनाउ आयोगको […] - [हजारौँ आदिवासी चिया श्रमिकहरूको नाम विचाराधीन सूचीमा](https://hamroprajashakti.co.in/thousands-of-indigenous-tea-workers-names-on-pending-list/): अन्तिम मतदाता सूचीमा उत्तर बङ्गालमा हजारौँ आदिवासी चिया मजदुरहरूको नाम विचाराधीन अवस्थामा राखिएको छ। उत्तरी क्षेत्रका मूल निवासी राजवंशी समुदायका ठूलो हिस्सा पनि यसबाट मुक्त हुन सकेनन्। हटाइएका वा विचाराधीन सूचीमा परेका व्यक्तिहरूमा अल्पसङ्ख्यक समुदायका मानिसहरू पनि छन्। यस विषयले धेरै जिल्लामा व्यापक असन्तोष फैलिएको छ। यसका विरोधमा राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेस मुखर भएको छ। तृणमूलको अग्रता भएका क्षेत्रमा लक्षित रूपमा नाम हटाइएको वा ठूलो सङ्ख्यामा नामलाई विचाराधीन सूचीमा राखिएको आरोप राज्यका आदिवासी विकास मन्त्री बुलुचिक बराइकले लगाएका छन्। जलपाइगढ़ी जिल्लामा 1 लाख 8 हजारभन्दा बढ़ी मतदाताको नाम विचाराधीन सूचीमा राखिएको छ। यीमध्ये चियाबारी क्षेत्र प्रमुख रहेको माल विधानसभा […] - [सीपीएमद्वारा सिलगढ़ीमा विरोध प्रदर्शन](https://hamroprajashakti.co.in/protest-by-cpm-in-siliguri/): सोमवार दार्जीलिङ जिल्ला समितिअन्तर्गत सीपीआई(एम) ले एसआईआर प्रक्रियाको क्रममा धेरै मतदाताहरूको नाम हटाइएको विरोधमा सिलगढ़ी महकुमा अधिकारी कार्यालय अगाड़ि प्रदर्शन गरेको छ। एसआईआर प्रक्रियाबाट धेरै वैध मतदाताहरू प्रभावित बनेका सीपीएमका नेताहरूले दाबी गरेका छन्। तिनीहरूले भारतीय महिला क्रिकेट टोलीकी सदस्य ऋचा घोसको नाम पनि रिभ्युमा राखिएको उल्लेख गरे। सीपीआई (एम) का कार्यकर्ता र समर्थकहरूले एसडीओ कार्यालयसम्म र्याुली निकाले अनि सड़क अवरोध गरे। पछि एसडीओ कार्यालयमा तिनीहरूले ज्ञापनपत्र चढ़ाए।काउन्सिलर शरदिन्दु चक्रवर्तीले एसआईआर प्रक्रिया सम्बन्धी कागजात प्रस्तुत गर्दा सर्वसाधारण मानिसहरूले अनावश्यक हैरानी भोगिरहेको बताए। तिनले नाम हटाउने कार्यलाई योजनाबद्ध षड़यन्त्र भनेर बताए अनि भारत चुनाउ आयोगलाई कुनै पनि राजनैतिक प्रभावबिना निष्पक्ष रूपमा […] - [युवा साथी योजनालाई भाजपा–सीपीएमको समर्थन](https://hamroprajashakti.co.in/bjp-cpm-support-for-yuva-saathi-scheme/): यसपल्ट युवा साथी शिविरमै स्वयम् भाजपा प्रमुख देखिए। हालै सार्वजनिक भएको एक भिडियोमा यस्तो दृश्य देखिएको छ जुन जलपाइगढ़ीको सदर ब्लकअन्तर्गत खड़िया पञ्चायतको बड़तलामा आयोजना गरिएको युवा साथी शिविरको हो। उक्त शिविरमा बहादुर पञ्चायत भाजपा प्रमुख अमित दास उभिएका थिए। भिडियोमा तिनले भने, तिमीहरूकै पैसा राज्य सरकारले तिमीहरूलाई दिइरहेको छ भनेर हामी क्षेत्रका बेरोजगार युवक–युवतीहरूलाई भनिरहेका छौँ। किन तिमीहरूले त्यो पैसा नलिने? तिमीहरूले युवा साथीको भत्ता लिए पनि हामीलाई कुनै समस्या छैन। त्यसैले म शिविरमा आएर फारम भर्न सहयोग गरिरहेको छु।अर्कातिर सीपीएमका जलपाइगढ़ी जिल्ला सचिव पीयूष मिश्रले भने, सरकारले हाम्रो करको पैसा युवा साथीमार्फत दिइरहेको छ। हामी शिक्षित बेरोजगार युवक–युवतीहरूलाई […] - [चुनाउअघि पुलिस अधिकारीहरूलाई सरुवाको आदेश](https://hamroprajashakti.co.in/transfer-orders-for-police-officers-before-elections/): बूथ सङ्ख्या बढ्ने सम्भावना प्रबल रहेको छ। त्यसैले बिहीवार बिहारदेखि सिलगढ़ीमा थप 4780 वटा ईभीएम ल्याइएको छ। ती ईभीएमहरू मागअनुसार विभिन्न जिल्लाहरूमा पठाइएको छ। अर्कातिर चुनाउ आयोगले चुनाउका लागि सिलगढ़ीसहित दार्जीलिङ जिल्ला पुलिस अधिकारी तथा प्रशासनका अधिकारीहरूको डाटाबेस सङ्कलन गरिरहेको छ। प्रशासन सूत्रअनुसार चुनाउमा पारदर्शिता कायम राख्न आयोगले यस्तो कदम चालेको हो। यसैबीच सिलगढ़ी पुलिस कमिश्नरेटका ओसी पदका 36 जनालाई सरुवाको आदेश जारी गरिएको छ।दार्जीलिङ जिल्लामा विधानसभा क्षेत्रको सङ्ख्या पाँचवटा छ। प्रशासन सूत्रअनुसार यसपल्ट प्रत्येक 1200 मतदाताका लागि एउटा बूथ बनाइने सम्भावना छ। यसो भए विधानसभा क्षेत्रहरूमा बूथ सङ्ख्या बढ्नेछ। त्यसका लागि नै आयोगले जिल्ला जिल्लामा थप ईभीएम पठाइरहेको छ। […] - [राजवंशी उम्मेदवारको मागमा पोष्टर](https://hamroprajashakti.co.in/poster-demanding-a-royal-candidate/): डाबग्राम–फूलबारी विधानसभा क्षेत्रमा उम्मेदवार बन्ने प्रतिस्पर्धामा भाजपा विभिन्न गुटमा विभाजित भएको छ। राजवंशी अनुहारलाई उम्मेदवार बनाउने माग गर्दै क्षेत्रमा हृदय भाजपा लेखिएको ब्यानरमा थुप्रै पोष्टर टाँसिएका छन्। यसले भाजपाभित्र रहेको गुटबन्दीलाई सार्वजनिक बनाएको छ। पार्टीको यस आन्तरिक विवादका कारण वर्तमान विधायक शिखा च्याटर्जी दबाउमा परेकी छन्। स्थिति नियन्त्रण गर्न तिनले पोष्टरको यस घटनालाई तृणमूलको षड़यन्त्र बताएकी छन्। यसअघि तृणमूलका मन्त्री गौतम देवलाई ठूलो मत अन्तरले पराजित गरेकी शिखा च्याटर्जी पछिल्ला पाँच वर्षमा गरेकी कार्य र जनसम्पर्कबारे विपक्षीहरूको प्रचारले दबाउमा छन्। क्षेत्रका जनतामाझ पनि भाजपा विधायकको भूमिकाबारे धेरै ठाउँमा असन्तोष देखिएको छ। यस पृष्ठभूमिमा उम्मेदवार परिवर्तनको सम्भावना रहेको हुनाले पछिल्ला केही […] - [गौड़ र मालियन दिगीका माछा बेचेर राजस्व उठाउने सङ्केत](https://hamroprajashakti.co.in/indications-of-raising-revenue-by-selling-fish-from-gaur-and-malian-lakes/): हरिरामपुर ब्लकको गौड़ र मालियन दिगीमा अवैध रूपमा माछा पालन भइरहेको आरोप पाएपछि प्रशासन सतर्क भएको छ। राजस्व छल्दै यति ठूला यी दुई दिगीमा कसको संरक्षणमा माछा पालन भइरहेको छ र प्रशासनले किन कदम चालिरहेको छैन? यसअघि नै कङ्ग्रेस नेताहरूले प्रश्न उठाएका थिए। बुधवार हरिरामपुर ब्लक भूमि सुधार कार्यालयमा कङ्ग्रेसका कार्यकर्ताहरूले ज्ञापनपत्र बुझाए। यी दुई दिगी मात्र होइन तर ब्लकभरि हजारौँ सरकारी पोखरी र दिगीहरूमा अवैध रूपमा माछा पालन भइरहेको तिनीहरूको दाबी छ। यसकारण राज्य सरकारले करोड़ौँ रुपियाँ राजस्व गुमाइरहेको छ। यस विषयमा उक्त दिन ब्लक भूमि सुधार अधिकारीसित कङ्ग्रेस प्रतिनिधिहरूको बैठक पनि भयो। छिट्टै जाँच गरी दोषीहरूविरुद्ध कानूनी कारवाही […] - [मिरिक क्षेत्रका तीन समष्टि प्रतिनिधिहरूको सहभागितामा चुनाउ सभा](https://hamroprajashakti.co.in/election-meeting-with-the-participation-of-three-community-representatives-from-mirik-region/): आगामी विधानसभा चुनाउलाई ध्यान राख्दै मिरिक महकुमाअन्तर्गत इण्डियन गोर्खा जनशक्ति फ्रण्टको एक महत्त्वपूर्ण चुनाउ सभा सम्पन्न भएको छ। उक्त सभामा मिरिक क्षेत्रका 23, 24 अनि 25 नम्बर समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा पार्टीका केन्द्रीय सदस्यहरू प्रशान्त लामा र रोजेस थापा साथै श्रमिक सङ्गठनका केन्द्रीय उपाध्यक्ष अनिल रानाको विशेष उपस्थिति रहेको थियो।सभामा सङ्गठनलाई प्रत्येक समष्टिको बूथ तहसम्म विस्तार गर्ने साथै पार्टी तथा पार्टीका प्रमुख अजय एडवर्ड्सको राजनीतिक दृष्टिकोण, नीति र दृष्टिकोणलाई गाउँ–गाउँ र जन–जनसम्म पुर्यावउने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरियो। सभाका वक्ताहरूले चुनाउ तयारीलाई अझ सशक्त बनाउँदै सङ्गठनात्मक एकता, जनसम्पर्क विस्तार र श्रमिक तथा जनसाधारणको […] - [सिलगढ़ीमा माध्यमिक परीक्षा शान्तिपूर्ण](https://hamroprajashakti.co.in/secondary-exams-peaceful-in-siliguri/): पश्चिम बङ्गालभरि सोमवारदेखि माध्यमिक परीक्षा आरम्भ भएको छ। सिलगढ़ीका विभिन्न परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण रूपमा प्रक्रिया आरम्भ भयो। परीक्षार्थीहरू बिहानैदेखि तोकिएका निर्देशिका पालना गर्दै परीक्षामा सहभागी भए।कानून–व्यवस्था कायम राख्न सबै परीक्षा केन्द्रहरूमा पुलिस तैनाथ गरिएको थियो। परीक्षार्थीहरूलाई केन्द्रसम्म पुग्न कुनै कठिनाइ नहोस् भनी बिहान 8 बजीदेखि शहरका विभिन्न ट्राफिक बिन्दुहरूमा ट्राफिक पुलिस तैनाथ गरिएको थियो। केही घटनामा गलत परीक्षा केन्द्रमा पुगेका परीक्षार्थीहरूलाई ट्राफिक पुलिसले सहयोग गर्दै सही केन्द्रसम्म मार्गदर्शनसमेत गरेको थियो।परीक्षाको पहिलो दिन केन्द्रबाहिर धेरै अभिभावकहरू प्रतीक्षारत देखिए। परीक्षा स्थलहरूबाहिर बोर्डद्वारा जारी निर्देशन सूचना टाँसिएको थियो। दार्जीलिङ जिल्ला माध्यमिक बोर्डका संयोजक सुप्रकाश रोयले परीक्षा सुचारु रूपमा सम्पन्न गराउन प्रशासनले पूर्ण सहयोग […] - [कोचबिहार उड़ान सेवाप्रदायकलाई स्थान खाली गर्न निर्देश](https://hamroprajashakti.co.in/instructions-to-coch-bihar-flight-service-providers-to-vacate-the-space/): यो मानौँ कफिनमा अन्तिम काँटी ठोकिएको जस्तै हो। कोचबिहार–कलकत्ता उड़ान सेवा सञ्चालन गरिरहेको इण्डिया अन एअर कम्पनीलाई स्थान खाली गर्न भारतीय विमानस्थल प्राधिकरणले निर्देश दिएको छ। औपचारिक रूपमा 31 जनवरीदेखि सेवा बन्द हुने भनिएको थियो। तर व्यवहारमा त्यसअघि नै उड़ान सेवा बन्द भइसकेको छ। चालु महीनामा केवल 8 जनवरीमा मात्र कोचबिहारमा विमान अवतरण गरिएको थियो। यसबीच उड़ान कम्पनीले आफ्ना कर्मचारीहरूलाई यहाँबाट फिर्ता लिइसकेको छ। सम्पूर्ण उपकरणहरू पनि हटाउने तयारी आरम्भ भइसकेको छ।आगामी विधानसभा चुनाउअघि उड़ान सेवा बन्द भएको विषयबारे राजनीतिक आरोप–प्रत्यारोप आरम्भ भएको छ। विगत एक महीनादेखि विमानस्थल प्राधिकरण र प्रशासनले कोचबिहारमा विमान सेवा सञ्चालनमा राख्न विभिन्न तरिकाले प्रयास गरिरहेको […] - [सीमामा काँड़ा तारको घेरा लगाउन जमीन दिन इच्छुक किसानहरू](https://hamroprajashakti.co.in/farmers-willing-to-give-up-land-for-barbed-wire-fence-along-border/): हालै मालदा आएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले अनुप्रवेशकारीबारे कठोर सन्देश दिए। त्यसपछि हबीबपुर ब्लकका भारत–बङ्गलादेश सीमावर्ती क्षेत्रका किसानहरूले अनुप्रवेशकारी र तस्करी रोक्न काँड़ेतारको घेरा लगाउन स्वेच्छाले जमीन दिन इच्छुक भएको बताएका छन्। तिनीहरूले स्थानीय बीएसएफ क्याम्प र ब्लक प्रशासनसमक्ष लिखित आवेदन दिएका छन्। एसआईआर प्रक्रिया पूरा भएपछि जमीनको सर्वेक्षण आरम्भ गरिने प्रशासनले जनाएको छ।हबीबपुरको सीमावर्ती क्षेत्र खुल्ला रहेकाले अनुप्रवेशकारी र तस्करी निरन्तर भइरहेको छ। यसका कारण सर्वसाधारण किसानहरूलाई बेला–बेला पुलिसको हैरानी र बीएसएफको दबाउ सहनु पर्ने अवस्था आउँछ। यसकारण स्वेच्छाले जमीन दिन इच्छा व्यक्त गरिएको श्रीरामपुर ग्राम पञ्चायतअन्तर्गत सिङ्गाबाद क्षेत्रका वासिन्दा विनय मण्डलले बताए। मण्डलले भने, बङ्गलादेशी दुष्कर्मीहरूले कहिलेकाहीँ हाम्रो […] - [भाजपा सांसद खगेन मुर्मूको श्रीमती तृणमूलमा सामेल](https://hamroprajashakti.co.in/bjp-mp-khagen-murmus-wife-joins-trinamool/): भाजपा सांसद खगेन मुर्मूको श्रीमती अरुणा मार्डी तृणमूल कङ्ग्रेसमा सामेल भएकी छन्। बुधवार तृणमूल भवनमा शिक्षामन्त्री ब्रात्य बासु र वनमन्त्री बिरबहा हाँसदाको उपस्थितिमा अरुणा मार्डीले तृणमूलको झण्डा थामिन्। तृणमूलको झण्डा हातमा लिएपछि अरुणाले भनिन्, म सीपीएम र भाजपामा पनि थिएँ। तर त्यहाँ मलाई त्यति स्थान मिलेन। म एससी र एसटी महिलाहरूका लागि अझ बढ़ी कार्य गर्न चाहन्छु, त्यसैले यस दलमा आएको हुँ।ब्रात्य बासुले भने, एक समय अरुणा सीपीएममा थिइन्। तिनी लोकतान्त्रिक महिला मोर्चाकी नेतृ पनि थिइन्। पछि तिनी भाजपामा प्रवेश गरिन्। खगेन मुर्मू जब सीपीएम त्यागेर भाजपामा गइन् र मालदा उत्तर लोकसभा क्षेत्रका उम्मेदवार बनिन् त्यति बेला प्रचारमा अरुणा पनि […] - [प्रशान्त बर्मनको घरमा रहस्यमय समूह](https://hamroprajashakti.co.in/mysterious-group-at-prashant-burmans-house/): सोमवार बिहान शिवमन्दिरस्थित एसपी शर्मा रोडमा रहेको प्रशान्त बर्मनको घरमा पाँचजनाको एउटा रहस्यमय समूह देखियो। दुईवटा गाड़ीमा केही ठूल्ठूला झोलाहरूमा धेरै सामग्री भरेर त्यस समूहले त्यहाँबाट हतारिँदै सुइँकुच्चा ठोक्यो। टाउकोमा पट्टी बाँधेको र निलो रङको मास्क लगाएको एक व्यक्ति पनि त्यस समूहमा थिए। त्यो व्यक्ति नै वास्तवमा प्रशान्त बर्मन हुन सक्ने अनुमान गरिएको छ। त्यसो भए के घरमा राखिएका गोप्य कागजात र नगद राशि निकाल्नकै लागि मुख छोपेर प्रशान्त बर्मन सिलगढ़ी आएका थिए? यस्तै प्रश्न अहिले उठिरहेको छ। सोमवार बिहान लगभग 11.30 बजी चारैतिर गणतन्त्र दिवसको कार्यक्रम चलिरहेका बेला त्यस रहस्यमय समूहले गेटको ताला खोलेर एसपी शर्मा रोडको घरभित्र प्रवेश […] - [बर्धमान रोड फ्लाइओभरको उद्घाटन पोष्टपोण्ड](https://hamroprajashakti.co.in/inauguration-of-bardhaman-road-flyover-postponed/): बर्धमान रोड फ्लाइओभरको उद्घाटन अझै पछि सरेको छ। रेल्वेले फ्लाइओभरको कार्य अझै पूरा गर्न नसक्दा 31 मार्चसम्म समय मागेको छ। एसआईआरको काम जसरी अघि बढ़िरहेको छ, त्यसअनुसार मार्चमै चुनाउको घोषणा हुन सक्ने सत्तारूढ़ दलको अनुमान छ। यस्तो अवस्थामा मोडल कोड अफ कण्डक्ट लागू भए उद्घाटन र शिलान्यास रोक्नुपर्नेछ। यसकारण बर्धमान रोड फ्लाइओभरको उद्घाटन कार्यक्रम अनिश्चित बनेको छ। रेल्वेको भूमिकाप्रति सिलगढ़ीका मेयर गौतम देव अत्यन्तै क्षुब्ध बनेका छन्।2018 मा निर्माण कार्य आरम्भ भएको यो फ्लाइओभर पटक–पटक विभिन्न कारणले जटिलतामा परेको छ। आरम्भमा डिजाइनमा त्रुटि देखियो। त्यसपछि कोरोना महामारीको कारण निर्माण कार्य रोक्नुपर्यो । अन्ततः सबै अवरोध हटेपछि रेल्वेको डेक निर्माणको कार्यले […] - [पीड़ित परिवारहरूलाई सांसदद्वारा सहयोग प्रदान](https://hamroprajashakti.co.in/mps-provide-assistance-to-victim-families/): सांसद राजु विष्टले सन् 2025 मा उत्तर बङ्गालमा आएको भीषण प्राकृतिक आपदामा प्रभावित 12 परिवारहरूलाई मोठ 12 लाखको आर्थिक सहायता प्रदान गरेका छन्। उक्त आपदाले समतल भूभाग अनि पहाड़ी दुवै क्षेत्रमा व्यापक क्षति पुर्यातएको थियो जसको कारण कैयौँ ज्यान गएको थियो र धेरै परिवारहरू घरबारविहीन बनेका थिए।आपदाबारे जानकारी पाएपछि सांसद राजु विष्टले प्रभावित क्षेत्रहरूको भ्रमण गरेका थिए र पीड़ितहरूलाई सहयोगको आश्वासन दिँदै प्रत्येक प्रभावित परिवारलाई 1.8 लाख क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका थिए। आफ्नो प्रतिबद्धता पूरा गर्दै तिनले खरसाङमा आयोजित कार्यकर्ता महासङ्गम सार्वजनिक सभाको मञ्चबाट 12 प्रभावित परिवारहरूलाई प्रति परिवार 1 लाख रुपियाँको पहिलो किस्ता वितरण गरेका छन्। सूत्रअनुसार बाँकी […] - [आज समतल क्षेत्रमा पनि ब्याङ्क बन्द](https://hamroprajashakti.co.in/banks-closed-even-in-the-plains-today/): जलपाइगढ़ीका ब्याङ्क कर्मचारीहरूले मङ्गलवार ब्याङ्किङ क्षेत्रमा पाँच दिने कार्यसप्ताह लागू गर्नुपर्ने माग गर्दै राष्ट्रव्यापी हड़तालमा सहभागिता जनाए। सिलगढ़ी अनि वरिपरि क्षेत्रका ब्याङ्किङ संस्थाहरू आज पूर्ण रूपले बन्द राखियो। यसकारण जनसाधारणले चरम समस्या झेल्नु परेका छन्।यो हड़ताल युनाइटेड फोरम अफ ब्याङ्क युनियन (यूएफबीयू) ले आह्वान गरेको हो अनि शहरका ब्याङ्क कर्मचारीहरूले बिहानैदेखि विभिन्न सरकारी तथा निजी ब्याङ्कहरूअघि विरोध र्या्लीहरूमा सहभागिता जनाए।प्रदर्शनकारीहरूले नाराबाजी गर्दै पाँच दिने संरचित कार्यप्रणालीको मागलाई अघि सारे, र ब्याङ्किङ क्षेत्रमा राम्रो कार्य–जीवन सन्तुलन तथा कार्यक्षमता सुधारका लागि यो माग अति आवश्यक रहेको बताए। - [एसएसबी महानिर्देशकद्वारा पशुपति फाटक सीमा चौकीको निरीक्षण](https://hamroprajashakti.co.in/ssb-director-general-inspects-pashupati-phatak-border-post/): सशस्त्र सीमा बल (एसएसबी)की महानिर्देशक रेखा लोहानी (आईपीएस) ले आठौँ वाहिनीअन्तर्गत सीमा चौकी पशुपति फाटकको भ्रमण गरेकी छन्। तिनलाई पशुपति फाटक आइपुग्दा वाहिनीका कमाण्डेण्ट मितुल कुमारले भव्य स्वागत गरे। भ्रमणका क्रममा कम्पनी कमाण्डर तथा सहायक कमाण्डेण्ट सिकन्दर कुमारले वाहिनीको कार्यक्षेत्र र सीमा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी गराए। महानिर्देशकले सीमा चौकीबाट सञ्चालित सुरक्षा गतिविधिहरूको गहन निरीक्षण गरिन्।क्षेत्रमा हालै प्राप्त गरिएका विभिन्न परिचालन सफलताहरूबारे जानकारी लिँदै महानिर्देशक लोहानीले टोलीको कार्यकुशलताको प्रशंसा गरिन्। तिनले पशुपति फाटकमा तैनाथ महिला तथा पुरुष सुरक्षाकर्मीहरूको ड्युटी अवस्थाको पनि निरीक्षण गरिन्। कठिन परिस्थितिमा पनि जवानहरूले देखाएका कर्तव्यनिष्ठा र समर्पणको सम्मान गर्दै तिनले आगामी दिन पनि यसरी नै हौसलासहित […] - [बक्साको जङ्गलमा ठूलो आकारको बाघ](https://hamroprajashakti.co.in/a-large-tiger-in-the-forest-of-baksa/): 15 जनवरीदेखि अहिलेसम्म पनि बक्सा बाघ परियोजनाको घना जङ्गलमा बाघ घुम्दै आइरहेको छ। बुधवार राति बक्सा बाघ परियोजना प्राधिकरणले चारवटा ट्र्याप क्यामेरामा कैद भएको रोयल बङ्गाल टाइगरको तस्बिर सार्वजनिक गरेको छ। साथै यसपल्ट वन अधिकारीहरूले पहिलोचोटि उक्त रोयल बङ्गाल टाइगरको गर्जन आफ्नै कानले सुनेको दाबी गरेका छन्।बक्सा बाघ परियोजनाको तर्फबाट देहरादूनस्थित वाइल्ड लाइफ इन्स्टिच्युट अफ इण्डियामा बक्सामा रहेका हालको बाघका तस्बिरहरू पठाइएको थियो। ती तस्बिरहरूको विश्लेषणपछि बाघ विज्ञहरूले यसपल्टकको बाघ सन् 2021 अनि 2023 मा देखिएका बाघहरूभन्दा आकारमा धेरै ठूलो भएको पुष्टि गरेका छन्।बक्सा बाघ परियोजनाका पश्चिम उपक्षेत्रका उपक्षेत्र अधिकारी हरिकृष्णन पीजेले भने, यसपल्टकको बाघ आकारमा मात्र विशाल होइन तर […] - [सिलगढ़ीका विधायक शङ्कर घोष अनशनमा](https://hamroprajashakti.co.in/siliguri-mla-shankar-ghosh-on-hunger-strike/): जति–जति चुनाउ नजिकिँदै गइरहेको छ त्यति नै राजनीतिक तापक्रम पनि बढ्दै गइरहेको छ। यसै क्रममा विधायक क्षेत्र विकास कोषको रकम प्रयोग गर्न अवरोध गरिएको आरोप लगाउँदै सिलगढ़ीका विधायक तथा विधानसभामा भाजपाका प्रमुख सचेतक शङ्कर घोषले राज्य सरकार र जिल्ला प्रशासनको विरोधमा अनशन आरम्भ गरेका छन्। बिहीवार सिलगढ़ीको हातीमोड़ क्षेत्रमा पार्टी नेतृत्वका केही सदस्यहरूसहित तिनी अनशनमा बसेका हुन्। आज अनशन मञ्चमा भाजपाको सिलगढ़ी साङ्गठनिक जिल्लाका सह–अध्यक्ष राजु साहा, सिलगढ़ी नगर निगमका प्रतिपक्ष नेता अमित जैन, तीनजना भाजपाका काउन्सिलरसहित अन्य नेताहरू पनि उपस्थित थिए।शङ्कर घोषको आरोपअनुसार तिनको विधायक क्षेत्र विकास कोषबाट शहरका विभिन्न परियोजनाका लागि विनियोजित रकम विभिन्न बहाना लगाएर रोकिएको छ। […] - [15 वर्षमै आमा-बाबा बन्ने 28 हजार](https://hamroprajashakti.co.in/28000-to-become-parents-within-15-years/): आँखा तिरिमिरी हुने अवस्था छ। मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा लोजिकल डिस्क्रिपेन्सीको सीमामा कोचबिहार जिल्लाबाट बाहिर आएको तथ्याङ्कले सबैलाई चकित पारेको छ। तथ्याङ्कअनुसार, जिल्लामा लगभग 28 हजार यस्ता व्यक्ति छन् जसको उमेर तिनीहरूको बाबा वा आमासित केवल 15 वर्षको फरक देखिएको छ। त्यसो भए के यति धेरै मानिसहरू केवल 15 वर्षकै उमेरमा आमा वा बाबा बनेका हुन्? यो प्रश्न अहिले जिल्लामा एसआईआर कार्यमा संलग्न अधिकारीहरू तथा चुनाउ आयोगका अधिकारीहरूबीच चलिरहेकै छ। यति मात्र होइन लगभग 37 हजार दम्पत्तीको उमेर अन्तर 50 वर्ष देखिएको छ। एसआईआरको सुनुवाइ प्रक्रियाबारे पहिलेदेखि नै सम्पूर्ण राज्यमा हलचल मच्चिएको छ। यस विषयमा तृणमूल र […] - [शिक्षक–कर्मचारीलाई हेल्थ स्किममा समेट्न मुख्यमन्त्रीलाई मन्त्रीको पत्र](https://hamroprajashakti.co.in/ministers-letter-to-the-chief-minister-to-include-teachers-and-employees-in-the-health-scheme/): विधानसभा चुनाउ नजिक आइरहेको छ। यस्तो परिस्थितिमा राज्यका सरकारी सहायता प्राप्त विद्यालयका शिक्षक–शिक्षिका अनि शिक्षाकर्मी साथै सहायता प्राप्त कलेज र विश्वविद्यालयका शिक्षाकर्मीलाई पनि वेष्ट बेङ्गल हेल्थ स्किममा समेट्ने माग गर्दै स्वयम् राज्यका शिक्षा राज्यमन्त्री सत्यजित बर्मन मुखर बनेका छन्। सत्तारूढ़ दलका एक शीर्ष नेतालाई सत्यजितले 13 जनवरीमा लेखेका यस सम्बन्धी पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ। सोमवार सत्यजितले भने, वेष्ट बेङ्गल तृणमूल प्राइमरी टिचर्स एसोसिएशन (डब्ल्यूबीटीपीटीए) तर्फबाट मलाई यस्तो आवेदन आएको थियो। यस विषयमा मैले शिक्षा विभागका अधिकारीहरूसित विस्तृत रूपमा छलफल गरेँ। सरकारी कर्मचारीसितै सरकारी विद्यालय र कलेजका शिक्षक तथा कर्मचारी वेष्ट बेङ्गल हेल्थ स्किमअन्तर्गत छन्। तर सहायता प्राप्त तथा […] - [सौरभकान्ति मण्डल राजगञ्जका बीडीओ जिम्मावारीमा](https://hamroprajashakti.co.in/saurab-kanti-mandal-takes-charge-as-bdo-of-rajganj/): सर्वोच्च न्यायालयले सल्टलेकको दत्ताबादमा सुन व्यवसायी स्वप्न कामिल्याको अपहरण तथा हत्या प्रकरणमा राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई आत्मसमर्पण गर्ने आदेश दिएको थियो। उक्त आदेशको 24 घण्टाभित्रै प्रशान्त बर्मनलाई राजगञ्जको बीडीओ पदबाट हटाइयो। तिनको स्थानमा सौरभकान्ति मण्डललाई जिम्मावारी दिइएको छ। यसअघि सौरभकान्ति मण्डल राजगञ्जकै संयुक्त बीडीओ पदमा कार्यरत थिए। मङ्गलवार नयाँ जिम्मावारी सम्हालेका बीडीओ सौरभलाई स्थानीय विधायक खगेश्वर रायले सम्मान गरे। तिनले अब उक्त ब्लकमा कार्यले गति लिने आशा व्यक्त गरे। खगेश्वर रायले भने, अवरोधमा परेको प्रशासनिक काम अब अघि बढ्नेछ। सर्वसाधारण मानिसहरू लाभान्वित हुनेछन्। जनताको विकास सम्बन्धी कार्य अड्किएको थियो।गत 29 अक्टोबरमा न्यू टाउनको यात्रागाछीबाट सुन व्यवसायी स्वप्नको शव उद्धार गरिएको […] - [एसएसबीद्वारा ब्युटिशियन तालिम सम्पन्न](https://hamroprajashakti.co.in/ssb-completes-beautician-training/): सशस्त्र सीमा बल (एसएसबी)को आठौँ वाहिनीद्वारा सीमावर्ती क्षेत्रका युवतीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यमा आयोजित 30 दिने ब्युटिशियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। वाहिनीका कमाण्डेण्ट मितुल कुमारको मार्गदर्शनमा बाघखोर क्षेत्रमा यस तालिमको समापन कार्यक्रम आयोजना गरियो। देशबन्धु व्यावसायिक प्रशिक्षण संस्थान, सिलगढ़ीद्वारा सञ्चालित यो प्रशिक्षण कार्यक्रम गत 18 दिसम्बरदेखि 17 जनवरीसम्म चलेको थियो। मिरिक र यसको वरिपरि क्षेत्रका मोठ 35 जना युवतीहरूले यस व्यावसायिक ब्युटिशियन तालिममा सहभागिता जनाएका थिए। यस तालिमले सीमावर्ती क्षेत्रका युवतीहरूलाई आफ्नै गाउँ-ठाउँमा बसेर सीप सिक्ने सुविधा प्रदान गरेको छ।समापन समारोहलाई सम्बोधन गर्दै आठौँ वाहिनीका कमाण्डेण्ट मितुल कुमारले भने, सेवा, सुरक्षा र बन्धुत्वको मूल मन्त्रसित सशस्त्र सीमा बल तपाईँहरूको सेवा […] - [फूलबारीमा सूर्य सेन महाविद्यालयको दोस्रो क्याम्पसको शिलान्यास](https://hamroprajashakti.co.in/foundation-stone-laid-for-second-campus-of-surya-sen-college-in-phulbari/): फूलबारी–1 ग्राम पञ्चायतअन्तर्गत साहुडाङ्गी क्षेत्रमा सोमवार सूर्य सेन महाविद्यालयको दोस्रो क्याम्पसको शिलान्यास गरिएको छ। कार्यक्रममा सिलगढ़ी नगर निगम मेयर गौतम देव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। मेयर गौतम देवको बाहुलीबाट आज महाविद्यालयको दोस्रो क्याम्पसको शिलान्यास गरिएको हो।आजको शिलान्यास कार्यक्रममा सिलगढ़ी–जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीका अध्यक्ष दिलीप दुग्गड़, उपमेयर रञ्जन सरकार, सञ्जय तिब्रेवाला, कलेजका अधिकारीहरू, विद्यार्थीहरू तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।नयाँ क्याम्पस लगभग तीन ऐकर जमीनमा निर्माण गरिनेछ र यो परियोजना चरणबद्ध रूपमा सम्पन्न गरिनेछ। पहिलो चरणमा अनुमानित लगभग एक करोड़ पचास लाख रुपियाँको लागतमा घेराबारी निर्माणको कार्य आरम्भ गरिनेछ। त्यसपछि आउने चरणहरूमा क्याम्पस पूर्ण गर्न आवश्यक अन्य पूर्वाधार तथा विकास […] - [बक्सा बाघ परियोजनाको जङ्गलमा बाघको पाइला](https://hamroprajashakti.co.in/tiger-footprints-in-the-forest-of-the-baksa-tiger-project/): बक्सा बाघ परियोजनाको जङ्गलमा तृणभोजी र मांसाहारी जनावरहरूको गणना कार्य आरम्भ भएको छ। यही गणनाका क्रममा बाघको पाइलाको छाप पनि फेला परेको छ। यसअघि बक्सामा ट्र्याप क्यामेरामा रोयल बेङ्गल टाइगरको तस्वीर कैद भएको थियो। ट्र्याप क्यामेरामा बाघको तस्वीर देखिएपछि बक्सा बाघ परियोजनाका अधिकारीदेखि वनकर्मीहरू सबै उत्साहित भएका थिए। नेउरा भ्याली राष्ट्रिय निकुञ्जपछि बक्सा बाघ परियोजनाको जङ्गलमा पनि बाघको तस्वीर कैद भएको थियो। यस बाघ परियोजनामा सन् 1998 पछि सन् 2021 मा अनि सबैभन्दा पछिल्लोपल्ट सन् 2023 मा ट्र्याप क्यामेरामा बाघको तस्वीर कैद भएको थियो। त्यसपछि फेरि दुई वर्षपछि बक्सामा रोयल बेङ्गल टाइगरको तस्वीर देखिएको थियो। यसपल्ट बाघको पाइलाको छाप पनि […] - [मुख्यमन्त्रीद्वारा महाकाल मन्दिरको शिलान्यास](https://hamroprajashakti.co.in/chief-minister-lays-foundation-stone-of-mahakal-temple/): मतिगढ़ामा महाकाल मन्दिर निर्माण कार्यको शिलान्यास समारोहमा उपस्थित भएर नाम नलिईकनै विपक्षीलाई कठोर सन्देश दिँदै मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, कसैले पनि म पञ्जिका–टञ्जिका हेर्दिनँ भनेर नसोचून्। 4.15 पछि शुभ समय थियो, म त्यसैअनुसार यहाँ आएकी हुँ। राज्य विधानसभाको चुनाउ नजिकिँदै गर्दा त्यसको पूर्वसन्ध्यामा सिलगढ़ीमा यो विशाल मन्दिर परियोजनाको आरम्भले बङ्गालको राजनीति तात्तिएको छ। चुनाउअघि साम्प्रदायिकता र धर्मलाई हतियार बनाएर तृणमूलले मतपेटिका भर्न खोजिरहेको भाजपाको तर्फबाट आरोप लगाइएको थियो। आज ती अड़कलबाजी र हिन्दुत्वबारे विपक्षीको एकाधिकार दाबीको मुख्यमन्त्रीले प्रत्यक्ष प्रत्युत्तर दिइन्। शास्त्रीय समय वा तिथिअनुसार कार्यक्रममा सहभागी भएर तिनले पञ्जिका र हिन्दू रीतिरिवाज पालना गर्न आफू पनि उत्तिकै दक्ष रहेको सन्देश […] - [निरपानियाबाट बालिका बेपत्ता](https://hamroprajashakti.co.in/girl-goes-missing-from-nirpaniya/): निरपानी शान्तिग्राम निवासी 14 वर्षीय प्रीति लोहार बेपत्ता बनेकी जानकारी प्राप्त भएको छ। गत 15 जनवरीको बिहान लगभग 4 बजीदेखि प्रीति आफ्नो निजी वासस्थानदेखि नै लापता बेनेकी हुन्। परिवारले चारैतिर सोधखोज गर्दा पनि तिनीबारे पत्तो लगाउन सकेको छैन। खोजी गरेर पनि पत्तो नलागेपछि पानीघट्टा पुलिस थानामा प्रीति बेपत्ता बनेको घटनाबारे बिहीवार प्राथमिकी दर्ता गराइएको परिवार पक्षले जनाएको छ।कमला लोहारद्वारा गरिएको प्राथमिकीमा प्रीतिसितै निरपानियाको तोरीबारी निवासी रेणु शर्मा (17 वर्ष) पनि बेपत्ता बनेकी छन्। प्राथमिकीमा उल्लेख गरिएअनुसार 14 जनवरीको दिन रेणु शर्मा प्रीतिको घरमा आएर बसेकी थिई। तर बिहान लगभग 4 बजी ती दुवै घरबाट बेपत्ता बनेका हुन्।निरपानी कोलाबारी नेपाली जुनियर […] - [जलपाइगढ़ी सर्किट बेञ्चको नयाँ भवन उद्घाटन हुने](https://hamroprajashakti.co.in/new-building-of-jalpaiguri-circuit-bench-to-be-inaugurated/): कलकत्ता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चको नव–निर्मित भवनको उद्घाटन आगामी 17 जनवरीको दिन हुने तय भएको छ। उद्घाटनलाई लक्षित गर्दै भवनलाई बत्तीले सजाइएको छ भने अन्तिम तयारी तीव्र रूपमा अघि बढ़िरहेको छ।सिलगढ़ी नगर निगमका मेयर गौतम देबले उद्घाटनको तयारीसितै व्यवस्थाको समीक्षा गर्न स्थलको निरीक्षण गरे। तिनीसित जलपाइगढ़ी नगरपालिकाका अध्यक्ष सैकत चट्टोपाध्याय पनि उपस्थित थिए। तिनीहरूले नयाँ परिसरको पूर्वाधार, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापन पक्षको निरीक्षण गरे। आधिकारिक सूअनुसार उद्घाटन समारोहमा भारतका प्रधान न्यायाधीशको उपस्थिति रहने अपेक्षा गरिएको छ।निरीक्षणका क्रममा बोल्दै मेयर गौतम देबले जलपाइगढ़ी सर्किट बेञ्चको स्थापनाले उत्तर बङ्गालका जनसाधारणको दीर्घकालीन माग पूरा भएको बताए। राज्य सरकारले सर्किट बेञ्च भवन […] - [जमीन फिर्ता गर्न जलपाइगढ़ी सदर महकुमा अधिकारीको आदेश](https://hamroprajashakti.co.in/jalpaiguri-sadar-subdistrict-officers-order-to-return-the-land/): यसै महीनाको 21 तारिखभित्र राधिका लाइब्रेरीको कब्जामा परेको मैनागुड़ीस्थित जमीनको सिमाना निर्धारण गरी उक्त स्थानमा खम्बा गाड्न जलपाइगढ़ी महकुमा अधिकारी तमोजित चक्रवर्तीले निर्देशन दिएका छन्। कब्जा गरिएको चार डेसिमल जमीनबाट अतिक्रमणकारीहरू हट्नुपर्ने आदेश पनि दिइएको छ। राधिका लाइब्रेरीको चार डेसिमल जमीन कब्जा गरिएको बताउँदै लगभग दुई वर्षअघि राधिका लाइब्रेरी विकास मञ्चले जिल्ला अधिकारीको कार्यालयमा उजुरी दिएको थियो।उक्त उजुरीका आधारमा जिल्ला अधिकारीको कार्यालयद्वारा जाँच गरिएको थियो। त्यसपछि यस विषयमा जलपाइगढ़ी महकुमा अधिकारीको न्यायालयमा सुनुवाइ आरम्भ भएको थियो। पटक–पटक सुनुवाइपछि बुधवार मैनागुड़ी ब्लक भूमि कार्यालयका अधिकारीलाई कब्जा गरिएको जमीन पहिचान गरी लाइब्रेरीको जिम्मामा फिर्ता गराउन महकुमा अधिकारीले निर्देशन दिएका छन्। उक्त दिनको […] - [बीएलओद्वारा रुपियाँ माग गरिएको आरोप](https://hamroprajashakti.co.in/allegations-of-blo-demanding-money/): मोहम्मद सद्दाम होसैन सिलगढ़ी महकुमा परिषदअन्तर्गत पर्ने मतिगढ़ा–नक्सलबारी विधानसभा क्षेत्रको नक्सलबारीस्थित तोताराम जोत मदरसा बस्तीका वासिन्दा हुन्। पेशागत कारणले तिनी पत्नी र सन्तानसहित बेङ्गलुरुमा बसोवास गर्दै आइरहेका छन्। त्यहाँ तिनी एक निजी संस्थामा कार्यरत छन्। तर तिनका परिवारका बाँकी सदस्यहरू नक्सलबारीमै बस्दै आइरहेका छन्। एसआईआरको सुनुवाइका लागि सद्दामलाई बोलाइएको थियो। तिनका परिवारका लगभग 12 जना सदस्यहरूको कुनै समस्या नदेखिए पनि सद्दामको नाममा भने सुनुवाइको पत्र आएको थियो। गत हप्ता बिहीवार तिनका घरमा सुनुवाइ सम्बन्धी नोटिश पुगेको थियो। त्यसअनुसार परिवारले सद्दामसित सम्पर्क गरी मङ्गलवार सुनुवाइमा उपस्थित हुनुपर्ने जानकारी दियो। तर चुनाउ आयोगको निर्देशिकाअनुसार अन्य राज्यमा काम गर्ने श्रमिकहरूको हकमा परिवारका अन्य […] - [लागू औषधी कारोबारी पक्राउ](https://hamroprajashakti.co.in/drug-dealer-arrested/): एक समय फूटपाथमा माछा बेच्ने व्यक्ति दुई दशकभित्रै तिनी केही हजार करोड़का मालिक बने। यसका पछाड़ि लागू औषधी कारोबार थियो। कालियाचकको अन्तर्राष्ट्रिय लागू औषधी कारोबारका किङपिनसहित दुईजनालाई मालदा पुलिसले कलकत्ताबाट पक्राउ गरेको छ। तिनीहरू काका–भतिज हुन्। कलकत्ताको एण्टाली क्षेत्रस्थित लगभग तीन करोड़ रुपियाँ मूल्यको एउटा फ्ल्याटबाट लागू औषधी कारोबारका ती दुई मास्टरमाइण्डलाई कालियाचक थाना पुलिसले पक्राउ गरेको हो। मङ्गलवार पक्राउ परेका यी लागू औषधी किङपिनहरूलाई मालदा न्यायालयमा प्रस्तुत गरेपछि न्यायाधीशले तिनीहरूलाई सोधपुछका लागि आठ दिनको पुलिस हिरासतमा पठाउने आदेश दिए। पक्राउ परेकाहरूको नाम एनारुल शेख र शौकत शेख हो। यस गिरोहको मुख्य व्यक्ति एनारुल नै हुन्। तिनी युवाहरूलाई लागू औषधी […] - [समिक भट्टाचार्यले सिलगढ़ीमा जनसभा सम्बोधन गर्ने](https://hamroprajashakti.co.in/samik-bhattacharya-to-address-public-meeting-in-siliguri/): भारतीय जनता पार्टी (भाजपा) का प्रदेश अध्यक्ष समिक भट्टाचार्यले शनिवार डाबग्राम–फूलबारी विधानसभा क्षेत्रअन्तर्गत इष्टर्न बाइपासस्थित ढाकेश्वरी काली मन्दिर मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रमको तयारी हाल तीव्र रूपमा भइरहेको छ। शुक्रवार डाबग्राम–फूलबारीका भाजपा विधायिका शिखा च्याटर्जीले कार्यक्रम स्थलको भ्रमण गरेर तयारीको समीक्षा गरिन्। निरीक्षणका क्रममा तिनले आयोजकहरूसित छलफल गर्दै कार्यक्रमलाई सुचारु रूपमा सम्पन्न गर्न आवश्यक निर्देशनहरू दिइन्।पार्टीको परिवर्तन संकल्प सभाअन्तर्गत आयोजना हुन लागेको यस सार्वजनिक सभाको उद्देश्य भाजपाको सन्देश सिधै जनतासम्म पुर्या उनु रहेको छ। पार्टी सूत्रअनुसार आगामी विधानसभा चुनाउलाई ध्यानमा राख्दै यस सभामा पार्टीका कार्यकर्ता तथा नेताहरूलाई महत्त्वपूर्ण दिशानिर्देशहरू पनि प्रदान गरिने सम्भावना छ।कार्यक्रमबारे […] - [टिकट दिए चुनाउ लड्ने राजेन मुखिया](https://hamroprajashakti.co.in/rajen-mukhiya-who-will-contest-the-election-given-a-ticket-will-be-counted/): भारतीय जनता पार्टीले सक्षम सम्झेर टिकट दिए यसपालि विधानसभा चुनाउमा उम्मेद्वारको रूपमा चुनाउ लड्ने भाजपा दार्जीलिङका उपाध्यक्ष राजेन मुखियाले मन्तव्य गरेका छन्। आज मिरिकमा पार्टी कार्यालय उद्घाटन गरेपछि पत्रकारहरूसित कुराकानी गर्ने क्रममा तिनले यस्तो मन्तव्य दिएका हुन्। हाल विभिन्न सोशियल मिडिया प्लेटफर्महरूमा आफूलाई भाजपाले खरसाङ विधानसभा क्षेत्रको उमेद्वार बनाउने अड़कलबाजी चल्दै आइरहेको विषयमा बोल्दै तिनले त्यसबारे हालसम्म कुनै प्रतिक्रिया व्यक्त गरेका थिएनन्। तथापि टिकट दिए खरसाङ विधानसभा क्षेत्रबाट आफू चुनाउ लड्न तयार रहेको तिनले बताए।यता टिकट नदिए पनि एक कर्मठ पार्टी कार्यकर्ताको रूपमा चुनाउमा सक्रिय रहने पनि तिनले बताएका छन्। यसपालि पश्चिम बङ्गालमा भाजपाको सरकार बन्ने दाबी गर्दै तिनले डबल […] - [4 लाख मानिसहरूलाई नोटिश पठाउने चुनाउ आयोगको तयारी](https://hamroprajashakti.co.in/election-commission-prepares-to-send-notices-to-4-lakh-people/): तथ्यगत (लोजिकल) असङ्गतिका कारण कोचबिहार जिल्लामा लगभग 4 लाख मानिसहरूलाई सुनुवाइका लागि बोलाइने सम्भावना रहेको छ। जिल्ला प्रशासन सूत्रबाट यस्तै जानकारी सार्वजनिक भएको हो। मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) अन्तर्गतको सुनुवाइ चरणमा अहिलेसम्म ती व्यक्तिहरूलाई मात्र बोलाइँदै थियो जसले 2002 को सूचीसित कुनै प्रकारको लिङ्क (परिवारका सदस्यको सम्बन्ध) देखाउन सकेका थिएनन्। तर अब तथ्यगत असङ्गतिका कारण जिल्लाका नौवटै विधानसभा क्षेत्रबाट प्रत्येक क्षेत्रमा लगभग 20 देखि 40 हजार मानिसहरूलाई सुनुवाइका लागि बोलाइने सम्भावना रहेको खबर छ। यो खबर बाहिरिएसितै विभिन्न क्षेत्रमा चिन्ता बढ़ेको छ।नयाँ रूपमा धेरै मानिसहरू हैरानीको शिकार हुन सक्ने अड़कल राजनैतिक वृत्तमा चल्न थालेको छ। तथ्यगत असङ्गतिका कारण […] - [गाउँवासी आफैले सड़क मरम्मती गर्ने](https://hamroprajashakti.co.in/villagers-will-repair-the-road-themselves/): मिरिक खण्डअन्तर्गत मिरिक सिलगढ़ी मुख्य सड़कदेखि सिंगबुली निम्न प्रान्ततर्फ जाने मुख्य सड़कको अवस्था अत्यन्तै दयनीय र जीर्ण बनेको छ। वर्षौँदेखि मरम्मती तथा स्तरोन्नतिमा अदेखा हुँदा स्थानीय वासिन्दाहरूले दैनिक आवत–जावत, स्वास्थ्य सेवा, शिक्षा र आपतकालीन सेवामा गम्भीर समस्या भोग्दै आइरहेका छन्।विगतका वर्षहरूमा पटक–पटक चुनाउ आए पनि नेताहरूले केवल आश्वासन मात्र दिएका र ठोस पहल नगरेका स्थानीय मानिसहरूको आरोप छ। यसै सन्दर्भमा सिङबुली निम्न प्रान्तका पञ्चायत सदस्य रोजेस थापाले गाउँवासीको पक्षमा विशेष प्रेस विज्ञप्ति जारी गरेर २५ नम्बर समष्टिका सभासद, जीटीए चीफ अनि सांसद राजु विष्टलाई औपचारिक पत्राचार गरेको बताएका छन्। प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, सम्बन्धित निकायबाट शीघ्र सकारात्मक प्रत्युत्तर नआए गाउँवासी […] - [डाउहिलमा विरल प्रजातिको हिरण](https://hamroprajashakti.co.in/rare-species-of-deer-in-dowhill/): वर्षको आरम्भमै राज्य वन विभागका लागि अत्यन्तै खुशीको खबर आएको छ। पहाड़ी जङ्गलहरूमा प्रायः कालो चितुवा देखा पर्दै आएको बेला यसपल्ट दार्जीलिङ पहाड़को जङ्गलमा कालो हरिण देखा परेको छ। राज्यको इतिहासमै पहिलोपल्ट सार्वजनिक रूपमा कालो हरिण देखिएको वन विभागले दाबी गरेको छ। वन विभाग सूत्रअनुसार लगभग दस लाख हरिणमध्ये यस्ता एक–दुईवटा मात्र कालो हरिण जन्मिने गर्छन्। त्यसैले बिहीवार बिहान उक्त हरिण देखिएसितै वन विभाग उत्साहित भएको हो। कारण देशभरि यस्तो कालो हरिण अत्यन्तै सीमित सङ्ख्यामा मात्र छन्। साथै जङ्गलभित्र घुमिरहेको उक्त कालो हरिणको दृश्य खरसाङ वन विभागका डीएफओ देबेश पाण्डे स्वयंले क्यामेरामा कैद गर्न सफल भएका हुन्।वन विभागअनुसार कालो चितुवालाई […] - [एसडीओ कार्यालयमा आगलागी](https://hamroprajashakti.co.in/fire-breaks-out-at-sdo-office/): सिलगढ़ीको एसडीओ कार्यालयमा आगलागी भएको छ। बुधवार अबेरर राति एसआईआर प्रक्रिया चलिरहेको बेला कार्यालयबाट धुवाँ निस्किएको देखियो। विषय नजरमा परेपछि प्रधाननगर थाना पुलिस अनि दमकल विभागलाई खबर गरियो। घटनास्थलमा दमकलका दुईवटा इञ्जिन पुगे। कर्मचारीहरूको तत्परतामा लगभग 30 मिनटभित्रै आगो नियन्त्रणमा ल्याउन सफल भयो। यस घटनामा कुनै मानवीय क्षतिको खबर नभए पनि ठूलो मात्रामा सरकारी कागजातहरू जलेर नष्ट भएको हुन सक्ने आशङ्का गरिएको छ। आगो कसरी लाग्यो भन्ने विषयबारे छानबिन भइरहेको छ।स्थानीय सूत्रअनुसार बुधवार राति लगभग 11.30 बजी एसडीओ कार्यालयभित्रबाट धुवाँ निस्किएको देखिएको थियो। त्यति बेला एसआईआरको काम चलिरहेको थियो। अचानक धुवाँ देखिएपछि तत्कालै प्रधाननगर थाना पुलिस र दमकल विभागलाई खबर […] - [टोय ट्रेनबारे जानकारीमूलक वृत्तचित्र](https://hamroprajashakti.co.in/informative-documentary-about-toy-trains/): सेतो धुवाँ उड़ाउँदै सिटी बजाउँदै बाङ्गोटिङ्गो पहाड़ी बाटो हुँदै दौड़िरहन्छ टोय ट्रेन। त्यो टोय ट्रेनसित जोड़िएको नोस्टाल्जिया विश्वभरि फैलिएको छ। टोय ट्रेन चढ्न नआएको को नै छ र? बेलायतमा फ्रेण्ड्स अफ टोय ट्रेन नामक संस्थासमेत स्थापना भइसकेको छ जसले संसारका विभिन्न भागका टोय ट्रेन प्रेमीहरूलाई प्रायः सिलगढ़ी आउँछ। जापानको टोकियो शहरका 84 वर्षे वासिन्दा सेइया सुगावारा निरन्तर 37 वर्षदेखि सिलगढ़ी आएर टोय ट्रेन चढ्दै आइरहेका छन्। मङ्गलवार तिनले अन्तिमपल्ट टोय ट्रेनबारे जानकारीमूलक वृत्तचित्र खिचेर लगे। किन? बढ्दो उमेरका कारण फेरि कहिल्यै यो देश आउन सक्लान् कि नसक्लान् भन्ने अनिश्चितता रहेकाले तिनले उक्त दिन आफै ट्रेन नचढ़ी साथीहरूको सहयोगमा वृत्तचित्रका लागि […] - [आसी घर आउटपोस्टद्वारा न्यानो कपड़ा वितरण](https://hamroprajashakti.co.in/warm-clothes-distribution-by-aasi-ghar-outpost-2/): जाड़ो बढ्दै गइरहेको अनि अत्यधिक चिसोले दैनिकी प्रभावित बनाइरहेको अवस्थामा विपन्न तथा असहाय परिवारहरूले सबैभन्दा कठिन अवस्थाको सामना गरिरहेका छन्। तिनीहरूलाई सहयोग पुर्यापउने उद्देश्यमा आसी घर आउटपोस्टका पुलिस कर्मचारीहरूले मानवीय पहल गर्दै गरीब मानिसहरूलाई न्यानो कपड़ा वितरण गरेका छन्।अफिसर–इन–चार्ज मृण्मय घोषको नेतृत्वमा पुलिस कर्मचारीहरूले आसीघर आउटपोस्ट क्षेत्रमा पर्ने विभिन्न बस्तीहरूमा पुगेर विपन्न परिवारहरूलाई व्यक्तिगत रूपमा न्यानो कपड़ा हस्तान्तरण गरे। उक्त कार्यक्रममा आउटपोस्टका अन्य पुलिस अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।जाड़ोमा आवश्यक सामग्री प्राप्त गरेपछि लाभान्वित परिवारहरूले खुशी र राहत व्यक्त गरे। यस अवसरमा बोल्दै ओसी मृण्मय घोषले यस्ता मानवीय कार्यक्रमहरू आगामी दिन पनि निरन्तर सञ्चालन गरिने बताए। साथै गरीब मानिसहरूबारे पुलिसलाई […] - [आसी घर आउटपोस्टद्वारा न्यानो कपड़ा वितरण](https://hamroprajashakti.co.in/warm-clothes-distribution-by-aasi-ghar-outpost/): जाड़ो बढ्दै गइरहेको अनि अत्यधिक चिसोले दैनिकी प्रभावित बनाइरहेको अवस्थामा विपन्न तथा असहाय परिवारहरूले सबैभन्दा कठिन अवस्थाको सामना गरिरहेका छन्। तिनीहरूलाई सहयोग पुर्यापउने उद्देश्यमा आसी घर आउटपोस्टका पुलिस कर्मचारीहरूले मानवीय पहल गर्दै गरीब मानिसहरूलाई न्यानो कपड़ा वितरण गरेका छन्।अफिसर–इन–चार्ज मृण्मय घोषको नेतृत्वमा पुलिस कर्मचारीहरूले आसीघर आउटपोस्ट क्षेत्रमा पर्ने विभिन्न बस्तीहरूमा पुगेर विपन्न परिवारहरूलाई व्यक्तिगत रूपमा न्यानो कपड़ा हस्तान्तरण गरे। उक्त कार्यक्रममा आउटपोस्टका अन्य पुलिस अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।जाड़ोमा आवश्यक सामग्री प्राप्त गरेपछि लाभान्वित परिवारहरूले खुशी र राहत व्यक्त गरे। यस अवसरमा बोल्दै ओसी मृण्मय घोषले यस्ता मानवीय कार्यक्रमहरू आगामी दिन पनि निरन्तर सञ्चालन गरिने बताए। साथै गरीब मानिसहरूबारे पुलिसलाई […] - [मालदामा बीएलओको मृत्यु](https://hamroprajashakti.co.in/blo-dies-in-maldama/): राज्यमा एसआईआरको सुनुवाइ चलिरहेको बेला फेरि एकजना बीएलओको मृत्यु भएको घटना सार्वजनिक भएको छ। बुधवार बिहान सबेरै मालदा जिल्लाको इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रअन्तर्गत फूलबारी पाकुड़तला क्षेत्रमा यो घटना भएको हो। मृत बीएलओको नाम सम्पृता चौधुरी सन्याल (48) हो। तिनी आईसीडीएस कर्मीका रूपमा कार्यरत थिइन्। इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रको 15 नम्बर वार्डअन्तर्गत 163 नम्बर बूथकी बीएलओ थिइन्। सम्पृताका पति अर्धेन्दु चौधुरीअनुसार एसआईआरको कार्यको अत्यधिक चापका कारण केही दिनदेखि नै सम्पृता बिरामी थिइन्। चिकित्सकले तिनलाई विश्राम लिन सल्लाह दिएका थिए। तर कामको चापका कारण तिनलाई विश्राम लिन खासै मौका मिलेन। जाड़ोका कारण तिनी निकै कष्ट पाइरहेकी थिइन्। यी सबै कारणले गर्दा मङ्गलवार मध्य राति […] - [एसएफआईद्वारा सिलगढ़ीमा डीआई कार्यालय घेराउ](https://hamroprajashakti.co.in/sfi-surrounds-di-office-in-siliguri/): सरकारी विद्यालयहरूमा अतिरिक्त शुल्क असुली, शिक्षक अभाव तथा पूर्वाधारको दयनीय अवस्थाको आरोप लगाउँदै स्टुडेण्ट फेडेरेशन अफ इण्डिया (एसएफआई)ले विरोध प्रदर्शन गरेको छ। सोमवार सिलगढ़ी शहरमा एसएफआई दार्जीलिङ जिल्ला समितिको पहलमा विरोध जुलुस आयोजना गरियो। जुलुसले शहरका विभिन्न महत्त्वपूर्ण मार्ग परिक्रमा गर्दै अन्ततः डीआई कार्यालयअघि पुगेर समापन भयो।यससितै प्रदर्शनकारीहरूले विभिन्न मागहरू अघि सारे। तिनीहरूको मागअनुसार सरकारी विद्यालयमा भर्नाका क्रममा कुनै पनि हालतमा अतिरिक्त शुल्क लिनु हुँदैन, विद्यालयहरूमा तत्काल विषयगत शिक्षक नियुक्ति गर्नुपर्छ र सरकारी विद्यालयहरूको पूर्वाधारको समग्र सुधार सुनिश्चित गर्नुपर्छ। लामो समयदेखि शिक्षक अभाव र पूर्वाधारको कमीका कारण अध्ययन–अध्यापनको वातावरण गम्भीर रूपमा प्रभावित भइरहेको छ एसएफआईको आरोप छ। यसको प्रत्यक्ष प्रभवा […] - [पैह्रो पीड़ित अनि विपन्नहरुलाई राहत बितरण](https://hamroprajashakti.co.in/relief-distribution-to-flood-victims-and-the-poor/): रामकृष्ण मिशन बेलुर मठद्वारा मिरिकको आले खेल मैदानमा गत वर्षको अक्टोबर महिनामा गएको पैह्रोका कारण प्रभावित डुप्टिन ग्राम पञ्चायत अनि पहिला गाउँ स्कुल डाँडा ग्राम पन्चायत दुइका पैह्राे प्रभावित अनि विपन्न परिवारका सदस्यहरुलाई राहत बितरण गरियो। अभियान अन्तर्गत समग्रमा ५७ परिवारलाई खाद्य सामाग्री, घर निर्माणको निम्ति छानो, ब्लांकेट, लुगा कपडा आदि बितरण गरियो। जसमा डुप्टिन ग्राम पञ्चायतका २३ परिवार अनि पहिला गाउँ स्कुल डाढा अधिनस्थ जिम्बा गाउँका ३४ परिवार रहेका छन। ग्राम पञ्चायत सदस्य सोनिया तामाङ अनि सौरेनीका पञ्चायत समिति सदस्य अदित्य प्रधानको नेतृत्वमा उक्त राहत बितरण गरिएको हो। प्रभावितहरुले मठप्रति आभार प्रकट गरे। उनीहरुले मठको तर्फवाट यस अघि पनि […] - [सिलगढ़ी नगर निगरमद्वारा 106 संस्थालाई नोटिश](https://hamroprajashakti.co.in/siliguri-municipal-corporation-issues-notices-to-106-organizations/): नगर निगम ऐनलाई अदेखा गर्दै राति सड़कमा फोहोर फाल्ने क्रम बढ़ेको छ। यसबारे नालिश प्राप्त भएपछि सिलगढ़ी नगर निगमको फोहोर व्यवस्थापन विभागले शहरका 106 संस्थालाई नोटिश जारी गरेको छ। सोलिड वेस्ट म्यानेजमेण्ट परियोजनाअन्तर्गत नगरकर्मीहरूले घर–घरबाट मात्र नभई सरकारी तथा निजी संस्थाहरूबाट पनि फोहोर सङ्कलन गर्छन्। यसका साथै नर्सिङहोम र सरकारी अस्पतालहरूबाट छुट्टै रूपमा मेडिकल फोहोर पनि सङ्कलन गरिन्छ। सङ्कलित फोहोर नगरपालिकाको डम्पिङ ग्राउण्डमा लगेर प्रशोधन गरिन्छ।तर केही व्यावसायिक संस्थाहरू नगरपालिकाको शहर सफा राख्ने पहलमा बाधा पुर्यापइरहेका छन् भन्ने गुनासो छ। राति पसल बन्द गर्नअघि तिनीहरूले सड़कमा फोहोर थुपारेर घर फर्किने गरेका छन्। यसको प्रभाव बिहान हिँड़डुल गर्ने सर्वसाधारणले भोग्नु परेको […] - [नयाँ वर्षमा दलसिंहपाड़ा चियाबारी सुचारु](https://hamroprajashakti.co.in/dalsinghpara-tea-plantation-reopens-in-the-new-year/): नयाँ वर्षको आरम्भसितै उत्तर बङ्गालका चियाबारीमा खुशीको खबर आएको छ। बाँकी तलब र बोनस नपाएको कारण लगभग साढ़े दुई वर्षदेखि बन्द रहेको अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकअन्तर्गत दलसिंहपाड़ा चियाबारी अन्ततः खोलिएको छ। चियाबारीका मालिक पक्ष र श्रमिक युनियनका नेताबीच बैठक भएपछि चियाबारी पुनः सञ्चालनमा आएको हो। शुक्रवार बिहानदेखि श्रमिकहरू चियाबारीमा पुगेर कार्य आरम्भ गरे।समस्याको सुरुआत सन् 2023 मा भएको थियो। पूजाअघि बोनस दिने विषयबारे कर्मचारीहरू र चियाबारीका मालिक पक्षबीच विवाद चर्किएको थियो। त्यहाँदेखि यता दलसिंहपाड़ा चियाबारी बन्द नै रहेको थियो। अन्ततः श्रमिक सङ्गठनका नेताहरूसित बैठक भएपछि कर्मचारीहरूले पुनः चियाबारीमा कार्य आरम्भ गरेका हुन्।यसबारे जानकारी दिँदै होलीअघि नै कर्मचारीहरूको बाँकी रकम भुक्तान […] - [चिकेन्स नेकबारे स्थानीय वासिन्दालाई नआत्तिन एसएसबी अधिकारीको आश्वासन](https://hamroprajashakti.co.in/ssb-official-assures-local-residents-not-to-panic-about-chicken-neck/): उत्तर बङ्गालमा भारत–बङ्गलादेश सीमामा रहेको चिकेन्स नेकबारे स्थानीय वासिन्दाहरूले चिन्ता लिनु नपर्ने सशस्त्र सीमा बल (एसएसबी) का अधिकारी सञ्जय सिङ्घलले आश्वासन दिएका छन्। सिमाना पूर्ण रूपले सुरक्षित रहेको तिनले बताएका छन्।सूत्रअनुसार आगामी 19 देखि 23 जनवरीसम्म सिलगढ़ीस्थित एसएसबीको मुख्यालयमा अल इण्डिया पुलिस ह्याण्डबल क्लष्टर आयोजना हुन गइरहेको छ। यस प्रतियोगिताको तयारीका रूपमा एक कार्यक्रम आयोजना गरिएको थियो। यस प्रतियोगितामा देशका विभिन्न भागबाट लगभग डेढ़ हजार सदस्यहरू सहभागी हुनेछन्। बिहीवार यस प्रतियोगिताको मस्कट सार्वजनिक गरियो।उक्त कार्यक्रममा सहभागी हुँदै सशस्त्र सीमा बलका अधिकारी सञ्जय सिङ्घलले यस प्रतियोगिताले देशका विभिन्न भागका सुरक्षा बलहरूबीच आपसी सौहार्द र समन्वयलाई अझ दह्रो बनाउने बताए। यसका साथै […] - [सफारी पार्कमा पर्यटकहरूको उल्लेखनीय उपस्थिति](https://hamroprajashakti.co.in/significant-presence-of-tourists-at-the-safari-park/): उत्तर बङ्गालको बङ्गाल सफारी पार्कमा सन् 2026 को नयाँ वर्षको पहिलो दिन पर्यटकहरूको अपार भीड़ देखियो। आधिकारिक सूत्रहरूअनुसार नयाँ वर्षको दिन 6600 भन्दा अधिक पर्यटकहरूले पार्कमा प्रवेश गरी जङ्गल सफारीको आनन्द लिए। यसकारण सम्पूर्ण सफारी परिसर पर्यटन गतिविधिले जीवन्त बनेको थियो।नयाँ वर्षको अवसरमा पार्कले लगभग 10 लाख रुपियाँको राजस्व आर्जन गरेको बताइएको छ। तर पर्यटकको उल्लेखनीय भीड़ र वर्षको सुरुआत उत्साहजनक भए पनि पार्कले गत वर्षको नयाँ वर्षमा कायम भएको 11 लाख रुपियाँभन्दा बढ़ीको राजस्व रेकर्ड भने तोड्न सकेन। विशेष गरी क्रिसमसको समयमा पर्यटक सङ्ख्यामा उल्लेखनीय वृद्धि भएपछि यो वर्ष नयाँ रेकर्ड बन्ने अपेक्षा गरिएको थियो। तर परिणाम अपेक्षाअनुसार आएन। […] - [मैनागुड़ीको पुरानो बजारमा आगलागी](https://hamroprajashakti.co.in/fire-breaks-out-in-mainaguris-old-market/): शुक्रवार बिहान जलपाइगढ़ी जिल्लाको मैनागुड़ी शहरस्थित पुरानो बजारमा भीषण आगलागी भएको छ। एकैचोटि धेरै पसलहरूमा आगो लागेको थियो। धुवाँ देखेपछि पहिले व्यापारीहरूले आफै आगो निभाउने प्रयास गरे। पछि दमकललाई खबर गरियो। खबर पाउन साथ दमकलका तीनवटा इञ्जिन घटनास्थल आएर आगो नियन्त्रणमा ल्याए। पछिल्लो जानकारीअनुसार यस आगलागीमा मोठ 12 वटा पसलहरूलाई क्षति पुगेको छ। स्थानीय सूत्रअनुसार शुक्रवार बिहान केही पसलबाट धुवाँ निस्किरहेको देखेपछि आगलागी भएको थाहा लाग्यो। त्यसपछि मैनागुड़ी र जलपाइगढ़ीबाट दमकलका इञ्जिन घटनास्थलमा आइपुगे। युद्धस्तरको तत्परताका साथ काम गर्दै दमकलकर्मीहरूले आगो नियन्त्रणमा ल्याए। कतै अझै पकेट फायर बाँकी छ कि छैन भन्ने विषयमा पनि जाँच भइरहेको छ। हालसम्म क्षतिको सटीक […] - [मिरिक पुलिसद्वारा ड्रग्ससित संलग्न व्यक्तिहरू पक्राउ](https://hamroprajashakti.co.in/mirik-police-arrest-people-involved-in-drugs/): मिरिक पुलिसले मिरिक थाना अधीनस्थ विभिन्न क्षेत्रमा नयाँ वर्षअघि ड्रग्स विरोधी अभियान चलाएर बितेको तीन-चार दिनमा ड्रग्ससित संलग्न 26 जनालाई पक्राउ गरेर अघिल्लो कारवाहीका लागि न्यायालय पठाएको छ। मिरिक महकुमाका एसडीपीओ विनोद कुमार मीनाले यसबारे जानकारी गराँउदै मिरिक पुलिसले 2025 भित्र मिरिकलाई ड्रग्समुक्त बनाउन छापा अनि सचेतना कार्यक्रम गरेको कारण मिरिकमा ड्रग्स सेवन र ओसार पोसारमा धेरै कमी आएको बताए।तिनले एसपी प्रवीण प्रकाश, एडिशनल एसपी खरसाङ अभिषेक रे-को कुशल नेतृत्वमा दार्जीलिङ पुलिसले विशेष ड्रग्स विरोधी अभियान चलाएको जानकारी गराए। मिरिक पुलिसले पनि मिरिक थाना क्षेत्रमा लामो समयदेखि ड्रग्स विरोधी अभियान चलाएको अनि यस अभियानमा मिरिक पुलिसलाई धेरै सफलता प्राप्त भएको […] - [उत्तर बङ्गालमा चिसोसितै हल्का–हल्का वर्षा](https://hamroprajashakti.co.in/light-rain-with-cold-in-north-bengal/): आकाश घना कालो बादलले ढाकेको छ। त्यससितै हल्का–हल्का वर्षा भइरहेको छ। चिसो हावा पनि बहिरहेको छ। संक्षेपमा भन्नुपर्दा सिलगढ़ीसहित सम्पूर्ण उत्तर बङ्गालको मौसम यस्तै छ। बिहानको तापक्रम 11 डिग्री थियो। दिउँसो तापक्रम केही बढ़े पनि चिसोको अनुभूति उस्तै रह्यो। सोमवारदेखि यस्तै प्रतिकूल मौसमले वासिन्दाहरू हैरान भएका छन्।जाड़ोको अनुभूति कम्ती गर्न कतै दाउरा बालेर मानिसहरूले शरीर तताइरहेका छन्। कतै घरमै रुम हिटर बालेर तापक्रम सामान्य राख्ने प्रयास भइरहेको छ। यस्तो मौसममा स्वाभाविक रूपमा सड़कमा मानिसको आवतजावत घटेको छ। आवश्यक परेकाहरू मात्र सड़कमा निस्कँदा टाउकोदेखि खुट्टासम्म न्यानो कपड़ाले शरीर ढाकिरहेका छन्। तर त्यसबाट पनि खासै धेरै आराम मिलेको छैन। सबैभन्दा दयनीय अवस्था […] - [सिलगढ़ी नगर निगमको प्लाटिनम भवन उद्घाटन](https://hamroprajashakti.co.in/inauguration-of-platinum-building-of-silgarhi-municipal-corporation/): नयाँ बोर्ड मिटिङ हलको उद्घाटनसितै सिलगढ़ी नगर निगमको प्लाटिनम भवनको औपचारिक उद्घाटन गरिएको छ। यद्यपि औपचारिक उद्घाटन नभए पनि नगर भवन यसअघि नै सञ्चालनमा आइसकेको थियो। मङ्गलवार सिलगढ़ी नगर निगमको नयाँ भवनको पाँचौँ तल्लामा निर्माण गरिएको उक्त बोर्ड मिटिङ हलको उद्घाटन गरिएको हो। उद्घाटन नगर प्रमुख गौतम देवले गरे। अत्याधुनिक यस हलमा 72 जना काउन्सिलरका लागि बस्ने व्यवस्था गरिएको छ। प्रत्येक सिटमा माइक र भोटिङ मसिन जड़ान गरिएको छ। यसको अतिरिक्त लबीमा काउन्सिलरहरूका लागि बस्ने व्यवस्था, चेयरम्यानको एण्टी–च्याम्बर, भिडियो कन्फरेन्स हल, प्रेस कर्नरलगायत सम्पूर्ण सुविधा उपलब्ध गराइएको छ।सन् 1950 मा सिलगढ़ी नगरपालिकाको यात्रा दुईतल्ले भवनबाट आरम्भ भएको थियो। सन् 1994 […] - [नव ज्योति पूर्व सैनिक समाज भवनको उद्घाटन](https://hamroprajashakti.co.in/inauguration-of-nav-jyoti-former-soldiers-society-building/): जीटीएमार्फत नागरी धजे समष्टि अन्तर्गत पर्ने मगरजोङ चियाबारीको माथिल्लो विभागमा निर्माण गरिएको नव ज्योति पूर्व सैनिक समाज भवनको विधिवत रूपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोह सङ्गठनका अध्यक्ष जी. बी. खवासको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक योगेश राईले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सभाध्यक्ष अञ्जुल चौहान रहेका थिए। विशिष्ट अतिथिहरूमा पोख्रेबुङ ग्राम पञ्चायत तीनका प्रधान विकास शङ्कर, उप–प्रधान अजय सुब्बा, मगरजोङ चियाबारीका महाप्रबन्धक सिद्धार्थ सुब्बा, सह–प्रबन्धक सुनिल थापा, एम. के. भित्रिकोठी, भूतपूर्व क्याप्टेन अर्पण थापा, भूतपूर्व अनरी क्याप्टेन पी. टी. लेप्चा, इन्दिरा ओझा, उच्चत्तर माध्यमिक विद्यालयका प्रधानाध्यापक विकास शर्मा, मगरजोङ चियाबारीका बड़ाबाबु ब्रिजमणि तामाङ, दीप […] ## Pages - [Privacy Policy](https://hamroprajashakti.co.in/privacy-policy/): Who we are Suggested text: Our website address is: https://hamroprajashakti.co.in. Comments Suggested text: When visitors leave comments on the site we collect the data shown in the comments form, and also the visitor’s IP address and browser user agent string to help spam detection. An anonymized string created from your email address (also called a hash) may be provided to the Gravatar service to see if you are using it. The Gravatar service privacy policy is available here: https://automattic.com/privacy/. After approval of your comment, your profile picture is visible to the public in the context of your comment. Media Suggested […] - [Contact](https://hamroprajashakti.co.in/contact/): Contact Us Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo. [contact-form-7 id=”52d9b32″ title=”Contact form 1″] Recent News Entertainment Exclusive Interviews with Filmmakers sakinaNovember 28, 2024 The Future of 5G: Connectivity Beyond Limits November 28, 2024 Packing Essentials for Every Adventure November 28, 2024 Contact Info For any of your query, contact us. 584 New York, USA +188 669 8552 blazethemes@gmail.com Facebook-f Twitter Youtube Instagram - [Home](https://hamroprajashakti.co.in/): दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्याकहरूद्वारा पीड़ितहरूलाई आर्थिक सहयोग PiyaliOctober 17, 2025 पैह्रोमा फँसेका व्यक्तिको सकुशल उद्धार PiyaliOctober 17, 2025 मेडिकल कलेजको होस्टेलमा कब्जा राजको आरोप PiyaliOctober 17, 2025 यातायात सुचारु गर्ने कार्य जारी PiyaliOctober 16, 2025 पैह्रो पीड़ितहरूलाई शीघ्र पुनर्वास गर्नुपर्ने माकपाको माग PiyaliOctober 16, 2025 सिलगढ़ीमा सबैभन्दा ठूलो महाकाल मन्दिर बनाइने PiyaliOctober 16, 2025 पश्चिम बंगाल दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्याकहरूद्वारा पीड़ितहरूलाई आर्थिक सहयोग PiyaliOctober 17, 2025 पश्चिम बंगाल पैह्रोमा फँसेका व्यक्तिको सकुशल उद्धार PiyaliOctober 17, 2025 Visit our E-papers Most Popular पैह्रोमा फँसेका व्यक्तिको सकुशल उद्धार October 17, 2025 मेडिकल कलेजको होस्टेलमा कब्जा राजको आरोप October 17, 2025 यातायात सुचारु […] [comment]: # (Generated by Hostinger Tools Plugin)