Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

नोभेम्बरमा उत्तर-पूर्वको पार्वतीय क्षेत्रमा ठूलो युद्ध अभ्यास

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

चिकेन नेकको सुरक्षा कमजोर हुन नदिन हिमालयको उच्च क्षेत्रहरूमा भारतीय सेनाले रणकौशल तयार गरिरहेको छ। वायुसेना र नौसेनाले पनि तयारी आरम्भ गरिसकेका छन्। हालै सिक्किम, अरुणाचल प्रदेशसहित पार्वतीय हिमालयका विभिन्न स्थानहरूमा एकपछि अर्को गरी युद्ध अस्त्र भण्डारण गरिँदैछ। नोभेम्बरमै यी तीनै सेनाले संयुक्त रूपमा उत्तर पूर्व भारतमा सबैभन्दा ठूलो युद्ध अभ्यास गर्नेछन्। भारतीय सेनाले उक्त अभ्यासको नाम पूर्व प्रचण्ड प्रहार राखेको छ। अभ्यास नोभेम्बरको शुरुमै हुने सेनाले बताइसकेको छ तर कति दिनसम्म अभ्यास चल्नेछ भन्ने विषय अझै सार्वजनिक गरिएको छैन।
विदेशीको अचानक आक्रमण रोक्न सेनाले कस्तो तयारी छ भनी जाँच्न र आक्रमण रोकिसकेपछि कसरी द्रुत रूपमा प्रत्याघात गर्न सकिन्छ भनी अभ्यासमार्फत तीनै सेनाका अधिकारीहरूले बुझ्न चाहेका हुन्। सेनाको इष्टर्न कमाण्डका एक अधिकारीअनुसार, पूर्व प्रचण्ड प्रहारले केवल एउटा सैनिक अभ्यास मात्र होइन आधुनिक प्रविधिमा आधारित रणकौशलमा भारतको संयुक्त क्षमताको पूर्ण प्रदर्शन हुनेछ।चिकेन नेकको सुरक्षा सुनिश्चित गर्न पहिले पनि पूर्व प्रहार, त्रिशक्ति प्रहार जस्ता अभ्यासहरू गरिएका थिए। तर पूर्व प्रचण्ड प्रहारमा हिमालयको उच्च क्षेत्रमा परिस्थिति कसरी व्यवस्थापन गरी लड़ाईँ लड्ने र युद्धास्त्र कसरी प्रयोग गर्ने भन्ने अभ्यास हुनेछ। तीनै सेनाबीच प्रविधि र रणनीतिमा अन्तिम समन्वय कायम गर्न अभ्यास गरिनेछ। शत्रुको आक्रमण रोक्न तीनै सेनाका अत्याधुनिक निगरानी प्रणालीहरू एकैसाथ सञ्चालन गरिने एक सेना अधिकारीले बताएका छन्। लक्ष्य चिन्हित गरेपछि त्यसलाई पूर्ण रूपमा ध्वंस गर्न फाइटर विमान, लामो दूरीको रकेट प्रणाली, सशस्त्र हेलिकप्टर, स्वार्म ड्रोन, एफपीभी ड्रोनजस्ता अनपाइलटेड / ड्रोन प्रविधिहरू प्रयोग गरिनेछ।
उत्तर पूर्वको कुनै पनि भागमा युद्धकालीन परिस्थितिमा सेना वा रसद पठाउनुपर्ने भए कसरी पठाउने भनेर पनि अभ्यासमार्फत् जाँचिनेछ। सैनिक सूत्रअनुसार अभ्यासको अधिकांश भाग सिक्किमको चीन सीमामा हुने जानकारी छ। चिकेन नेक नजिकैको बङ्गलादेशमा चिकित्सा, बाँध निर्माण लगायतका विभिन्न परियोजनाहरूमा चीनले पहिले नै लगानी आरम्भ गरिसकेको छ। बङ्गलादेश र नेपालको अस्थिर परिस्थितिको फाइदा उठाउँदै सिलगढ़ी कोरिडोर क्षेत्रमा केही जिहादी सङ्गठनहरूले स्लीपर सेल बलियो बनाउने प्रयास पनि आरम्भ गरेको पाइएको छ। यो जटिल भू-राजनैतिक परिवेशमा रक्षा मन्त्रालयले उत्तर-पूर्व सीमामा रणकौशल र संयुक्त आक्रमणको क्षमता देखाउनै पूर्व प्रचण्ड प्रहार आयोजना गरेको भन्ने मत केही सैन्य गुप्तचरहरूको छ। साथै अभ्यासमार्फत शत्रु देशहरूलाई स्पष्ट सन्देश दिन चाहिएको बताइएको छ। हिमालयको सबैभन्दा उच्च भागमा भारी युद्धास्त्र तथा ट्याङ्क कसरी पुर्याचउन सकिन्छ भनी पनि अभ्यासमा परीक्षण गरिनेछ।
अभ्यासको तयारी जाँच्न तीनै सेनाका इष्टर्न कमाण्डका शीर्ष अधिकारीहरूले एकार्कासित केही संयुक्त बैठकहरू गरिसकेका छन्। केही दिनभित्रै शिलङमा वायुसेनाको इष्टर्न कमाण्ड मुख्यालयमा अर्को बैठक बसेर अभ्यासबारे थप छलफल हुनेछ। अभ्यासपछि तीनै सेनाबाट छनौट भएका जवानहरूबारे एउटा विशेष लगानी / टीम बनाइने पनि जानकारी प्राप्त भएको छ। यद्यपि यो तीनै सेनाको संयुक्त अभ्यास भए पनि आपतकालीन परिस्थितिमा युद्धका लागि बीएसएफ, एसएसबी, आईटीबीपी लगायत सबै सुरक्षा एजेन्सीलाई तयार रहन गृह मन्त्रालयले पहिले नै सूचित गरिसकेको छ। त्यसअनुसार सिलगढ़ी र वरपरका क्षेत्रमा रहेका सुरक्षा बलका छाउनीहरूमा पनि तयारी आरम्भ भइसकेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.