Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

कोचबिहार नगरपालिकाद्वारा सात वर्षपछि ऱाशि फिर्ता

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सन् 2018-19 मा तत्कालीन नगर बोर्डले कोचबिहार नगरपालिकाको पुरानो भवन भत्काएर पीपीपी मोडलमा आधुनिक भवन निर्माण गर्ने योजना बनाएको थियो। त्यसताका नगरपालिकाका चेयरम्यान भूषण सिंहले उक्त पहल गरेका थिए। उक्त योजनाका लागि नगरपालिकाले कलकत्ताको एउटा एजेन्सीसित छलफल गरेपछि उक्त संस्थाले नगरपालिकाको ब्याङ्क खातामा 20 लाख रुपियाँ जम्मा गऱ्यो। पुरानो भवन भत्काएर जी प्लस फाइभ अर्थात् पाँच तल्ले आधुनिक भवन बनाउने योजना बनाइएको थियो जसमा तीन तल्ला नगरपालिका आफैले प्रयोग गर्ने अनि बाँकी तल्ला एजेन्सीलाई सुपुर्द गर्ने चुक्ति भएको थियो। तर नगरपालिकाको उक्त निर्णयमा विवाद सिर्जना हुँदा उक्त योजना स्वीकृत हुन सकेन साथै भूषण सिंह पनि नगरपालिका अध्यक्षको पदमा पनि रहेनन्। तर नगरपालिकालाई दिइएको रकम भने संस्थाले फिर्ता पाएन।
गत सात वर्षदेखि उक्त एजेन्सी आफ्नो रकम फिर्ता पाउन प्रयासरत थियो। संयोगवश उक्त संस्थाका अधिकारीहरूको परिचय दिवङ्गत चर्चि सङ्गीतकार श्यामल मित्रका छोरा शैकत मित्रसित थियो। शैकत मित्रको राज्यमा सत्तारूढ़ दलसित पनि राम्रो सम्बन्ध छ। त्यसपछि संस्थाका प्रमुख विश्वजीत सरकारले त्यस विषयबारे शैकत मित्रलाई जानकारी गराए। शैकतले पनि उक्त विषयमा कोचबिहार नगरपालिकाका वर्तमान चेयरम्यान रवीन्द्रनाथ घोषसित छलफल गरेपछि समस्या समाधान भयो। कोचबिहार नगरपालिका उक्त संस्थालाई 20 लाख रुपियाँ फिर्ता दिन राजी भयो।
बिहीवार कोचबिहार नगरपालिकाले सात वर्षदेखि रोकिएको उक्त रकम एजेन्सीका प्रमुखलाई सुपुर्द गरेको छ। यस अवसरमा शैकत स्वयम् उपस्थित थिए। शैकत मित्रले भने, त्यो संस्था मेरो चिनाजाना व्यक्तिको हो। त्यसैले नगरपालिका चेयरम्यानसित कुराकानी गरेर समस्या समाधान भयो। संस्थाका प्रमुख विश्वजीतले भने, हाम्रो 70 प्रतिशत लगानी अनि 30 प्रतिशत नगरपालिकाको लगानीमा त्यो परियोजना सम्पन्न गरिने सहमति बनेको थियो। त्यसका लागि हामीले 20 लाख रुपियाँ नगरपालिकालाई दिएका थियौँ। तर पछि परियोजना अघि बढ़ेन। तर हाम्रो उक्त रकम भने फिर्ता पाइएको थिएन। बल्ल अहिले उक्त रकम फिर्ता पायौँ। नगरपालिकाका अध्यक्ष रवीन्द्रनाथ घोषले भने, त्यो बेला गरिएको निर्णय कार्यान्वयनमा आउन सकेन। श्यामल मित्रका छोरा शैकतले यस विषयमा हामीलाई सम्पर्क गरेपछि बोर्ड बैठकमा छलफल गरेर रकम फिर्ता दिने निर्णय गरिएको हो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.