Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

कामतापुरीको कर्मसूची अब 25 अप्रेलदेखि

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

राजवंशी भाषा एकाडेमीको अध्यक्ष पदबाट वंशीबदन बर्मनलाई हटाइएको छ। त्यसपछि छुट्टै राज्यको माग गर्दै वंशीबदनको पार्टी ग्रेटर कोचबिहार पिपल्स पार्टीले आवाज उठाइरहेको छ। सोमवारदेखि जलपाइगढ़ीबाट वंशीबदनहरूको सङ्गठनात्मक सभा आरम्भ हुने बताइएको थियो। सोही दिन जलपाइगढ़ीमा कामतापुर स्टुडेण्ट्स अर्गनाइजेशनको प्रदर्शन र ज्ञापनपत्र दिने कार्यक्रम पनि तय भएको थियो। तर वंशीबदनको सभामा राजवंशी र कामतापुरी समुदायको उपस्थिति प्रभावित नहोस् भन्ने उद्देश्यले दुवै कार्यक्रम एकअर्काको बाधक नबनोस् भनी कामतापुर पक्षले आफ्नो कार्यक्रम पछि सारेर स्थगित गरेको छ।
उत्तर बङ्गालका प्रत्येक जिल्लामा ग्रेटर कोचबिहारले जनसभा गर्नेछ।

आगामी विधानसभा चुनाउअघि सङ्गठनात्मक रूपमा तयार रहन र राज्य तथा केन्द्र सरकारमाथि दबाउ सिर्जना गर्न नै यो सभा आयोजना गरिएको वंशीबदनले बताएका छन्। राज्य सरकारविरुद्ध केही टिप्पणी गरेको कारण गत महीनामै तिनलाई राजवंशी भाषा एकाडेमीबाट हटाइएको थियो। अहिले राज्यप्रति आफ्नो कुनै दायित्व बाँकी छ कि छैन भन्ने विषयबारे वंशीबदन बोल्न चाहँदैनन्। सोमवार जलपाइगढ़ीको मिलन सङ्घ मैदानमा जनसभा बोलाइएको थियो र तिनले भने अनुसार जुन सुकै महत्त्वपूर्ण घोषणा पनि त्यही सभाबाटै गरिनेछ। वंशीबदनले भने, हाम्रो एउटै माग हो कोचबिहार राज्यको भारतमा विलय सम्बन्धी सम्झौताको व्यावहारिक कार्यान्वयन। त्यसै मागमा उत्तर बङ्गालभरि व्यापक प्रचार गरिनेछ।
सोमवार जलपाइगढ़ीमा विभागीय कमिश्नरको कार्यालयअघि छुट्टै राज्यसहित विभिन्न माग राख्दै कामतापुर स्टुडेण्ट्स अर्गनाइजेशनले प्रदर्शन र ज्ञापन दिने कार्यक्रम तय गरिएको थियो। सङ्गठनका केन्द्रीय अध्यक्ष अपु बर्मनले बने, राजवंशी र कामतापुरी समुदायका धेरैजसो व्यक्ति ग्रेटर कोचबिहारको सभामा जाने भएकाले उक्त कार्यक्रम अब 25 अप्रेलको दिन सारिएको छ। अर्कातिर वंशीबदनहरूको यस आन्दोलनबारे जलपाइगढ़ीका सांसद डा. जयन्त रायले भने, उत्तर बङ्गालको बेवास्ता र यहाँको जनताको समस्याबारे जो कोहीले पनि माग उठाउन सक्छन्, आन्दोलन गर्न सक्छन्। तर छुट्टै राज्यको मुद्दामा म कुनै टिप्पणी गर्दिनँ। त्यस्तै स्वरमा तृणमूल कङ्ग्रेसकी जलपाइगढ़ी जिल्ला अध्यक्ष महुवा गोपले पनि भनिन्, छुट्टै राज्यको मागबाहेक अन्य मागहरूमा राज्य सरकारले छलफल गर्न सक्छ। पहिले पनि गर्दै आएको छ। धेरै मागहरू त पूरा पनि भइसकेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.