Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

जमीन फिर्ता गर्न जलपाइगढ़ी सदर महकुमा अधिकारीको आदेश

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

यसै महीनाको 21 तारिखभित्र राधिका लाइब्रेरीको कब्जामा परेको मैनागुड़ीस्थित जमीनको सिमाना निर्धारण गरी उक्त स्थानमा खम्बा गाड्न जलपाइगढ़ी महकुमा अधिकारी तमोजित चक्रवर्तीले निर्देशन दिएका छन्। कब्जा गरिएको चार डेसिमल जमीनबाट अतिक्रमणकारीहरू हट्नुपर्ने आदेश पनि दिइएको छ। राधिका लाइब्रेरीको चार डेसिमल जमीन कब्जा गरिएको बताउँदै लगभग दुई वर्षअघि राधिका लाइब्रेरी विकास मञ्चले जिल्ला अधिकारीको कार्यालयमा उजुरी दिएको थियो।
उक्त उजुरीका आधारमा जिल्ला अधिकारीको कार्यालयद्वारा जाँच गरिएको थियो। त्यसपछि यस विषयमा जलपाइगढ़ी महकुमा अधिकारीको न्यायालयमा सुनुवाइ आरम्भ भएको थियो। पटक–पटक सुनुवाइपछि बुधवार मैनागुड़ी ब्लक भूमि कार्यालयका अधिकारीलाई कब्जा गरिएको जमीन पहिचान गरी लाइब्रेरीको जिम्मामा फिर्ता गराउन महकुमा अधिकारीले निर्देशन दिएका छन्। उक्त दिनको सुनुवाइमा कब्जाको आरोप लागेका दिप्तेन्द्र नन्दीले जमीन सम्बन्धी कागजात प्रस्तुत गरेका थिए।
तर उक्त कागजात सही नभएको तमोजितले बताए। तिनले भने, लाइब्रेरीको जमीन कब्जा गरिएको आरोप सत्य हो। यस मामिलामा कानूनअनुसार निर्देशन दिइएको छ। विकास मञ्चका स्नेहाशीष चक्रवर्तीले भने, लामो समयको सङ्घर्ष सफल भयो। आरोपी दिप्तेन्द्रले भने, सूचना पाएपछि निर्णय लिनेछु।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.