Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिलगढ़ी अनि दार्जीलिङमा करोड़ौँको निवेश

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सिलगढ़ी, 6 फरवरीः हस्पिटालिटी, स्वास्थ्य सेवा तथा रियल इस्टेट क्षेत्रमा अग्रणी कम्पनी अम्बुजा निओटिया समूहले जस्तो प्रकारले लगानीको योजना तयार पारेको छ यदि त्यसलाई समयमा र उचित ढङ्गले कार्यान्वयन गरिए आगामी केही वर्षमा सिलगढ़ी र दार्जीलिङ जिल्लाका बेरोजगार युवाहरूलाई रोजगारका लागि अन्यत्र जानु पर्ने आवश्यकता हुने छैन। तिनीहरूका सपना आफ्नै शहरमा पूरा हुनेछ। यस कम्पनीद्वारा सिलगढ़ी र दार्जीलिङ जिल्लामा नयाँ होटल र अस्पतालहरू खोल्ने योजना छ। यहाँ रियल इस्टेट व्यापारको पनि विस्तार गरिनेछ। आवासीय तथा वाणिज्यिक संस्थानहरू खोलिनेछन्। यसको अर्थ छिट्टै सिलगढ़ी र सम्पूर्ण दार्जीलिङ जिल्लामा उद्योग व्यवसाय र रोजगारको क्षेत्रमा मानिसहरूलाई ठूलो अवसर प्राप्त हुन गइरहेको छ। अम्बुजा निओटिया समूहले आगामी 5 वर्षभित्र 15000 करोड़ रुपियाँभन्दा बढ़ी लगानी गर्ने तयारी गरिरहेको छ। समूहका अध्यक्ष हर्षवर्धन निओटियाले आठौँ बङ्गाल ग्लोबल बिजनेस सम्मीटमा यस्तो घोषणा गरेका छन्।


कम्पनीका अध्यक्ष हर्षवर्धन निओटियाले पाँच नयाँ अस्पताल खोल्ने घोषणा गरेका छन्। यी अस्पतालहरू अत्यन्तै ठूला हुनेछन् जसमा 1300 बेड रहनेछन्। यी अस्पतालहरू अत्याधुनिक प्रविधिसहित सञ्चालन हुने स्पष्ट छ। साथै हस्पिटालिटी तथा पर्यटनको क्षेत्रमा पनि कम्पनीले ताज होटलसित मिलेर एक लक्जरी आतिथ्य सर्किट विकास गर्नेछ जसमा 2700 करोड़ रुपियाँको लगानी गरिनेछ। सिलगढ़ीमा 7 प्रीमियम होटल र २ कन्भेन्शन होटल खोलिनेछन्। योजनाअनुसार यी होटलहरूमा 1400 कोठाहरू रहनेछन्।


अम्बुजा निओटिया गल्फ टाउनशिपमा 5000 करोड़ रुपियाँको लगानी गर्नेछ। यो परियोजना लगभग 240 ऐकर क्षेत्रमा निर्माण हुनेछ। यसमा गल्फ कोर्स, भिल्ला, अपार्टमेण्ट, गल्फ होटल तथा अन्य सुविधा समावेश हुनेछन्। साथै कम्पनीले आवासीय तथा वाणिज्यिक परियोजनाहरूअन्तर्गत 6500 करोड़ रुपियाँ लगानी गर्नेछ। यसअन्तर्गत 9 ठूला परियोजनाहरू समावेश गरिनेछन् जसले पूर्वाधार, मेट्रो कनेक्टिभिटी र सड़क सञ्जाललाई थप दह्रो बनाउनेछ। यस परियोजनामार्फत हजारौँ युवाहरूलाई रोजगार उपलब्ध हुने सम्भावना छ। प्रत्येक वर्ष बङ्गाल ग्लोबल बिजनेस सम्मीट आयोजना गरिन्छ। कोलकातामा यो ग्लोबल बिजनेस सम्मीट आरम्भ भइसकेको छ। यस सम्मेलनमा विश्वका उद्योगपतिहरू सहभागी भएका छन् र सम्पूर्ण बङ्गालमा 1 लाख करोड़ रुपियाँभन्दा बढञीको लगानी घोषणा गरिएको छ। यो सम्मेलन विश्व बङ्गला कन्भेन्शन सेण्टरमा आयोजना गरिएको छ। सम्मेलनको पहिलो दिनमै उद्योगपतिहरूले बङ्गाललाई लगानीका लागि उपयुक्त स्थान बताए। यदि घोषणाअनुसार उद्योगपतिहरूले कार्य गरे उद्योग क्षेत्रको विकासमा बङ्गाललाई ठूलो सहयोग पुग्नेछ।
रिलायन्स इण्डस्ट्रिजले 2030 सम्म बङ्गालमा 50000 करोड़ रुपियाँको लगानी गर्ने घोषणा गरेको छ। रिलायन्स इण्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले यसको घोषणा गरेका हुन्। यसबाट सम्पूर्ण बङ्गालमा 1 लाख रोजगार सिर्जना हुनेछ। रिलायन्स इण्डस्ट्रिज हरित ऊर्जा र डिजिटल सेवाका लागि परिचित छ। जेएसडब्ल्यू समूहका अध्यक्ष सज्जन जिन्दलले विद्युत् उत्पादनको क्षेत्रमा लगानी गर्नेछन्। उद्योगपति आर. पी. सञ्जीव गोयन्का समूहका अध्यक्ष सञ्जीव गोयन्काले पनि 10000 करोड़ रुपियाँ लगानी गर्ने घोषणा गरेका छन्। यस सम्मेलनमा 40 देशका 200 भन्दा बढ़ी विदेशी प्रतिनिधिहरूले पनि भाग लिएका छन् जसमा 20 भन्दा बढ़ी देशका कूटनीतिज्ञहरू पनि सामेल छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.