Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

कोचबिहार उड़ान सेवाप्रदायकलाई स्थान खाली गर्न निर्देश

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

यो मानौँ कफिनमा अन्तिम काँटी ठोकिएको जस्तै हो। कोचबिहार–कलकत्ता उड़ान सेवा सञ्चालन गरिरहेको इण्डिया अन एअर कम्पनीलाई स्थान खाली गर्न भारतीय विमानस्थल प्राधिकरणले निर्देश दिएको छ। औपचारिक रूपमा 31 जनवरीदेखि सेवा बन्द हुने भनिएको थियो। तर व्यवहारमा त्यसअघि नै उड़ान सेवा बन्द भइसकेको छ। चालु महीनामा केवल 8 जनवरीमा मात्र कोचबिहारमा विमान अवतरण गरिएको थियो। यसबीच उड़ान कम्पनीले आफ्ना कर्मचारीहरूलाई यहाँबाट फिर्ता लिइसकेको छ। सम्पूर्ण उपकरणहरू पनि हटाउने तयारी आरम्भ भइसकेको छ।
आगामी विधानसभा चुनाउअघि उड़ान सेवा बन्द भएको विषयबारे राजनीतिक आरोप–प्रत्यारोप आरम्भ भएको छ। विगत एक महीनादेखि विमानस्थल प्राधिकरण र प्रशासनले कोचबिहारमा विमान सेवा सञ्चालनमा राख्न विभिन्न तरिकाले प्रयास गरिरहेको थियो। तर सबै पहल असफल भए। कोचबिहार विमानस्थलका निर्देशक शुभाशीष पालले भने, विमान सेवा बन्द हुँदैछ। इण्डिया अन एअर कम्पनीलाई विमानस्थलको स्थान खाली गर्न भनिएको छ। नयाँ रूपमा कुनै अन्य कम्पनीले उड़ान सञ्चालन गर्नेछ कि भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी छैन।
यस विषयमा कोचबिहारका पूर्व सांसद पार्थप्रतीम रायले भने, सेवा बन्द हुनु केन्द्र सरकारको असफलता हो। तर राज्य सरकारले सेवा जारी राख्न आवश्यक सबै काम गरेको थियो। अर्कातिर भाजपाका विधायक निखिलरञ्जन देले प्रतिक्रिया दिँदै भने, लामो समयसम्म यहाँ विमान सेवा बन्द थियो। त्यति बेला तृणमूलले केही गरेन। केन्द्र सरकारले उड़ान परियोजनाअन्तर्गत यहाँ विमान सेवा सञ्चालनमा राखेको थियो। अब त्यसको अवधि सकिँदैछ। नयाँ रूपमा यहाँ विमान सेवा कसरी पुनः सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा विचार भइरहेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.