Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

टोय ट्रेनबारे जानकारीमूलक वृत्तचित्र

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सेतो धुवाँ उड़ाउँदै सिटी बजाउँदै बाङ्गोटिङ्गो पहाड़ी बाटो हुँदै दौड़िरहन्छ टोय ट्रेन। त्यो टोय ट्रेनसित जोड़िएको नोस्टाल्जिया विश्वभरि फैलिएको छ। टोय ट्रेन चढ्न नआएको को नै छ र? बेलायतमा फ्रेण्ड्स अफ टोय ट्रेन नामक संस्थासमेत स्थापना भइसकेको छ जसले संसारका विभिन्न भागका टोय ट्रेन प्रेमीहरूलाई प्रायः सिलगढ़ी आउँछ। जापानको टोकियो शहरका 84 वर्षे वासिन्दा सेइया सुगावारा निरन्तर 37 वर्षदेखि सिलगढ़ी आएर टोय ट्रेन चढ्दै आइरहेका छन्। मङ्गलवार तिनले अन्तिमपल्ट टोय ट्रेनबारे जानकारीमूलक वृत्तचित्र खिचेर लगे। किन? बढ्दो उमेरका कारण फेरि कहिल्यै यो देश आउन सक्लान् कि नसक्लान् भन्ने अनिश्चितता रहेकाले तिनले उक्त दिन आफै ट्रेन नचढ़ी साथीहरूको सहयोगमा वृत्तचित्रका लागि छायाङ्कन गरे। सन् 1971 मा पहिलोपल्ट भारत भ्रमणका क्रममा दार्जीलिङ हेर्नकै लागि तिनले सिलगढ़ीमा पाइला टेकेका थिए। त्यसपछि टोय ट्रेन चढ़ेर दार्जीलिङ जाने क्रममा यति मोहित भए कि वर्षौँसम्म दार्जीलिङ धाइरहे।

अहिले उमेर धेरै पुगिसकेको छ। फेरि आउन सकिने नहुने अनिश्चितताका कारण उक्त दिन तिनले फेरि ट्रेन नचढ़ी साथीहरूको सहयोगमा वृत्तचित्र तयार पारे।पहाड़का विभिन्न मोड़हरूमा, झरनाको छेउमा ट्रेन रोकेर तिनीहरूले वृत्तचित्रका लागि छायाङ्कन गरे। उक्त जापानी पर्यटकअनुसार सन् 1971 देखि तिनी आएका हुन्। तिनले भने, टोय ट्रेन चढ़ेपछि म त्यससित प्रेममा परेँ। अहिले उमेर धेरै भइसकेको छ। सायद अब फेरि कहिल्यै आउन सक्दिनँ। आफ्नै देशमा, आफ्नै घरमा बसेर यो वृत्तचित्र हेरेर टोय ट्रेन चढ्न नपाएको पीड़ा केही मेटाउन सकुँला। केही दिनदेखि नै दार्जीलिङ हिमालयन रेल्वेको तर्फबाट तयारी आरम्भ गरिएको थियो। जापानका लगभग छजना नागरिकहरूले अनलाइनमार्फत पूरै एउटा ट्रेन नै भाड़ामा लिएका थिए। पूरै टोय ट्रेन भाड़ामा लिनु सानो कुरा होइन। यो निकै खर्चिलो हुन्छ। उक्त दिन सुगावारा आफ्ना साथीहरू लिएर उपस्थित भएपछि रेलकर्मीहरू अचम्भित भए किनकि यात्रीहरू ट्रेन चढ्न तयार थिएनन्। ट्रेन नचढ़ीकनै तिनीहरूले वृत्तचित्र खिच्न आरम्भ गरे। पूरै ट्रेन भाड़ामा लिएर पनि ट्रेन नचढ़ेपछि रेलकर्मीहरू केही जिज्ञासु बने।
कुराकानीकै क्रममा सुगावाराको टोय ट्रेनप्रतिको प्रेमकथाको इतिहास थाहा पाएर तिनीहरू मन्त्रमुग्ध भए। दार्जीलिङ हिमालयन रेल्वेका निर्देशक ऋषभ चौधरीले भने, एक व्यक्ति यति वर्षदेखि केवल टोय ट्रेन चढ्नकै लागि दार्जीलिङ आइरहेका छन्। टोय ट्रेनप्रति मानिसहरूको मोहका धेरै कथा सुनेका छौँ। सुगावारा तिनकै प्रतिनिधि जस्तै हुन्। यस्ता व्यक्तिलाई सम्मान गर्न पाउनु हामीलाई गर्वको विषय हो। वृत्तचित्र छायाङ्कनको फुर्सदमा दार्जीलिङ हिमालयन रेल्वेको तर्फबाट उक्त जापानी टोलीलाई खरसाङस्थित दार्जीलिङ हिमालयन रेल्वे (डीएचआर) को मुख्यालय एलिस भिल्ला लगेर सम्मान गरियो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.