Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मिरिकमा पर्यटक आगमनमा वृद्धि

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

क्रिसमस पर्व अनि अङ्ग्रेजी नयाँ वर्षअघि मौसम घमाइलो र रमाइलो बनेपछि दार्जीलिङ पहाड़का सुन्दर पर्यटन केन्द्रहरूमध्ये एक मिरिकमा अहिले पर्यटकहरूको आगमनमा वृद्धि हुन थालेको छ। मिरिकमा अपराह्नपछि चिसो बढ़े पनि दिनमा खुल्ला आकाशसितै मौसम न्यानो रहने हुँदा सुन्दर हिमाल र प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई मोहित बनाउँछन्। फेरि मिरिक झीलमा नौका सवारी, झील परिसरमा घोड़ा सवारी, थ्री सिक्टी सेल्फी पोइण्ट, मिरिक फूलबारी, इन्द्रेणी पुल, आय लभ मिरिक, मिरिक हेलीप्याड आदि स्थानहरूमा पर्यटकहरूले मनोरञ्जन गर्छन्। मिरिकमा पर्यटकहरूको आगमन हुन थालेपछि स्थानीय पर्यटन व्यवसायीहरूको मुहारमा पनि आनन्दाभूति देख्न पाइन्छ।
मिरिक पर्यटन केन्द्रमा थ्री सिक्टी सेल्फी क्यामेराले फोटो खिच्ने अभिषेक ब्राह्मिन अनि यवन प्रधानले भने, मिरिकको मौसम चिसो रहे पनि दिन घमाइलो र रमाइलो बनेपछि देश विदेशका पर्यटकहरूको आगमन मिरिक पर्यटन केन्द्रमा भइरहेको छ। क्रिसमस अनि नयाँ वर्षको समयमा प्रत्येक वर्ष नै मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूको सङ्ख्या धेरै हुन्छ। यहाँ आउने अधिकांश पर्यटकहरू नौका सवारी, घोड़ा सवारी, जातीय पोशाक लगाएर रिल्स बनाउन, फोटो खिच्न, हरियाली चियाबारी, सुन्तलाबारी आदि घुम्न रुचाउँछन्। यहाँ पाइने जातीय खाना, मिरिकमा उत्पादन हुने फूल आदिले पनि पर्यटकहरू मोहित बन्छन्। हाल मिरिक झीलमा सञ्चालनमा आएको शिकारा नौका चढ्न पर्यटकहरू धेरै उत्साहित रहन्छन्।
मिरिक पर्यटन केन्द्रमा स्मल फूटकार्ट एसोसिएशन, मिरिक नगरपालिकाका सफाई कर्मी धिरज गुरुङ अनि सहकर्मीहरू अनि अन्यले नियमित सफाई गर्ने हुनाले हाल मिरिक पर्यटन केन्द्र पनि स्वच्छ र सफा रहेको तिनीहरूले बताए। मिरिक फूटकार्ट एसोसिएशनकी सदस्य भूमिका थापाले भनिन्, मिरिक स्मल फूटकार्ट एसोसिएशनले मिरिक पर्यटन केन्द्रमा सातामा दुई दिन सफाई अभियान चलाउँछ। त्यससितै घुम्न आउने पर्यटकहरूलाई सबै प्रकारको सुविधा प्रदान गरिरहेको छ। हाल मिरिक पर्यटन केन्द्रमा शौचालय, पानी, राति बिजुली बत्तीको व्यवस्था गरिएकाले पर्यटकहरूलाई साह्रै असुविधा हुँदैन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.