Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पैह्रोको कारण राजमार्ग ठप्प

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

केही दिनदेखि उत्तर बङ्गालमा लगातार वर्षा भइरहेको छ। समतलसितै पहाड़मा पनि अत्यधिक वर्षा भइरहेको छ। यसको कारण सिक्किमगामी 10 नम्बर राष्ट्रिय राजमार्गका धेरै स्थानमा पैह्रो गएको छ। पैह्रोका कारण बुधवार बिहानदेखि फेरि सिलगढ़ी–सिक्किम सड़क सम्पर्क विच्छेद भएको छ। हिजो तार खोलामा पैह्रो जाँदा राष्ट्रिय राजमार्ग ठप्प भएको थियो। प्रशासनको तत्परतामा सड़कबाट पैह्रोमा झरेको ढुङ्गा मुड़ा सोहोरेर यातायात सुचारु गराइए पनि आज बिहान पुनः त्यसै ठाउँ पैह्रो जाँदा सड़क अवरुद्ध भएको छ। माम खोलानजिक 11 माइल अनि 12 माइलको बीचमा पनि पैह्रो गएको छ।
यतिखेर सिक्किम राज्यमा अत्यधिक वर्षाका कारण टिस्टा नदी उर्लिएको छ। नदीमा जल स्तर धेरै बढ़ेको छ। मङ्गलवार टिस्टा नदी अनि 10 नम्बर राष्ट्रिय राजमार्ग एकै ठाउँमा मिसिए जस्तो देखिन्थ्यो। कतै घुँड़ासम्म पानी थियो त कतै त्यसभन्दा बढ़ी पानी थियो। दिउँसोतिर नदीमा जल स्तर घट्न थाल्यो। त्यसपछि हिलो र माटो हटाएर यातायात सामान्य बनाउने प्रयास गरियो। तर राति फेरि वर्षा भयो। बिहान फेरि पैह्रो जाँदा सड़कमा वाहनहरूको आवगमन अवरुद्ध भयो। यसले गर्दा सर्वसाधारणलाई निकै समस्या भइरहेको छ। फेरि जल स्तर बढ़ेपछि टिस्टा ब्यारेजबाट पानी छोड्न परेको छ। त्यसो हुँदा टिस्टा नदीको तल्तिर पर्ने भूभागहरूमा डुबाउ परेको जानकारी छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.