Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

गुरु पद्म सम्भवको प्रतिमा स्थापनाको भूमि पूजा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सोमवार मिरिकमा गुरु पद्म सम्भवको प्रतिमा स्थापनाका लागि भूमि पूजा गरिएको छ। पाल्यूल ल्हाटुल रिन्पोर्छेको मन्त्रोच्चारणसितै जीटीए मुख्य कार्यपाल अनित थापाले भूमि पूजा गरे। यस अवसरमा जीटीएका कार्यकारी सभासद अरुण सिग्ची, सभासदहरू धुर्ब बम्जन, मिलेश राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई लगायत विभिन्न गुम्बाका प्रतिनिधिहरू उपस्थित थिए। यस अवसरमा बोल्दै जीटीए प्रमुख अनित थापाले मिरिक झील परिसरमा गुरु पद्म सम्भवको प्रतिमा स्थापना गरिनाले मिरिकको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताए।

तिनले गुरु पद्म सम्भवको प्रतिमा स्थापना राम्ररी गर्न सबैले साथ र सहयोग गर्नुपर्ने बताउँदै यसलाई बौद्ध धर्मावलम्बीहरूको मात्र नभएर सबैको सम्पत्ति मान्नुपर्ने तिनले मन्तव्य गरे। थापाले प्रतिमा स्थपनाका लागि माटो जाँच गर्नु पनि आवश्यक रहेको बताएका छन्। तिनले भने, पहिले मिरिकमा झील हेर्न मात्र मानिसहरू आँउथे तर अब गुरु पद्म सम्भवको प्रतिमा हेर्न पनि मानिसहरू आउनेछन्। यसले यहाँको धार्मिक पर्यटन पनि विकास हुनेछ।यस अवसरमा बोल्दै सभासद धुर्ब बम्जनले मिरिकको पर्यटन विकासका लागि पाल्यूल ल्हाटुल रिन्पोर्छेलाई गुरु पद्म सम्भवको स्थापना मिरिक झील परिसरमा गरिदिने अनुरोध गरिएपछि प्रतिमा स्थपनाका लागि भूमि पूजा गरिएको बताए।

यसले मिरिकको पर्यटन विकासमा ठूलो टेवा पुग्ने तिनले पनि बताए। कार्यक्रममा पाल्यूल ल्हाटुल रिन्पोर्छेले प्रतिमा स्थापना अनि गुरु पद्म सम्भवको महत्त्वबारे विस्तृत जानकारी गराए। यसभन्दा अघि जीटीए प्रमुख कार्यपाल अनित थापालाई मिरिकमा भब्य स्वागत गरियो। थापाले पाल्यूल ल्हाटुल रिन्पोर्छेको दर्शन पनि गरे। अर्कातिर प्रतिमा स्थापनाका लागि मिरिक झील परिसरमा जारी तीन दिवसीय फुर्बा पूजाको समापन पनि सोमवार भएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.