Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

क्षणभरमै सुनका चेनहरूको चोरी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

दोकानमा पसेर मालिककै आँखैअघि सुनको चेन लिएर चम्पट कसे दुईजना चोरहरूले। यो घटना सिलगढ़ीनजिक शिवमन्दिर क्षेत्रमा सोमवार भएको हो। बिहान गहना दोकान खोलेपछि पहिलो ग्राहक बनेर पसेका एकजना व्यक्तिले लकेट देखाउन भने। तर लकेट मन नपरेपछि तिनले सुनको चेन देखाउने माग गरे। त्यसपछि तिनले केही गहनाहरू पनि हेरे। फेरि चेन देखाउन भने। त्यसै बेला अर्को व्यक्ति पनि दोकानभित्र पसे।

दुवैजनाले टोपी लगाएका थिए। एकजना व्यक्तिको हातमा ब्याग थियो।कुराकानीकै क्रममा तिनीमध्ये एकजनाले 10 वटा सुनका चेन भएको सानो गुलाबी प्याकेट उठाएर आफ्नो खल्तीमा हाले। तुरन्तै हातमा ब्याक बोक्ने व्यक्ति केही नलिई दोकानबाहिर निस्किए। त्यसपछि अर्को व्यक्ति पनि केही नलिई दोकानदेखि बाहिरिएपछि हराए। कुराकानीमा अल्मलिएका गहना दोकान मालिक हरिपद सरकारलाई वास्तविक घटना बुझ्न केही समय लाग्यो। तर जब हरिपद सरकारले घटनाबारे बुझे त्यतिञ्जेल दुवै त्यहाँबाट सुइँकुच्चा ठोकिसकेका थिए।

गहना दोकानमा ती व्यक्तिहरूले गरेका चोरीको सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा कैद भएको छ। यस घटनाबारे मतिगढ़ा पुलिस थानालाई जानकारी दिइएको छ। पुलिसले घटनाको जाँच आरम्भ गरेको छ। उल्लेखनीय छ, केही महीनाअघि सिलगढ़ीको हिलकार्ट रोडमा पनि सुनको पसलमा डकैती गरिएको थियो। उक्त घटनामा अन्य राज्यका बदमासहरूको संलग्नता पाइएको थियो। यस घटनामा कसको संलग्नता छ भन्ने विषयबारे अहिले जाँच चलिरहेको पुलिसले जनाएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.