Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पर्यटनमा उपहार, पर्वअघि नयाँ रूटमा टोय ट्रेन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

जोय राइडपछि यसपल्ट दशैँ–तिहारअघि थप तीनवटा छोटो ट्रिप सञ्चालन हुने भएका छन्। दार्जीलिङ हिमालयन रेल्वे सूत्रले जानकारी दिएअनुसार यस सेप्टेम्बरमा पर्व अघिसम्म टी टिम्बर स्पेशियल, दार्जीलिङ–खरसाङ स्टीम स्पेशियल अनि खरसाङ महानदी सनराइज स्पेशियल राइड सञ्चालन गरिनेछ। जोय राइड अहिले पर्यटकहरूबीच निकै लोकप्रिय बनेको छ। एक महीनाअघि अनलाइनमा टिकट बूक भइसकेको हुन्छ। दिनमा 10-12 पल्टसम्म राइड चलाए पनि भीड़ सम्हाल्न सकिँदैन। पर्यटकहरूको बढ्दो माग व्यवस्थापन गर्न यो योजना बनाइएको हो।
दार्जीलिङ हिमालयन रेल्वेका डाइरेक्टर ऋषभ चौधुरीले भने, पर्यटकहरू मात्र नभई दार्जीलिङवासीका लागि पनि टोय ट्रेन मनोरञ्जनको अभिन्न अङ्ग बनेको छ। त्यसैले नयाँ तीनवटा छोटो ट्रिप आरम्भ गर्ने सोच बनाइएको हो। पर्व अघिसम्म यी तीनै छोटो ट्रिप सञ्चालनमा आउनेछन्।
सन् 1880 मा 23 अगस्तको दिन सिटी बजाउँदै टोय ट्रेनले सिलगढ़ीदेखि दार्जीलिङतर्फ पहाड़ी बाटो चढ्न आरम्भ गरेको थियो। त्यति बेला यात्री भन्न साथ मुख्यत: ब्रिटिशहरू मात्र हुन्थे। पहाड़का स्थानीय वासिन्दाहरू निकै कम चढ्थे। 145 वर्षपछि दार्जीलिङ हिमालयन रेल्वे प्रशासनले उक्त दिनलाई विशेष कार्यक्रमसहित मनायो। एक स्वेच्छिक संस्थाको सहयोगमा दार्जीलिङका केही ज्येष्ठ नागरिकहरूलाई टोय ट्रेनमा सवारी गराइयो। तीमध्ये एक काकझोड़ाकी वासिन्दा आशा राई थिइन्। आशा राईले भनिन्, मेरो घरको अगाड़ि भएर टोय ट्रेन आउजाउ गर्छ। पर्यटकहरू ट्रेनमा चढ़ेर रमाइलो गर्छन्। तर म कहिल्यै चढ़ेकी थिइनँ। अन्तिम जीवनमा ट्रेन चढ्दा अद्भुत अनुभव भयो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.