गजलडोबाको टिस्टा ब्यारेज पुल मरम्मती कार्यका कारण आगामी 27 अप्रेलदेखि 140 दिनका लागि बन्द रहनेछ। यस अवधिमा ब्यारेजमार्फत वाहनहरूको आवागमन पूर्ण रूपले प्रतिबन्धित रहनेछ तर पैदल यात्रीहरूलाई भने फूटपाथ प्रयोग गर्न अनुमति दिइनेछ। मङ्गलवार टिस्टा ब्यारेज अधिकारीहरू र जलपाइगढ़ी जिल्ला प्रशासनबीच सम्पन्न बैठकमा यस्तो निर्णयमाथि सहमति बनिएको हो। जलपाइगढ़ी जिल्ला परिषद सभाध्यक्ष कृष्णा रय बर्मनले ब्यारेजको अवस्था हाल निकै जीर्ण भइसकेको र सानो वा ठूलो दुर्घटनाको जोखिम रहेको बताए। कुनै पनि अप्रिय घटना रोक्नका लागि मरम्मती कार्य आवश्यक ठहरिएको हो। पुल बन्द सम्बन्धी जनसाधारणलाई पर्याप्त जानकारी गराउन सकियोस् भनेर बीडीओहरू र स्थानीय पञ्चायतहरूलाई पहिले नै यसबारे जानकारी पठाइएको छ।



