Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सड़क दुर्घटनामा साहुडाङ्गीकी गौरी रायको म*त्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

राजञ्ज ब्लकको साहुडाङ्गी क्षेत्रमा एक हृदयविदारक सड़क दुर्घटना भएको छ। कामबाट घर फर्कने क्रममा 21 वर्षीया गौरी रायको मृत्यु भएको हो। घटना बुधवार साँझतिर साहुडाङ्गीको साहु पुलनजिक भएको बताइएको छ। स्थानीय सूत्रअनुसार गौरी राय साहुडाङ्गीको छत्ररपाड़ाकी वासिन्दा थिइन्। तिनका पिता धनश्वर राय (हुलुङ राय) रिक्सा चालक हुन्। आर्थिक कठिनाइका कारण गौरीले पढ़ाईसितै काम गरेर परिवारको जिम्मावारी सम्हाल्दै आएकी थिइन्। तर तिनको सङ्घर्षपूर्ण जीवनको अन्त्य एउटा हृदय विदारक दुर्घटनामा भयो।
प्रत्यक्षदर्शी दीनबन्धु रायअनुसार, गौरी काम सकेर घर फर्कँदै थिइन्। अचानक बाटो काट्ने क्रममा तीव्र गतिको एउटा गाड़ीले तिनलाई ठक्कर दियो। घटनास्थलमै गौरीको मृत्यु भयो। खबर पाएपछि एनजेपी थाना र भोरेर आलोको थाना पुलिस टोली तुरुन्त घटनास्थलमा पुगेको थियो। शवलाई पोष्टमर्टमका लागि पठाइएको छ।
दुर्घटनाको खबर फैलिँदै जाँदा पूरा साहुडाङ्गी क्षेत्र शोकमा डुबेको छ। छिमेकी र आफन्तजन राय परिवारको घरमा भेला भए। चारैतिर शोकको वातावरण छाएको छ। गौरीको अकाल मृत्युले स्थानीयको मनमा गहिरो पीड़ा छोड़ेको छ। एक सङ्घर्षशील युवतीको जीवनको यस्तो करुण अन्त्यले सबैको आँखामा आँशु ल्याएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.