Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

गैरीवासको पुल क्षतिग्रस्त

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

10 नम्बर राष्ट्रिय राजमार्गपछि अब झोलुङनजिक गैरीवास क्षेत्रमा निर्माणाधीन पुल भत्किएर समस्या सिर्जना भएको छ। गैरीवासको यो निर्माणाधीन पुल बुधवार भत्किएर खसेको हो। उक्त पुल निर्माणको जिम्मा बोर्डर रोड्स अर्गनाइजेशन (बीआरओ) ले लिएको थियो। निर्माणाधीन पुल यसरी भत्किएपछि बीआरओको कार्यबारे पनि प्रश्न उठ्न थालेको छ। तर लगातार भइरहेको अत्यधिक वर्षाको कारण यो घटना हो कि होइन भनेर पनि जाँच भइरहेको छ।
उता बीआरओको निगरानीमा जोङ्गुमा मोड्युलर पुल निर्माणको कार्य सम्पन्न भएको छ। बुधवार मङ्गन र चुङथाङ करिडोरबीच रहेको मोड्युलर पुल सर्वसाधारणका लागि खोलिएको छ। यसले गर्दा लाचेन, लाचुङ जान अब कुनै समस्या हुने छैन। केही महीनाअघि टिस्टामा जल स्तर बढ्दा जोङ्गुको पुल भत्किएको थियो।
जोङ्गुको पुल भत्किएपछि सिक्किम प्रशासनले मोड्युलर पुल निर्माण गर्ने निर्णय लियो अनि त्यसको जिम्मा बीआरओलाई दिएको थियो। अत्यधिक वर्षा र पैह्रोको सम्भावनालाई ध्यानमा राखेर पुल निर्माण गरिएको छ। पुल निर्माण भएपछि उत्तर सिक्किम जाने बाटो सहज भएको छ। तर 10 नम्बर राष्ट्रिय राजमार्गको जीर्ण अवस्थाको कारण पूजाको समय उत्तर सिक्किममा कति पर्यटकहरू आउने हुन् भनेर पर्यटन व्यवसायीहरू अझै संशयमा छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.