Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बढ्दो पर्यटक सङ्ख्यासितै बढ़िरहेछ फोहोर

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सरसफाई अभियान चलाउँदा सयौँ किलो प्लास्टिक र सिसाका मदिरा बोतलहरू फेला परे। साथै अनगन्ती प्लास्टिकका प्याकेटहरू पनि भेट्टाइयो। यो कुनै फोहोरको थुप्रो वा बस्तीको कुरो होइन। आइतवार गोरुमारा जङ्गलका विभिन्न भागमा सरसफाई अभियान चलाएर वन विभागका कर्मचारी, अधिकारी र वातावरणप्रेमीहरूले यति विशाल मात्रामा फोहोर हटाएका हुन्। यी सबै जङ्गलमा घुम्न आउने पर्यटकहरूको कार्य रहेको वन विभागको दाबी छ।
गोरुमारा जङ्गलमा प्रत्येक वर्ष लगभग एक लाख पर्यटक प्रवेश गर्छन्। वन विभागले पर्यटकहरूलाई जति नै प्लास्टिक प्रयोग नगर्ने अनुरोध गरे पनि आइतवार सङ्कलित विशाल मात्राको प्लास्टिक, मदिराका बोतल अनि प्लास्टिकका पानी बोतलहरूबाट चुपचाप अवैध रूपमा प्लास्टिकको प्रयोग भइरहेको नै पुष्टि गुन्छ। आइतवार बिहानैदेखि गोरुमारा साउथ रेञ्जका वनकर्मीहरू र स्वयंसेवी संस्था स्न्यापका सदस्यहरूले जङ्गलका विभिन्न स्थानमा सरसफाई अभियान चलाए। त्यसै क्रममा यति धेरै परिमाणमा फोहोरहरू फेला परेका हुन्।
गोरुमारा साउथ रेञ्जका रेञ्ज अफिसर विश्वज्योति विश्वासले जानकारी दिएअनुसार फेला परेका प्लास्टिकका प्याकेट र बोतलहरू तोकिएको स्थानमा जलाइयो। सिसाका बोतलहरू पनि निश्चित ठाउँमा फालियो। चेताउनी दिँदै तिनले भने, “आगामी दिन यस्तो घटना रोक्न अझ बढ़ी जनचेतनामूलक अभियान चलाइनेछ। साथै यदि कसैलाई जङ्गलमा फोहोर फालिरहेको भेट्टाइए कठोर कानूनी कार्वाही गरिनेछ।” स्न्याप स्वयंसेवी संस्थाका प्रमुख कौस्तुभ चौधुरीले भने, यी सबै फोहोरका कारण वन्य जन्तुहरूलाई जोखिम हुन सक्छ। हात्ती, मृग र चराहरूले गल्तीले प्लास्टिकको फोहोर खाए शरीरभित्र घात, विषाक्तता वा मृत्यु पनि भोग्न सक्छन्। पटकपटक जनचेतना फैलाइए पनि यस्तो घटना दोहोरिनु दुर्भाग्यपूर्ण रहेको वातावरण प्रेमीहरूको गुनासो छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.