Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

माञ्जा खोलामा जताततै फोहोर

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

माञ्जा खोलामा जताततै प्लास्टिकको गिलास अनि बोतल, खाने कुराहरूको प्याकेट तथा रम बियरका बोतलहरू फ्याँकिएको हुनाले खोलाको पानी नै दूषित बनाएको छ। अहिले गर्मीको मौसम हुनाले माञ्जा खोलामा नक्सलबारी क्षेत्रहरूबाट धेरै मानिसहरू बेलुकीको समयमा गाड़ी, स्कूटी बाइकमा हुलका हुल आउने गर्छन्।

मानिसहरूले यसरी खाने सामग्रीहरू ल्याएर खोलामा फोहोर गर्छन्। खाएपछि ती सामग्रीहरू जतासुकै फ्याँकिदिन्छन् जसले गर्दा खोलाको पानी प्रदूषित हुन्छ। त्यति मात्र होइन युवक-युवतीहरूको निम्ति अवैध कार्य गर्ने स्थान नै बनिसकेको छ। माञ्जा खोलाको छेउछाउमा घर भएका मानिसहरूले यस स्थानमा घुम्न आउने कति युवक-युवतीहरूलाई असामाजिक कार्य गर्दै गरेका देखेपछि खेदाइएको पनि बताएका छन्।

यस स्थानमा पानीघट्टा पुलिसले कठोर निगरानी गरिदिने स्थानीय मानिसहरूले माग गरेका छन्। खोलाको पानी खोप्रेल, कटहरे, च्याङ्गा, बेलगाछीका मानिसहरूले पिउने गर्छन्। तर घुम्न आउने मानिसहरूले खोलाको पानीमा यसरी फोहोर गरेका स्थानीय मानिसहरूले गुनासो गरेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.