Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

अबदेखि च्याङ्गामै कम्प्युटर तालिम लिन सकिने

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

अब कम्प्युटरको तालिम लिन तराईको पुटुङ, छोटाटिङ, नोल, खोप्रेल लोहागढ़, कटहरे, च्याङ्गा लगायत वरिपरिका विद्यार्थीहरू नक्सलबारी, सिलगढ़ी जानु पर्ने छैन। कम्प्युटरको तालिम लिन चाहने विद्यार्थीहरूको निम्ति च्याङ्गा पानीघट्टा सीपीजीपीको एसएचजी दलहरूले च्याङ्गास्थित आफ्नै कर्मतिर्था भवनमा आजदेखि कम्प्युटर तालिम केन्द्र आरम्भ गरेका छन्। एसएचजीदलहरूको पहलमा हिमालयन कम्प्युटर सेण्टर नक्सलबारीको ब्राञ्च च्याङ्गामा खोलिएको दलकी गीता विश्वकर्माले बताएकी छन्।

हिमालयन कम्प्युटर सेण्टरको आज विधिपूर्वक उद्घाटन गरिएको छ। नक्सलबारी हिमालयन कम्प्युटर सेण्टरका प्रशिक्षक विश्वजीत कुण्डु र राहुल कर्मकारले रिबन काटेर आज कम्प्युटर सेण्टरको उद्घाटन गरे। यस तालिम केन्द्रमा विशेष गरेर कम्प्युटर बेसिकदेखि सिकाइने बताइएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समाजसेवी गणेश विश्वकर्माले अहिले ससाना नानीहरूदेखि माध्यमिक तथा कलेज पढ्दै गरेका विद्यार्थीहरू सबैट फोनमा मस्त रहने र तिनीहरूलाई कम्प्युटरको ज्ञान अनिवार्य रहेको बताए। च्याङ्गा पानीघट्टा सीपीजीपीको एसएचजीले कम्प्युटर सेण्टर च्याङ्गामै आरम्भ गरिदिएकोमा तिनले आभार प्रकट गरे। दलकी गीता विश्वकर्माले विद्यार्थीहरूलाईइ कम्ती शुल्कमा नै कम्प्युटर तालिम उपलब्ध गराउने जानकारी गराएकी छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.