Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

शहरभरि शिलान्यास र सम्मान कार्यक्रम, विपक्षीहरूको कटाक्ष

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

गत बुधवार नगरपालिकाको तर्फबाट 41 नम्बर वार्डमा 99 लाख रुपियाँमा सड़क, ढलसहित विभिन्न योजनाहरूको शिलान्यास भयो। उक्त दिन 43 नम्बर वार्डमा 43 लाख रुपियाँ खर्चमा सड़क र ढल निर्माण सम्बन्धी विभिन्न योजनाहरूको पनि शिलान्यास गरियो। 40 नम्बर वार्डमा पनि 85 लाख रुपियाँमा उस्तै प्रकारका कामहरूको शिलान्यास भयो। बिहीवार शहरको 13 नम्बर वार्डका दशजना ज्येष्ठ नागरिकलाई सम्मान प्रदान गरियो।

त्यसपछि शहरका 47 वटा सबै वार्डमा पनि प्रत्येक वार्डका दश–दशजनालाई सम्मान प्रदान गरिनेछ। कतै वार्डका काउन्सिलर स्वयं उपस्थित हुनेछन् त कतै मेयर स्वयं जानेछन्।केही दिनअघि सिलगढ़ी आइपुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले मार्चमै विधानसभा चुनाउ घोषणा हुन सक्ने सङ्केत दिएकी थिइन्। त्यसको केही दिनमै शहरभरि यस्तो शिलान्यास र सम्मान कार्यक्रमको चहलपहल देखिनु चुनाउ तयारीकै सङ्केत त हो कि भन्ने जिज्ञासा उठ्न थालेको छ। मेयर गौतम देवले भने, सम्मान कार्यक्रम र चुनाउलाई एकै ठाउँमा राखेर भ्रम सिर्जना गर्नु सही होइन। शहरको विकासमा ज्येष्ठ नागरिकहरूको पनि योगदान छ। त्यसैले नगरपालिकाको तर्फबाट यो योजना ल्याइएको हो।
उता भाजपा पनि निष्क्रिय छैन। पार्टीका सांसद राजु विष्टले प्रायः प्रत्येक दिन प्रेस विज्ञप्ति जारी गरेर उत्तर बङ्गालका कुन–कुन योजनामा केन्द्रले कति बजेट विनियोजन गर्योय भन्ने तथ्याङ्क प्रस्तुत गर्दै आइरहेका छन्। एसआईआरबारे जनताको भ्रम हटाउन 14 नम्बर वार्डमा हेल्प डेस्क समेत सञ्चालन गरिँदैछ। पार्टीका विधायक शङ्कर घोषले भने, यसपल्ट सिलगढ़ी विधानसभा क्षेत्रमा जित्ने तृणमूलले सपना देखिरहेको छ। त्यसैले सम्मान र शिलान्यासको नाटक थालिएको हो। तृणमूलले शिलान्यास र सम्मान कार्यक्रमको नाटक गरेर सिलगढ़ीका बासिन्दाको मन जित्न नसक्ने सीपीएमको पनि मत छ। ज्येष्ठ सीपीएम नेता अशोक भट्टाचार्यले भने, नगरपालिका सत्ता सम्हालेको तीन वर्षमा तृणमूलले के काम गर्योा? सम्मान कार्यक्रमले जनतालाई झुक्याउन सकिँदैन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.