Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बङ्गाल सफारीमा वन महोत्सव

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा जिल्ला स्तरको वन महोत्सव समिति र वन विभागको सहयोगमा सोमवार सिलगढ़ीस्थित बङ्गाल सफारी पार्कमा वन महोत्सव 2025 भव्य रूपमा सम्पन्न गरियो। महोत्सवको सुरुवात स्कूली विद्यार्थीहरूले वृक्ष रोपण गर्दै वातावरण संरक्षणको सन्देश दिएर गरिएको थियो। यस अवसरमा सिलगढ़ी नगरपालिकाका मेयर गौतम देव, पुलिस आयुक्त सी. सुधाकर, एसजेडीएका नवनियुक्त अध्यक्ष दिलीप दुग्गड़, नगर निगमका उपमेयर रञ्जन सरकार, महकुमा परिषदका सभापति अरुण घोष, वन विभागकी प्रमुख वनपाल डा. कणा तालुकदार, बङ्गाल सफारीका प्रधान मुख्य वनपाल राजेश यादव, महकुमा अधिकारी अवध सिङ्घलसहित कैयन् वरिष्ठ अधिकारी र रेञ्जरहरू उपस्थित थिए।
महोत्सवको सुरुवात एक विशेष झाँकीको उद्घाटनसहित गरिएको थियो जसको उद्घाटन मेयर गौतम देवले गरे। मेयरले यस अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीको सपना बङ्गाल सफारी उत्तर बङ्गालको गौरव रहेको बताउँदै प्रत्येक वर्ष ठूलो सङ्ख्यामा पर्यटक यहाँ घुम्न आउने जानकारी दिए।
पर्यटकहरूको सुरक्षालाई सुनिश्चित गर्न सफारीको मुख्य प्रवेशद्वारमा चाँड़ै स्थायी पुलिस चौकी स्थापना गरिने जानकारी पनि मेयरले दिए। यस सम्बन्धमा पहिले नै पुलिस आयुक्तसमक्ष प्रस्ताव पठाइएको र सहमति प्राप्त भएपछि एकजना अधिकारी, दुई एएसआई र पाँच–छजना पुलिस जवानसहित चौकी सञ्चालनमा ल्याइने तिनले बताए। साथै चोरी वा छिनताई जस्ता घटनामा नियन्त्रण गर्न सफारी परिसरभित्र मोटरसाइकल गस्तीसमेत आरम्भ गरिनेछ।
बङ्गाल सफारीमा चाँड़ै चारवटा नयाँ सिंह शावक ल्याइनेछ जसलाई पूजाअघि सर्वसाधारणका लागि प्रदर्शन गरिनेछ। सफारी व्यवस्थापनअनुसार यी शावकहरू चाँड़ै पर्यटकहरूका लागि मुख्य आकर्षण बन्नेछन्। वन महोत्सवमार्फत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जैव विविधता संरक्षणको सन्देश दिइएको छ। यस आयोजनालाई प्रकृति र पर्यटनको सन्तुलनको प्रतीकका रूपमा हेरिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.