Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

राष्ट्रिय टोलीको दिशामा अग्रसर फूटबलर पासाङ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

भाइचुङ र सुनिल छेत्री जस्तै अर्को पहाड़का एकजना फूटबल खेलाड़ी भारतको राष्ट्रिय टोलीको दिशातर्फ अघि बढ़िरहेका छन्। तिनी हुन् पासाङ दोर्जी तामाङ जो सिलगढ़ीका वासिन्दा हुन्। तिनी शहरको 43 नम्बर वार्डस्थित शहीद नगरका निवासी हुन्। पासाङ सिलगढ़ीको महानन्दा क्लबबाट खेल्थे। 22 वर्षीय पासाङको खेलले मोहन बगानका अधिकारीहरूको ध्यान आकर्षित गरेको थियो। यसै वर्षको जनवरी महीनामा पासाङले मोहन बगान सुपर जोइण्ट्स टोलीमा प्रवेश गरेका थिए। त्यसपछि हालै तिनले भारतीय अण्डर 23 फूटबल टोलीमा स्थान पाएका छन्।
आज, शुक्रवारदेखि कोलकातामा अण्डर 23 क्याम्प आरम्भ हुँदैछ। बिहीवार राति नै पासाङ कोलकाताको निम्ति प्रस्थान गरेका छन्। कोलकाता पुगेपछि मोहन बगान क्लबको अनुमति लिएर तिनी राष्ट्रिय क्याम्पमा सहभागी हुनेछन्। यही क्याम्पबाट अन्तिम टोली चयन गरिनेछ। अण्डर 23 टोलीले आगामी 15 नोभेम्बरमा थाइल्याण्डको ब्याङ्ककमा त्यहाँको राष्ट्रिय फूटबल टोलीसित एक मैत्रीपूर्ण खेल खेल्नेछ। सिलगढ़ीका फूटबलप्रेमीहरू पासाङप्रति आशावादी छन्। पासाङ अवश्य पनि थाइल्याण्डविरुद्ध राष्ट्रिय टोलीको जर्सीमा मैदानमा उत्रने सिलगढ़ीका स्थानीय वासिन्दाहरूलाई विश्वास छ।
भारतीय महिलाहरूले विश्व कप क्रिकेट जितेपछि अहिले सिलगढ़ी शहर रिचा घोषको प्रशंसामा रमाइरहेको छ। त्यसैबीच पासाङले यस्तो अवसर पाउँदा सिलगढ़ीका खेलप्रेमीहरू अत्यन्त खुशी छन्। सिलगढ़ी महकुमाको क्रीड़ा परिषदका फूटबल सचिव सुमन घोषले भने, पासाङ उत्कृष्ट खेलाड़ी हुन्। मोहन बगान सुपर जोइण्ट्सका लागि तिनले ह्याट्रिक गोल पनि गरेका छन्। पासाङ भारतीय टोलीमा पनि सफल हुने हामीलाई विश्वास छ। बिहीवार पासाङ सिलगढ़ीमै थिए। तिनले सिलगढ़ी प्रिमियर लीगमा महानन्दा क्लबको तर्फबाट केही बेर खेल पनि खेले। पासाङले भने, 6 वर्षदेखि फूटबल खेल्दै आइरहेको छु। सिलगढ़ीमा खेल्ने क्रममा नै मोहन बगान क्लबबाट बोलाइयो। अहिले भारतीय अण्डर 23 टोलीमा अवसर पाएको छु। देशको मान राख्न सक्छु भन्ने आशा छ। सिलगढ़ीको पनि प्रतिष्ठा कायम राख्न चाहन्छु।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.