Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पाँच बदमास पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

ठूलो आपराधिक योजनालाई सिलगढ़ी पुलिसले विफल पारिदिएको छ। बिहीवार अबेर राति एण्टी–क्राइम विङले गोप्य सूचनाका आधारमा ठूलो कारवाही गर्दै पाँचजना बदमाशहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपीहरू नाम मो. शादीक, सुबीर सरकार, पलाश मण्डल, निकी दास अनि मो. राहुल हो।
पुलिस सूत्रअनुसार मो. शादीक कुल्लीपाड़ा क्षेत्रको वासिन्दा हुन्, सुबीर सरकारको घर फूलेश्वरीमा छ, पलाश मण्डल शान्ति क्षेत्रको निवासी हुन्, निकी दासको घर कुमारटुलीमा छ भने मो. राहुलको घर तीन बत्ती मोड़ क्षेत्रमा छ। यी सबैजना सिलगढ़ी इण्डोर स्टेडियमनजिक फूलेश्वरी मोड़ रेल गेटनजिक जम्मा भएका थिए। गिरोहले ठूलो डकैतीको योजना बनाइरहेको शङ्का छ। पुलिसले तत्काल कारवाही गर्दै यी सबै पाँचजनालाई नियन्त्रणमा लिएको हो।
शुक्रवार सबै आरोपीलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरियो। यस गिरोहमा अझ अन्य व्यक्तिहरू पनि संलग्न हुन सक्ने पुलिसले आशङ्का गरेको छ। अहिले सिलगढ़ी थानाको एण्टी–क्राइम विङले यस सम्पूर्ण घटनाको गहिरो जाँच गरिरहेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.