Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मैनागुड़ीको पुरानो बजारमा आगलागी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

शुक्रवार बिहान जलपाइगढ़ी जिल्लाको मैनागुड़ी शहरस्थित पुरानो बजारमा भीषण आगलागी भएको छ। एकैचोटि धेरै पसलहरूमा आगो लागेको थियो। धुवाँ देखेपछि पहिले व्यापारीहरूले आफै आगो निभाउने प्रयास गरे। पछि दमकललाई खबर गरियो। खबर पाउन साथ दमकलका तीनवटा इञ्जिन घटनास्थल आएर आगो नियन्त्रणमा ल्याए। पछिल्लो जानकारीअनुसार यस आगलागीमा मोठ 12 वटा पसलहरूलाई क्षति पुगेको छ। स्थानीय सूत्रअनुसार शुक्रवार बिहान केही पसलबाट धुवाँ निस्किरहेको देखेपछि आगलागी भएको थाहा लाग्यो। त्यसपछि मैनागुड़ी र जलपाइगढ़ीबाट दमकलका इञ्जिन घटनास्थलमा आइपुगे। युद्धस्तरको तत्परताका साथ काम गर्दै दमकलकर्मीहरूले आगो नियन्त्रणमा ल्याए। कतै अझै पकेट फायर बाँकी छ कि छैन भन्ने विषयमा पनि जाँच भइरहेको छ। हालसम्म क्षतिको सटीक विवरण निश्चित भइसकेको छैन। तर आगलागीका कारण 12 वटा पसलहरूलाई धेरै क्षति पुगेको बताइएको छ।
प्रारम्भिक रूपमा दमकल विभागको अनुमानअनुसार सर्ट सर्किटका कारण आगो लागेको हो। यद्यपि विस्तृत जाँचपछि मात्र आगलागीको वास्तविक कारण पुष्टि गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्। यसअघि पनि शुक्रवारको आगलागीभन्दा अगाड़ि बजारको सुरक्षाबारे केही व्यापारीहरूले पटक–पटक प्रश्न उठाउँदै आइरहेका थिए। मैनागुड़ीको पुरानो बजारमा कुनै योजनाबिना नै एकपछि अर्को नयाँ पसल निर्माण गरिएको आरोप थियो। अधिकांश पसल काठ र टिनले बनेका छन्। त्यसकारण आगलागी भए ठूलो दुर्घटना हुन सक्ने आशङ्का पुराना व्यापारीहरूको एक हिस्साले व्यक्त गर्दै आइरहेको थइयो। साथै पसलबाहिर डाला राख्ने गरेको आरोप पनि उठ्दै आएको थियो। यस्तो अवस्थामा आगलागी जस्तो घटना भए दमकलकर्मीहरूलाई भित्र प्रवेश गर्न कठिनाइ हुन सक्ने चिन्ता पनि व्यक्त गरिएको थियो।
आगलागीपछि सोही दिन घटनास्थलमा मैनागुड़ी नगरपालिकाका अध्यक्ष मनोज राय पुगे। तिनले जानकारी दिएअनुसार आगामी सोमवार नगरपालिकाको तर्फबाट एक उच्चस्तरीय बैठक आयोजना गरिनेछ। उक्त बैठकमा व्यापारी प्रतिनिधिहरू, पुलिस तथा विद्युत् विभागका अधिकारीहरू उपस्थित रहनेछन्। अर्कातिर मैनागुड़ी बजार व्यापारी सङ्घका सचिव सुमित साहाले भने, विद्युत् विभागका कर्मचारीहरूले पटक–पटक विद्युत् पोल जड़ान गर्न भनेका थिए। तर धेरै व्यापारी त्यसमा सहमत हुन चाहँदैनन्। सबैलाई बुझाउन आवश्यक छ। हामी नगरपालिकासित बैठक बस्नेछौँ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.